प्रोल्लास सिन्धुलीयको भग्न भैरव उपन्यासमा चित्रित जीवनीपरकता

Authors

  • रमेश Ramesh प्रभात Prabhat Birendra Multiple Campus, Chitwan

DOI:

https://doi.org/10.3126/bpjms.v2i01.65913

Keywords:

आख्यानको बनोट, आख्यानको बुनोट, आख्यानीकरण, जीवनीपरकता, लेखकको पक्षधरता

Abstract

‘भग्न भैरव’ उपन्यास (२०७९) साहित्यकार प्रोल्लास सिन्धुलीयको पछिल्लो औपन्यासिक कृति हो । यसमा सुप्रसिद्ध व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीलाई आधार बनाएर आख्यानीकरण गरिएको छ । यसमा लेखकले सिधा जीवनी प्रस्तुत नगरेर भैरव अर्यालका अनन्य मित्र रोचक घिमिरेका मुखबाट कथा भन्न लगाएका छन् । यस्ता कृतिको अध्ययन गर्नका लागि जीवननीपरकताको बनिबनाउ सैद्धान्तिक आधार नभेटिएकाले त्यसका लागि उपकरणसमेत निर्माण गरी विश्लेषण गरी हेर्ने काम यस अनुसन्धानमा गरिएको छ । यस उपन्यासको अध्ययन गर्नका लागि भैरव अर्यालको वास्तविक जीवनी र आख्यानको अन्तर्सम्बन्ध केलाउने, उपन्यासमा ऐतिहासिक तथा सांस्कृतिक सन्दर्भ र यथार्थ परिघटनालाई आख्यानीकरण के कसरी गरिएको छ ? तथा उपन्यासभित्र आख्यानकारको पक्षधरता र आख्यानमा जीवनीको बुनोट के कसरी गरिएको छ ? भन्ने बारेमा तथ्य खोजी गर्न उपन्यासभित्रबाट साक्ष्यहरू सङ्कलन गरी विश्लेषण गरिएको छ । त्यसरी अध्ययन गर्दा सिन्धुलीयको यस उपन्यासमा नेपाली साहित्यका उत्कृष्ट व्यङग्यशिल्पी भैरव अर्यालको जीवनीका गुप्त पाटाहरूलाई पाठकहरू सामु ल्याएको देखिन्छ । यसमा भैरव अर्यालको पारिवारिक स्थिति, बाल्यकाल, शिक्षादीक्षा, विवाह, सन्तानप्राप्तिजस्ता वैयक्तिक कुराहरूलाई मार्मिक तरिकाले चित्रण गरिएको कुरा अध्ययनबाट प्रस्ट भएको छ । त्यस्तै भैरवको जीवनका सार्वजनिक पाटाहरू जागिरे जीवन, राजनीतिप्रतिको लगाव, साथीहरूसँगको सम्बन्ध, नेपाली साहित्यमा उनले गरेका सेवाजस्ता कुराहरू पनि यसमा उतारिएको पाइन्छ । त्योभन्दा पनि बढी उनी गोरखापत्रमा सम्पादकको जागिरे छँदा नेपाली साहित्यका विभिन्न लेखकहरूको रचना प्रकाशन हुनुपूर्व उनले गरेको मेहनत यसमा मार्मिक तरिकाले चित्रण भएको छ । यस अध्ययनमा सङ्कलित साक्ष्यहरूका आधारमा विश्लेषण गरी हेर्दा यो उपन्यास एक उत्कृष्ट जीवनीपरक उपन्यास बनेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
48
PDF
27

Author Biography

रमेश Ramesh प्रभात Prabhat, Birendra Multiple Campus, Chitwan

Lecturer of Nepali 

Downloads

Published

2024-05-28

How to Cite

प्रभात Prabhat र. R. (2024). प्रोल्लास सिन्धुलीयको भग्न भैरव उपन्यासमा चित्रित जीवनीपरकता. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 2(01), 125–138. https://doi.org/10.3126/bpjms.v2i01.65913

Issue

Section

Articles