मोक्ष उपन्यासमा वर्गपक्षधरता

Authors

  • प्रभा मरहट्टा Prabha Marahatta कोइराला Koirala Birendra Multiple Campus, Chitwan

DOI:

https://doi.org/10.3126/bpjms.v2i01.65908

Keywords:

वैचारिकता, वर्गसङ्घर्ष, प्रतिरोध, क्रान्ति, पक्षधरता

Abstract

२०५२ सालबाट नेपाल कम्युनिस्ट पार्टी माओवादीले सुरुवात गरेको जनयुद्धलाई केन्द्रीय विषयबस्तु बनाइएका मोक्ष उपन्यासमा उत्पीडित वर्गीय विद्रोहलाई मोक्ष कि मृत्यमा आधारित बनाएर गरिएका वैचारिक सङ्घर्ष, वर्गीय द्वन्द्वका सन्दर्भ र घटनाहरू वर्णन गरिएको छ । यसमा नेपाली अर्धसामन्ती तथा अर्धपुँजीवादी समाजका विभिन्न प्रकृतिका विभेद, हिंसा, दलन र शोषणबाट मोक्ष वा मुक्तिको खाजी गर्दै वर्गीय सङ्घर्षमा आवद्ध भएका पात्रहरू प्रयोग गरी सामाजिक, आर्थिक तथा राजनीतिक अन्तरविरोधहरू सशक्त रूपमा चित्रण गरिएको छ । उपन्यास विधामा अझै स्पष्टसँग वर्गचेतना, वर्गसङ्घर्ष तथा वर्गपक्षधरता चित्रण गरिएको हुन्छ । उपन्यासमा वर्गचेतना तथा वर्गपक्षधरता प्रस्तुत गर्ने माध्यम नै पात्रहरू हुन् । माक्र्सवादी साहित्यमा श्रमजीवी तथा सर्वहारा वर्गीय पक्षधरता हुन्छ । पात्रहरूमा देखिएको वर्गीय सचेतना तथा वर्गीय पक्षधरताले वर्गीय उत्थानका निम्ति वैचारिक अन्तर्विरोध तथा द्वन्द्वको स्थिति निर्माण गर्छ । यस लेखमा माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणअनुसार मोक्ष उपन्यासका पात्रहरूमा रहेको वर्गचेतनाले निमार्ण गरेको वैचारिक पक्षधरता तथा वर्गीय पक्षधरताको अभिव्यक्ति केकस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञाशा समाधान गर्नु नै मुख्य उद्देश्य राखिएको छ । यसर्थ यस्तो अध्ययन गुणात्मक प्रकृतिको हुने हुँदा पुस्तकालयीय विधिको उपयोग गरी अध्ययन र विश्लेषण गरिएको छ । यस अध्ययनबाट उपन्यासमा मूलभूत रूपमा उत्पीडित वर्गीय गरिब, निमुखा, दलित, श्रमजीवी तथा सर्वहारा पक्षीय सशक्त वैचारिक पक्षधरता, वैचारिक प्रतिरोध तथा द्वन्द्व रहेको निष्कर्ष निकालिएको छ । उपन्यासमा जनयुद्धमा प्रत्यक्ष रूपमा सहभागी भएका निम्नवर्गीय छापामारहरू, जनयोद्धाहरू र वर्ग दुश्मनबाट नयाँ चिन्तन तथा आदर्श सुरुवात हुनासाथ दमन गरिहाल्नुपर्छ भन्ने पुँजीवादी –सामन्ती राज्यसत्ताका संयन्त्रका मतियारहरूका बिचमा सशस्त्र वर्गीय सङ्घर्ष भएका घटनाहरू संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ । उपन्यासमा प्रायः निम्नवर्गीय शोषित, उत्पीडित पात्रहरू सङ्गठित रूपमा वैचारिक तथा वर्गीय पक्षधरताका साथ सशक्त विद्रोह तथा प्रतिरोधमा उत्रिएका छन् । यस लेखमा आमूल परिवर्तनको खोजीमा क्रान्ति यात्रामा लागेका वर्गीय पात्रहरू प्रयोग गरी समतामूलक तथा न्यायमूलक समाज निर्माणका लागि अझै क्रान्तिकारी अभियान चलाउनु पर्ने रहस्य उद्घाटन यस उपन्यासले गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
21

Author Biography

प्रभा मरहट्टा Prabha Marahatta कोइराला Koirala, Birendra Multiple Campus, Chitwan

Lecturer of Nepali 

Downloads

Published

2024-05-28

How to Cite

कोइराला Koirala प. म. P. M. (2024). मोक्ष उपन्यासमा वर्गपक्षधरता. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 2(01), 96–110. https://doi.org/10.3126/bpjms.v2i01.65908

Issue

Section

Articles