Bharatpur Pragya: Journal of Multidisciplinary Studies https://nepjol.info/index.php/bpjms
Bharatpur Pragya: Journal of Multidisciplinary Studies is published by Bharatpur Academy, Bharatpur Metropolitan City, Sharadpur, Chitwan, Nepal. It publishes articles in varied topics, but the area of the publication will cover art, literature, culture and language. It intends to serve the communities of literary, artistic and cultural studies nationally and globally.
Bharatpur Academy en-US Bharatpur Pragya: Journal of Multidisciplinary Studies 2990-773X
CC BY-NC This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.
वर्ष र सत्र प्रणालीका स्नातकोत्तर नेपाली पाठ्यक्रमका शिक्षणविधि र मूल्याङ्कन पद्धतिको तुलना https://nepjol.info/index.php/bpjms/article/view/65868
प्रस्तुत आलेखमा वर्ष र सत्र प्रणालीका स्नातकोत्तर नेपाली पाठ्यक्रममा समावेश गरिएका शिक्षणविधि र मूल्याङ्कन पद्धतिको तुलनात्मक विश्लेषण गरिएको छ । वर्ष प्रणालीको पाठ्यक्रममा शिक्षककेन्द्री शिक्षणविधि र वर्षान्त मूल्याङ्न पद्धतिको प्रधानता रहन्छ भने सत्र प्रणालीको पाठ्यक्रममा विद्यार्थीकेन्द्री शिक्षणविधि र सत्रान्त मूल्याङ्कन पद्धतिको प्रधानता रहन्छ । पाठ्यक्रमको स्वरूपअनुसार त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयको चालु पाठ्यक्रम सत्र प्रणालीमा रहेको छ । यस आलेखमा वर्ष र सत्र दुवै प्रणालीका पाठ्यक्रमको तुलना गर्दै तिनका बिचमा रहेका अवधारणागत र स्तरगत भिन्नताको खोजी गर्ने तुलनात्मक अध्ययनविधिको प्रयोग गरिएको छ । निर्धारित दुई सामग्रीमा रहेका तथ्यहरूको तुलना गरी चालु पाठ्यक्रमको प्रभावकारिता र उपादेयताको संश्लेषण यस आलेखमा गरिएको छ । समग्र विमर्शबाट के नतिजा प्राप्त भएको छ भने सत्र प्रणालीको पाठ्यक्रम वर्ष प्रणालीको पाठ्यक्रमबाट पुनर्निर्माण गरिएको देखिन्छ भने वर्ष प्रणालीका तुलनामा सत्र प्रणालीको पाठ्यक्रममा शिक्षणविधि र मूल्याङ्क पद्धतिको व्यवस्थित, वैज्ञानिक, प्रभावकारी र व्यवहारोपयोगी रहेको देखिन्छ ।
बालाकृष्ण Balakrishna अधिकारी Adhikari Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 1 15 10.3126/bpjms.v2i01.65868 Climate Change-induced Livelihood Insecurity in Narayani-Gandak Basin of Nepal https://nepjol.info/index.php/bpjms/article/view/65869
Nepal is one of the most disaster-prone countries in the world. Nepal is highly vulnerable to climate risks and disasters. It ranks 4th, 11th, and 13th in terms of vulnerability to climate change, earthquake, and flood risks, respectively. Due to intensive, concentrated, and erratic precipitation, climate change-induced disasters such as 'too much water and too little water' are rapidly increasing in Nepal and the ‘too much water’ has been affecting riverine communities, significantly, in the Terai region of Nepal. The communities of the Narayani basin have been forced to encounter floods every year due to the perennial Narayani and Rapti including other local seasonal rivers. While these rivers seem to b e providing services for irrigation to nurture agricultural products, to some extent, the riparian communities have also been forced to encounter extensive amounts of losses and damages to lives, livestock, crops, and property, which have resulted in losses of livelihoods, and generated serious concerns for communities due to surmounting risks of flood like natural hazards turning into disasters. Employing a mixed-method research approach, we investigated how climate change-induced hazards such as floods turning into disasters have affected the livelihoods of people living in the riverine communities of Chitwan. The two research objectives we explored were i) to examine the impacts of climate change and floods on agriculture and the livelihoods of community people, and ii) to investigate the adaptive methods adopted by local communities to combat climate change-induced flooding for building climate/flood resilient communities. The findings of the research demonstrated that climatic changes have interacted with socio-economic and agricultural practices and significantly affecting livelihood of the communities in Chitwan. In response to changing climatic conditions and unanticipated weather patterns, people in the communities are gradually adjusting their agricultural practices, covering the losses and damages through insurance policies and diversifying the income generating sources.
