पाणिनीय व्याकरणका लौकिक तथा वैदिक आदेश नियम र प्रयोगमा पार्थक्य

Authors

  • मतिप्रसाद Matiprasad ढकाल Dhakal Nepal Sanskrit University

DOI:

https://doi.org/10.3126/bpjms.v2i01.65907

Keywords:

पाणिनीय, वेद

Abstract

महर्षि पाणिनि, कात्यायन र पतञ्जलिका विचारलाई विशेष विचारविमर्श गरी तयार गरिएको वैदिक र लौकिक संस्कृत भाषासँग सम्बद्ध व्याकरणलाई पाणिनीय व्याकरण भनेर चिनिन्छ । विशेषतः पाणिनीय लौकिक प्रक्रियाको अध्ययन र अनुसन्धान विगतदेखि वर्तमानसम्म यत्रतत्र भइरहेको छ भने पाणिनीय वैदिक प्रक्रियातर्फ   रुचि राख्ने अध्येता तथा अनुसन्धाताहरू वर्तमानमा अत्यन्त न्यून रहेका छन् । पाणिनीय वैदिक प्रक्रियाका नियम र प्रयोग पनि तुलनात्मक रूपमा जटिल छन् । पाणिनीय वैदिक प्रक्रियाका पक्षहरूसँग परिचित नभईकन वैदिक मन्त्रहरूको समुचित उच्चारण पनि गर्न सकिँदैन । लोप, आगम र आदेशका प्रक्रियाको बोध हुन सकेमा वैदिक प्रक्रियालाई पनि सरल रूपमा बुझ्न सम्भव छ । लोप र आगमका तुलनामा आदेशका प्रक्रियाहरूको सङ्ख्या र व्याप्तिसमेत बढ्ता रहेको छ । स्वरवर्णादेश, व्यञ्जनवर्णादेश, अयोगवाहादेश, धात्वादेश, प्रातिपदिकादेश, सुप्प्रत्ययादेश, तिङ्प्रत्ययादेश, कृत्प्रत्ययादेश र विकरणप्रत्ययादेशसँग सम्बद्ध पाणिनीय वैदिक प्रक्रियाका ११९ नियम र तदन्तर्गतका प्रमुख प्रयोगका आधारमा यहाँ लौकिक नियम र उदाहरणहरूका भिन्नताको अध्ययन र विश्लेषण गरिएको छ । फलस्वरूप यसबाट अकार, आकार, इकार, ईकार, उकार, ऊकार, ऋकार, ऋृकार, एकार, ओकार, ऐकार र औकार १२ स्वरवर्ण, ककार, नकार, मकार, यकार, रेफ, वकार, सकार र हकार आठ व्यञ्जनवर्ण, एउटा अयोगवाह वा विसर्ग, अद्, चाय्, ह्वृ र ओहाक् चार धातु, दन्त, समान, सह र कु चार प्रातिपदिक, सु, औ, जस्, अम्, टा, भिस्, भ्यस्, ङि र सुप् नौ सुप्प्रत्यय, इरेच्, हि, अम्, ध्वम् र त पाँच तिङादिष्ट प्रत्यय, लिट् र क्त्वा दुई कृत्प्रत्यय तथा च्लि, शानच् र श्ना तीन विकरणप्रत्ययका स्थानमा गरिएका स्वरवर्णात्मक, व्यञ्जनवर्णात्मक, अयोगवाहात्मक, अक्षरात्मक र शब्दात्मक परिवर्तनहरूको मूल्याङ्कन गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
27
PDF
20

Author Biography

मतिप्रसाद Matiprasad ढकाल Dhakal, Nepal Sanskrit University

Associate professor of Sanskrit Vyakarana 

Downloads

Published

2024-05-28

How to Cite

ढकाल Dhakal म. M. (2024). पाणिनीय व्याकरणका लौकिक तथा वैदिक आदेश नियम र प्रयोगमा पार्थक्य. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 2(01), 80–95. https://doi.org/10.3126/bpjms.v2i01.65907

Issue

Section

Articles