‘सिडनीकी सानुमाया’ कथामा डायस्पोरा

Authors

  • टंकप्रसाद Tankaprasad पन्थ Pantha Tribhuvan Multiple Campus, Palpa

DOI:

https://doi.org/10.3126/bpjms.v2i01.65919

Keywords:

सङ्क्रमणशील, आप्रवासी, डायस्पोरा, पराईदेश, पुख्र्यौली भूमि

Abstract

नेपाली समाजमा बढ्दो रूपमा रहेको विदेश पलायनले मानिसको सोच र व्यवहारमा ज्यादै प्रभाव पारेको पाइन्छ । नेपाली नागरिकहरूले विदेशमा भोगेका यथार्थ समस्यालाई प्रकाश पार्न डायस्पोराको सैद्धान्तिक मान्यतालाई उपयोग गरी विश्लेषण गरिएको छ । यसका लागि लेखक भागवत खनालको बाबा मेरो पीआर आयो कथाभित्रको ‘सिडनीकी सानुमाया’ कथालाई छनोट गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्रथम र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक तथा द्वितीयक सामग्रीको उपयोग गरी डायस्पोरिक अवधारणालाई प्रकाश पारी विश्लेष्य कथामा प्रस्तुत डायस्पोरालाई खोजी गर्ने काम यस लेखमा गरिएको छ । खनालको उक्त कथामा विदेशमा बस्ने नेपालीले भोगेका वास्तविक समस्यालाई प्रकाश पारिएको छ । वर्तमान नेपाली समाजको जल्दोबल्दो समस्यालाई कथामा उठान गरिएको पाइन्छ । उक्त कथालाई डायस्पोरिक चेतनाका आधारबाट विश्लेषण गर्ने काम यस लेखमा गरिएको छ । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार गुणात्मक प्रकृतिको अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । ‘सिडनीकी सानुमाया’ कथामा डायस्पोरिक प्रवृत्ति के कसरी प्रयोग भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही डायस्पोराको सैद्धान्तिक पर्याधारका सापेक्षमा विश्लेषण गरिएको छ । विश्लेष्य कथाको विषयवस्तु र पात्रले भोगेको पराई देशको यथार्थ अवस्था र सामाजिक सांस्कृतिक रूपमा देखेको भिन्नता भोग्नुपरेको सङ्घर्षका साथमा डायस्पोरा सशक्त रहेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
26

Author Biography

टंकप्रसाद Tankaprasad पन्थ Pantha, Tribhuvan Multiple Campus, Palpa

Lecturer of Nepali 

Downloads

Published

2024-05-28

How to Cite

पन्थ Pantha ट. T. (2024). ‘सिडनीकी सानुमाया’ कथामा डायस्पोरा. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 2(01), 151–162. https://doi.org/10.3126/bpjms.v2i01.65919

Issue

Section

Articles