Chandralal Pandey Prakriti Niraula Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 16 32 10.3126/bpjms.v2i01.65869 निसमालोचनाको सैद्धान्तिक अवधारणा https://nepjol.info/index.php/bpjms/article/view/65871
यस अनुसन्धानात्मक लेखमा निसमालोचनाको सैद्धान्तिक अवधारणा प्रस्तुत गरिएको छ । निसमालोचना समालोचनाको एक नवीन प्रकार हो । नेपाली साहित्यमा निसमालोचनाजस्तै देखिने समालोचना धेरै अघिदेखि लेखिएका पाइए पनि ती समालोचना सैद्धान्तिक अवधारणासहित लेखिएका देखिँदैनन् । निसमालोचनाका तिनै पूर्वप्रयासलाई हेरेर यसलाई नैबन्धिक समालोचना, निसमीक्षा आदि संज्ञा दिइएको पाइन्छ । समालोचनाको यस प्रकारलाई निसमालोचना नै भनिएको पनि पाइन्छ तर यसअघि विधागत सचेतताका साथ यसको सैद्धान्तिक पक्षका बारेमा विस्तृत रूपमा चर्चा गरिएको पाइँदैन । यस नवीन अवधारणाका बारेमा थप स्पष्ट पार्न आवश्यक भएकाले प्रस्तुत लेखमा यसको सैद्धान्तिक आधारका सम्बन्धमा स्पष्ट पारिएको छ । यस क्रममा निसमालोचनाको प्रायोगिक स्वरूप प्रस्तुत गर्दा प्राथमिक स्रोतका रूपमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनलाई आधार बनाइएको छ भने निबन्ध, समालोचना आदि विधाको स्वरूप प्रस्ट पार्नका लागि तिनका बारेमा लेखिएका सामग्रीलाई द्वितीयक स्रोतका रूपमा प्रयोग गरिएको छ । सैद्धान्तिक प्रकृतिको यस लेखमा व्याख्यात्मक र विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । यस अनुसन्धानात्मक लेखमा निसमालोचनाको सैद्धान्तिक अवधारणा प्रस्तुत गरिनाका साथै उदाहरणका लागि एउटा प्रायोगिक स्वरूप पनि प्रस्तुत गरिएको छ । यसका लागि आधारकृतिका रूपमा मुनामदन खण्डकाव्य चयन गरिएको छ । परम्परागत समालोचनाका आधारमा कुनै पनि कृतिलाई विश्लेषण गर्ने अभ्यास भइरहेकामा यस अनुसन्धानात्मक लेखले कृतिविश्लेषणका लागि नवीन आधार दिने विश्वास गरिएको छ ।
एकनारायण Eknarayan पौड्याल Poudyal Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 33 44 10.3126/bpjms.v2i01.65871 चितवनको कृषिक्षेत्रको बदलिँदो स्वरूप र भावी चुनौतीहरू https://nepjol.info/index.php/bpjms/article/view/65878
कृषि मूलश्चः जीवन्म अर्थात् कृषि नै जीवनको मूल आधार हो भन्ने कुरा हाम्रा शास्त्रहरूमा मात्र उल्लेख छैन । पछिल्ला वैज्ञानिक खोज अनुसन्धानहरूबाट निसृत विकास साहित्य (Development Literatures) हरूमा समेत कृषिको रूपान्तरणबिना कुनै पनि देशको आर्थिक विकास र प्रगति सम्भंव छैन भन्ने पुष्टि भइसकेको छ । पछिल्लो समय चितवनको भौतिक पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य र सेवाक्षेत्रमा भइरहेको परिवर्तन र मानवविकासको आधार यहाँको कृषिक्षेत्रको रूपान्तरण र विकास नै हो भन्ने प्रशस्त प्रमाणहरू भेटिन्छन् । तसर्थ यस आलेखमा चितवनको कृषि क्षेत्रको ऐतिहासिक पृष्ठभूमिलाई केलाउँदै कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा राप्ती दुन विकास योजनाको जग्गा वितरण नीति, यहाँको सिँचांइ प्रणालीको विकास, आधुनिक प्रविधिको प्रयोग र बाली विविधीकरणको प्रभावका विषयमा छलफल गरिएको छ, साथै चितवनको कृषिको दिगो विकासका लागि देखिएका भावी चुनौतीहरूका बारेमा समेत थप विषयहरू उठान गरिएको छ ।
