टुवरा उपन्यासमा सीमान्तीयता
DOI:
https://doi.org/10.3126/bpjms.v3i01.76242Keywords:
सीमान्तीयता, अन्तर्विषयक, सङ्कथन, सबाल्टर्न, सीमान्तकृतAbstract
प्रस्तुत लेखमा मनोज थारूद्वारा लिखित टुवरा उपन्यासको सीमान्तीय समालोचनाका आधारमा अध्ययन गरिएको छ । सीमान्तीय समालोचना भन्नाले देशको मूलधारदेखि बाहिर रहेका विभिन्न जाति, वर्ग, वर्ण, क्षेत्र आदिको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक आदि पक्ष अध्ययन गर्ने समालोचनाको सिद्धान्त भन्ने बुझिन्छ । प्रस्तुत उपन्यासमा थारूजातिसँग सम्बन्धित विभिन्न किसिमका समस्याको चित्रण गरिएको छ । त्यसैले यो अध्ययन थारूजाति के कस्ता कारणले कुन कुन क्षेत्रमा पछि परेको छ भन्ने मुख्य समस्या र यसको समाधान खोज्नमा केन्द्रित छ । यसमा टुवरा उपन्यास प्राथमिक सामग्रीका रूपमा रहेको छ भने सीमान्तीय समालोचनाका बारेमा उल्लेख गरिएका पुस्तक, जर्नल आदि द्वितीयक सामग्रीका रूपमा रहेका छन् । गुणात्मक प्रकृतिको यस अध्ययनमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । पुस्तकबाट सूचकसँग सम्बन्धित अंश उद्धरण प्रस्तुत गरी अध्ययनलाई प्रामाणिक र विश्वसनीय बनाइएको छ । यस अध्ययनबाट मुख्यतः थारूहरूलाई जातीय र वर्गीय दृष्टिले किनारामा पारिएको र यस कार्यमा उच्चवर्गका गैरथारूजातिको विभेदकारी चिन्तन र व्यवहार मुख्य कारक रहेको निष्कर्ष प्राप्त भएको जनाइएको छ । उपन्यासले आंशिक रूपमा किनाराकृत निम्नवर्गका जनजातिको सामाजिक र आर्थिक अवस्थाको पनि चित्रण गरेको छ । यसकारण उपन्यास सीमान्तीय चेतनाका साथै शैलीशिल्पका दृष्टिले पनि सफल र प्रभावकारी रहेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.