कपिलदेव Kapildev सुवेदी Subedi Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 45 53 10.3126/bpjms.v2i01.65878 ‘बाबुको काँधमा छोरो सुतिरहेको देश’ कथामा विश्वदृष्टि https://nepjol.info/index.php/bpjms/article/view/65888
‘बाबुको काँधमा छोरो सुतिरहेको देश’ महेशविक्रम शाहको ‘छापामारको छोरो’ सङ्ग्रहमा सङ्कलित कथा हो । यस कथालाई लुसिए गोल्डमानको विश्वदृष्टिसम्बन्धी मान्यताका आधारमा विश्लेषण गरिएको छ । समाजशास्त्रका विभिन्न मान्यताहरूमध्ये विश्वदृष्टि पनि एक हो । यस कथामा देशमा प्रजातन्त्रको पुर्नस्थापनापश्चात् दसवर्षे जनयुद्धको समयमा सर्वसाधारण नेपाली जनताका छोराछोरी कसरी मारिन्थे भन्ने कुराको सन्दर्भ प्रस्तुत भएको छ । नेपालमा दसवर्षे जनयुद्धको एउटा कालखण्डमा कहालीलाग्दो र त्रासद वातावरण सिर्जना भएको थियो । सामान्यरूपमा भन्दा पनि यातना दिएर, त्रासद वातावरणको सिर्जना गरेर व्यक्तिहत्या भएको थियो । व्यक्तिविशेषलाई झुन्ड्याएर, घिसारेर, गोली हानेर र घाँटी छिनाएर शरीर एकातिर र टाउको अर्कोतिर बनाएर छोड्ने घटना दिनानुदिन भएका थिए । यस्तो परिस्थिति सिर्जना हुनुमा युद्धरत माओवादी नेतृत्व पनि दोषी देखिन्छ भने युद्धलाई दबाउने र माओवादीलाई सिध्याउने नाममा सर्वसाधारणको हत्यामा संलग्न सेना पनि दोषी देखिन्छ । दुवै बन्दुकधारीको मार सर्वसाधारणले खेपेका थिए । अन्यायमा पर्ने व्यक्तिले कुनै निकायबाट पनि न्याय पाएका थिएनन् । न्याय दिने निकाय निरीह अवस्थामा थियो । उनीहरू कुनै पनि काम आफूबाट पन्छाएर अर्को निकायलाई टाँसो लगाउन अग्रसर थिए । देशको यस्तो स्थितिले सर्वसाधारण नेपाली जनतामा तनाव र दबाबको स्थिति सिर्जना गरेको थियो । शरीर नभएको छोराको टाउको बोकेर अनेकौँ ठक्कर खाँदै हिँडेको बाबुले विभिन्न निकायमा गुहार्दा पनि न्याय पाउन सकेको थिएन एकातिर भने अर्कोतिर खुलेर उसको समर्थन गर्ने आँट पनि सर्वसाधारणमा नभएको कुरालाई कलात्मक र कथात्मक रूप दिँदै अबको दिनमा यस्तो स्थिति देशमा सिर्जना हुनुहुँदैन भन्ने कुरालाई कथाले देखाएको छ । सबैले सहज रूपमा बाँच्न पाउनुपर्दछ, हाँस्न पाउनुपर्दछ र अन्यायमा पर्नेले न्याय र अन्याय गर्नेले सजाय पाउनुपर्दछ । छाडातन्त्र हुनुहुँदैन अनि मात्र सुखी नेपाली र समृद्ध नेपाल बन्न सक्दछ भन्ने दृष्टिकोणलाई कथाले विश्वदृष्टिका रूपमा प्रस्तुत गरेको छ ।
कृष्णप्रसाद Krishnaprasad सापकोटा Sapkota Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 54 65 10.3126/bpjms.v2i01.65888 Teachers’ Academic Behaviors on Students’ Academic Achievement https://nepjol.info/index.php/bpjms/article/view/65906
Teacher's behavior plays a vital role in academic achievement. A teacher's behavior can affect student's capacity to learn as well as others students' learning environment. Teachers are the role models for their students and their behavior meaningfully influence students’ personal and academic life. Keeping in view the significant influence of teachers on the students’ academic achievement, the study aimed to investigate the influence of teachers’ behavior on students’ academic achievement at affiliated campuses.

This article explores the correlation between teachers' actions, methods, attitudes, and behaviors in the academic setting and how they impact students' academic performance and achievement. It delves into the importance of teacher-student interactions, instructional strategies, feedback mechanisms, and classroom management techniques in shaping students' learning outcomes. This research article discusses the Influence of Teachers’ Behavior on Students Academic Achievement of Higher Level. The respondents were the teachers and students were associated to the campuses affiliated to Tribhuvan University. From the 15 public colleges, 60 teachers and 600 students from five departments were selected as a sample. Two questionnaires were developed and validated through pilot testing and administered to the sample for the collection of data. The researcher personally visited the respondents, thus 100% data were collected. The collected data were tabulated and analyzed by using chi-square and Pearson's product moment coefficient of correlation (r). The major conclusions of the study were that teachers felt proud to be teachers; they adjusted themselves with the prevailing situation and circumstances, and they used different motivational techniques for teaching. Students were found to be satisfied with the positive behavior of their teachers. The relationship between the teachers' behavior and corresponding academic achievement (marks) revealed a highly positive significant correlation.
Kusum Raj Subedi Sita Kumari Shrestha Suprabha Subedi Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 66 79 10.3126/bpjms.v2i01.65906 पाणिनीय व्याकरणका लौकिक तथा वैदिक आदेश नियम र प्रयोगमा पार्थक्य https://nepjol.info/index.php/bpjms/article/view/65907
महर्षि पाणिनि, कात्यायन र पतञ्जलिका विचारलाई विशेष विचारविमर्श गरी तयार गरिएको वैदिक र लौकिक संस्कृत भाषासँग सम्बद्ध व्याकरणलाई पाणिनीय व्याकरण भनेर चिनिन्छ । विशेषतः पाणिनीय लौकिक प्रक्रियाको अध्ययन र अनुसन्धान विगतदेखि वर्तमानसम्म यत्रतत्र भइरहेको छ भने पाणिनीय वैदिक प्रक्रियातर्फ   रुचि राख्ने अध्येता तथा अनुसन्धाताहरू वर्तमानमा अत्यन्त न्यून रहेका छन् । पाणिनीय वैदिक प्रक्रियाका नियम र प्रयोग पनि तुलनात्मक रूपमा जटिल छन् । पाणिनीय वैदिक प्रक्रियाका पक्षहरूसँग परिचित नभईकन वैदिक मन्त्रहरूको समुचित उच्चारण पनि गर्न सकिँदैन । लोप, आगम र आदेशका प्रक्रियाको बोध हुन सकेमा वैदिक प्रक्रियालाई पनि सरल रूपमा बुझ्न सम्भव छ । लोप र आगमका तुलनामा आदेशका प्रक्रियाहरूको सङ्ख्या र व्याप्तिसमेत बढ्ता रहेको छ । स्वरवर्णादेश, व्यञ्जनवर्णादेश, अयोगवाहादेश, धात्वादेश, प्रातिपदिकादेश, सुप्प्रत्ययादेश, तिङ्प्रत्ययादेश, कृत्प्रत्ययादेश र विकरणप्रत्ययादेशसँग सम्बद्ध पाणिनीय वैदिक प्रक्रियाका ११९ नियम र तदन्तर्गतका प्रमुख प्रयोगका आधारमा यहाँ लौकिक नियम र उदाहरणहरूका भिन्नताको अध्ययन र विश्लेषण गरिएको छ । फलस्वरूप यसबाट अकार, आकार, इकार, ईकार, उकार, ऊकार, ऋकार, ऋृकार, एकार, ओकार, ऐकार र औकार १२ स्वरवर्ण, ककार, नकार, मकार, यकार, रेफ, वकार, सकार र हकार आठ व्यञ्जनवर्ण, एउटा अयोगवाह वा विसर्ग, अद्, चाय्, ह्वृ र ओहाक् चार धातु, दन्त, समान, सह र कु चार प्रातिपदिक, सु, औ, जस्, अम्, टा, भिस्, भ्यस्, ङि र सुप् नौ सुप्प्रत्यय, इरेच्, हि, अम्, ध्वम् र त पाँच तिङादिष्ट प्रत्यय, लिट् र क्त्वा दुई कृत्प्रत्यय तथा च्लि, शानच् र श्ना तीन विकरणप्रत्ययका स्थानमा गरिएका स्वरवर्णात्मक, व्यञ्जनवर्णात्मक, अयोगवाहात्मक, अक्षरात्मक र शब्दात्मक परिवर्तनहरूको मूल्याङ्कन गरिएको छ ।
मतिप्रसाद Matiprasad ढकाल Dhakal Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 80 95 10.3126/bpjms.v2i01.65907 मोक्ष उपन्यासमा वर्गपक्षधरता https://nepjol.info/index.php/bpjms/article/view/65908
२०५२ सालबाट नेपाल कम्युनिस्ट पार्टी माओवादीले सुरुवात गरेको जनयुद्धलाई केन्द्रीय विषयबस्तु बनाइएका मोक्ष उपन्यासमा उत्पीडित वर्गीय विद्रोहलाई मोक्ष कि मृत्यमा आधारित बनाएर गरिएका वैचारिक सङ्घर्ष, वर्गीय द्वन्द्वका सन्दर्भ र घटनाहरू वर्णन गरिएको छ । यसमा नेपाली अर्धसामन्ती तथा अर्धपुँजीवादी समाजका विभिन्न प्रकृतिका विभेद, हिंसा, दलन र शोषणबाट मोक्ष वा मुक्तिको खाजी गर्दै वर्गीय सङ्घर्षमा आवद्ध भएका पात्रहरू प्रयोग गरी सामाजिक, आर्थिक तथा राजनीतिक अन्तरविरोधहरू सशक्त रूपमा चित्रण गरिएको छ । उपन्यास विधामा अझै स्पष्टसँग वर्गचेतना, वर्गसङ्घर्ष तथा वर्गपक्षधरता चित्रण गरिएको हुन्छ । उपन्यासमा वर्गचेतना तथा वर्गपक्षधरता प्रस्तुत गर्ने माध्यम नै पात्रहरू हुन् । माक्र्सवादी साहित्यमा श्रमजीवी तथा सर्वहारा वर्गीय पक्षधरता हुन्छ । पात्रहरूमा देखिएको वर्गीय सचेतना तथा वर्गीय पक्षधरताले वर्गीय उत्थानका निम्ति वैचारिक अन्तर्विरोध तथा द्वन्द्वको स्थिति निर्माण गर्छ । यस लेखमा माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणअनुसार मोक्ष उपन्यासका पात्रहरूमा रहेको वर्गचेतनाले निमार्ण गरेको वैचारिक पक्षधरता तथा वर्गीय पक्षधरताको अभिव्यक्ति केकस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञाशा समाधान गर्नु नै मुख्य उद्देश्य राखिएको छ । यसर्थ यस्तो अध्ययन गुणात्मक प्रकृतिको हुने हुँदा पुस्तकालयीय विधिको उपयोग गरी अध्ययन र विश्लेषण गरिएको छ । यस अध्ययनबाट उपन्यासमा मूलभूत रूपमा उत्पीडित वर्गीय गरिब, निमुखा, दलित, श्रमजीवी तथा सर्वहारा पक्षीय सशक्त वैचारिक पक्षधरता, वैचारिक प्रतिरोध तथा द्वन्द्व रहेको निष्कर्ष निकालिएको छ । उपन्यासमा जनयुद्धमा प्रत्यक्ष रूपमा सहभागी भएका निम्नवर्गीय छापामारहरू, जनयोद्धाहरू र वर्ग दुश्मनबाट नयाँ चिन्तन तथा आदर्श सुरुवात हुनासाथ दमन गरिहाल्नुपर्छ भन्ने पुँजीवादी –सामन्ती राज्यसत्ताका संयन्त्रका मतियारहरूका बिचमा सशस्त्र वर्गीय सङ्घर्ष भएका घटनाहरू संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ । उपन्यासमा प्रायः निम्नवर्गीय शोषित, उत्पीडित पात्रहरू सङ्गठित रूपमा वैचारिक तथा वर्गीय पक्षधरताका साथ सशक्त विद्रोह तथा प्रतिरोधमा उत्रिएका छन् । यस लेखमा आमूल परिवर्तनको खोजीमा क्रान्ति यात्रामा लागेका वर्गीय पात्रहरू प्रयोग गरी समतामूलक तथा न्यायमूलक समाज निर्माणका लागि अझै क्रान्तिकारी अभियान चलाउनु पर्ने रहस्य उद्घाटन यस उपन्यासले गरेको निष्कर्ष निकालिएको छ ।
प्रभा मरहट्टा Prabha Marahatta कोइराला Koirala Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 96 110 10.3126/bpjms.v2i01.65908 Global Warming and Biodiversity Conservation Adaptation Technique in Khageri Watershed, Chitwan https://nepjol.info/index.php/bpjms/article/view/65911
This paper analyzes the land use and land suitability analysis of Khageri watershed in Chitwan. Nepal has been experienced water scarcity in dry season and flood inundation in monsoon. Khageri watershed is the source of water for west Chitwan irrigation and it also this area is rich biodiversity area. This area covered 67.2 percent of jungle in 2024 and that was 74.5 percent in 1999. The study utilized secondary map data sources like Google Earth Pro, USGS, FAO, and ARCMAP 10.8., and eight parameters were used to analyze land suitability analysis. There were 219 small locations found suitable for water harvest areas. Out of which, ten majors’ locations have been chosen and further analysis with 5-meter earth dams assumed and they were extended. The extended ten locations cover 712 hectors of land, and they can harvest 24,760,930 cubic meters of water.
Prakash Regmi Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 111 124 10.3126/bpjms.v2i01.65911 प्रोल्लास सिन्धुलीयको भग्न भैरव उपन्यासमा चित्रित जीवनीपरकता https://nepjol.info/index.php/bpjms/article/view/65913
‘भग्न भैरव’ उपन्यास (२०७९) साहित्यकार प्रोल्लास सिन्धुलीयको पछिल्लो औपन्यासिक कृति हो । यसमा सुप्रसिद्ध व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीलाई आधार बनाएर आख्यानीकरण गरिएको छ । यसमा लेखकले सिधा जीवनी प्रस्तुत नगरेर भैरव अर्यालका अनन्य मित्र रोचक घिमिरेका मुखबाट कथा भन्न लगाएका छन् । यस्ता कृतिको अध्ययन गर्नका लागि जीवननीपरकताको बनिबनाउ सैद्धान्तिक आधार नभेटिएकाले त्यसका लागि उपकरणसमेत निर्माण गरी विश्लेषण गरी हेर्ने काम यस अनुसन्धानमा गरिएको छ । यस उपन्यासको अध्ययन गर्नका लागि भैरव अर्यालको वास्तविक जीवनी र आख्यानको अन्तर्सम्बन्ध केलाउने, उपन्यासमा ऐतिहासिक तथा सांस्कृतिक सन्दर्भ र यथार्थ परिघटनालाई आख्यानीकरण के कसरी गरिएको छ ? तथा उपन्यासभित्र आख्यानकारको पक्षधरता र आख्यानमा जीवनीको बुनोट के कसरी गरिएको छ ? भन्ने बारेमा तथ्य खोजी गर्न उपन्यासभित्रबाट साक्ष्यहरू सङ्कलन गरी विश्लेषण गरिएको छ । त्यसरी अध्ययन गर्दा सिन्धुलीयको यस उपन्यासमा नेपाली साहित्यका उत्कृष्ट व्यङग्यशिल्पी भैरव अर्यालको जीवनीका गुप्त पाटाहरूलाई पाठकहरू सामु ल्याएको देखिन्छ । यसमा भैरव अर्यालको पारिवारिक स्थिति, बाल्यकाल, शिक्षादीक्षा, विवाह, सन्तानप्राप्तिजस्ता वैयक्तिक कुराहरूलाई मार्मिक तरिकाले चित्रण गरिएको कुरा अध्ययनबाट प्रस्ट भएको छ । त्यस्तै भैरवको जीवनका सार्वजनिक पाटाहरू जागिरे जीवन, राजनीतिप्रतिको लगाव, साथीहरूसँगको सम्बन्ध, नेपाली साहित्यमा उनले गरेका सेवाजस्ता कुराहरू पनि यसमा उतारिएको पाइन्छ । त्योभन्दा पनि बढी उनी गोरखापत्रमा सम्पादकको जागिरे छँदा नेपाली साहित्यका विभिन्न लेखकहरूको रचना प्रकाशन हुनुपूर्व उनले गरेको मेहनत यसमा मार्मिक तरिकाले चित्रण भएको छ । यस अध्ययनमा सङ्कलित साक्ष्यहरूका आधारमा विश्लेषण गरी हेर्दा यो उपन्यास एक उत्कृष्ट जीवनीपरक उपन्यास बनेको देखिन्छ ।
रमेश Ramesh प्रभात Prabhat Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 125 138 10.3126/bpjms.v2i01.65913 द्रौपदी अवशेष उपन्यासमा सांस्कृतिकता https://nepjol.info/index.php/bpjms/article/view/65916
प्रस्तुत समीक्षात्मक लेखमा नीलम कार्की निहारिकाद्वारा लेखिएको द्रौपदी अवशेष उपन्यासको विश्लेषणात्मक अध्ययन गरिएको छ । नेपाली आख्यान साहित्यमा विशिष्ट पहिचान बनाएकी कार्कीको प्रस्तुत उपन्यासलाई सांस्कृति उपन्यास मानिएको पाइन्छ । संस्कृति मानव समाजको जन्मदेखि मृत्युपर्यन्त हरेक समयमा उनीहरूले आफ्नो परिचयलाई झल्काउनेगरी गर्ने स्थानिक, जातिविशेष, लिङ्गविशेष, पेसाविशेष वा यस्तै विशिष्ट पहिचान झल्काउने चलन हो । साहित्यिक कृतिहरूले जीवनजगतका अन्य विभिन्न विषय अवस्थाका साथै त्यस कृतिले प्रस्तुत गरेको पात्रविशेषका स्थानको चालचलन, रीतिरिवाज, संस्कार आदिलाई पनि प्रस्तुत गर्ने हुनाले साहित्यको अध्ययन गर्ने क्रममा त्यसको संस्कृतिपक्षको पनि अध्ययन हुनुपर्ने मान्यता पछिल्लो समयमा विकसित भएको देखिन्छ । त्यस प्रकारको मान्यतामा आधारित सिद्धान्तलाई उत्तरआधुनिक समालोचनाले सांस्कृतिक समालोचनाका रूपमा विकसित गरेको पाइन्छ, जसले साहित्यिक कृतिमा अभिव्यक्त संस्कृतिको अध्ययन गर्दछ । नीलम कार्की निहारिकाले आफ्नो चौथो उपन्यास द्रौपदी अवशेषमा नेपालको हुम्ला जिल्लाको एउटा गाउँमा मूलतः बहुपति प्रथाको रूपमा रहेको संस्कृतिलाई विषय बनाएर त्यसलाई नै प्रस्तुत गर्ने मुख्य उद्देश्यका साथ यो उपन्यासको निर्माण गरेको देखिन्छ । मूलतः वैवाहिक सन्दर्भको संस्कृतिलाई प्रस्तुत गर्ने उद्देश्यले लेखिएको भए पनि वैवाहिक जीवनसँग जोडिएका र कतिपय नजोडिएका अन्य सांस्कृतिक पक्षहरूलाई पनि उठाएको देखिन्छ । प्रस्तुत उपन्यास सांस्कृतिक विषयको उठानका दृष्टिले महत्वपूर्ण रहेको हुँदा उपन्यायमा संस्कृतिको पक्षलाई केकसरी उठाइएको छ? भन्ने समस्यामूलक प्रश्नमा केन्द्रित रहेर द्वितीय स्रोत सामग्रीको प्रयोग गरेर गुणात्मक अध्ययन अन्तर्गत विश्लेषणात्मक विधिको प्रयोग गरी कृतिको विश्लेषण गरिएको छ । उपन्यासमा प्रस्तुत भएका सांस्कृतिक विषयका विभिन्न पक्षलाई सूक्ष्म रूपले अध्ययन गरी प्रस्तुत उपन्यास सांस्कृतिक उपन्यासको रूपमा महत्वपूर्ण रहेको निष्कर्ष निकालिएको छ ।
शंकरप्रसाद Shankarprasad गैरे Gairhe Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 139 150 10.3126/bpjms.v2i01.65916 ‘सिडनीकी सानुमाया’ कथामा डायस्पोरा https://nepjol.info/index.php/bpjms/article/view/65919
नेपाली समाजमा बढ्दो रूपमा रहेको विदेश पलायनले मानिसको सोच र व्यवहारमा ज्यादै प्रभाव पारेको पाइन्छ । नेपाली नागरिकहरूले विदेशमा भोगेका यथार्थ समस्यालाई प्रकाश पार्न डायस्पोराको सैद्धान्तिक मान्यतालाई उपयोग गरी विश्लेषण गरिएको छ । यसका लागि लेखक भागवत खनालको बाबा मेरो पीआर आयो कथाभित्रको ‘सिडनीकी सानुमाया’ कथालाई छनोट गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्रथम र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक तथा द्वितीयक सामग्रीको उपयोग गरी डायस्पोरिक अवधारणालाई प्रकाश पारी विश्लेष्य कथामा प्रस्तुत डायस्पोरालाई खोजी गर्ने काम यस लेखमा गरिएको छ । खनालको उक्त कथामा विदेशमा बस्ने नेपालीले भोगेका वास्तविक समस्यालाई प्रकाश पारिएको छ । वर्तमान नेपाली समाजको जल्दोबल्दो समस्यालाई कथामा उठान गरिएको पाइन्छ । उक्त कथालाई डायस्पोरिक चेतनाका आधारबाट विश्लेषण गर्ने काम यस लेखमा गरिएको छ । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार गुणात्मक प्रकृतिको अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । ‘सिडनीकी सानुमाया’ कथामा डायस्पोरिक प्रवृत्ति के कसरी प्रयोग भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही डायस्पोराको सैद्धान्तिक पर्याधारका सापेक्षमा विश्लेषण गरिएको छ । विश्लेष्य कथाको विषयवस्तु र पात्रले भोगेको पराई देशको यथार्थ अवस्था र सामाजिक सांस्कृतिक रूपमा देखेको भिन्नता भोग्नुपरेको सङ्घर्षका साथमा डायस्पोरा सशक्त रहेको निष्कर्ष निकालिएको छ ।
टंकप्रसाद Tankaprasad पन्थ Pantha Copyright (c) 2024 https://creativecommons.org/licenses/by-nc/4.0 2024-05-28 2024-05-28 2 01 151 162 10.3126/bpjms.v2i01.65919