प्रशासनिक संरचनाका दृष्टिमा चितवन जिल्ला : एक ऐतिहासिक सर्वेक्षण {Chitwan District in terms of Administrative Structure: a Historical Survey

Authors

  • कर्णबहादुर Karnabahadur बानियाँ Baniya Department of History, TU

DOI:

https://doi.org/10.3126/bpjms.v1i1.55693

Keywords:

संरचना, प्रशासनिक, चितवन जिल्ला

Abstract

चितवन नेपालको मध्य भागमा रहेको रमणीय ठाउँ हो । प्रागैतिहासिक कालमा यो क्षेत्र विदेह राज्य अन्तर्गत रहेको देखिन्छ । प्राचीनकालमा लिच्छवी वंशको अधिनमा रहेको यो क्षेत्र मध्यकालको पूर्वाद्र्धमा तिरहुत राज्यको प्रभावमा रहेको पाइन्छ । मध्यकालमा सेनवंशी राजाहरूको अधिनमा रहेको यस क्षेत्रलाई तनहुँका शासकहरूले हिउँदे राजधानीको रूपमा समेत प्रयोग गर्दथे । यो क्षेत्र नेपालमा गाभिएपछि केही समय मज्र्यादापुर जिल्लाको रूपमा रहन गयो । राणा शासनकालदेखि भने चिसापानीगढी अन्तर्गतको एक इलाकाको रूपमा रहेको थियो । नेपाललाई ७५ जिल्लामा विभाजन गर्दा चितवनलाई पनि अगलै जिल्लाको रूपमा स्थापित गरिएको हो । त्यसपछि मात्र यो क्षेत्र प्रशासनिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक महत्वको स्थानको रूपमा विकसित हुँदै गएको छ । पञ्चायत व्यवस्थाको प्रारम्भमा यस जिल्लामा २२ वटा गाउँ पञ्चायत मात्र भएकोमा जनसङ्ख्या बढ्दै गएपछि नयाँ संविधान लागू हुने बेलासम्ममा मैदानी इलाकामा रहेका अधिकांस बस्तीहरू नगरपालिकामा परिणत भइसकेका थिए । नयाँ संविधान लागू भएपछि यस क्षेत्रमा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरी सात वटा स्थानीय तह गठन भएका छन् । पञ्चायतकालको प्रारम्भमा चितवनबाट राष्ट्रिय पञ्चायतमा एक जना मात्र प्रतिनिधि पठाउने व्यवस्था भएकोमा बहुदलको पुनस्र्थापना पछि प्रतिनिधिसभामा पाँच जना सांसदसम्म निर्वाचित हुने व्यवस्था भइसकेको थियो । नेपालको संविधान २०७२ ले संघीय र प्रदेश सभाको व्यवस्था गरेको हुनाले यो जिल्लालाई संघीय सभामा प्रतिनिधित्वका लागि ३ र प्रदेश सभामा प्रतिनिधित्वका लागि ६ निर्वाचन क्षेत्रमा विभाजित गरिएको छ । चितवन अलगै जिल्लाको रूपमा स्थापित हुँदा जिल्ला पञ्चायतको महत्वपूर्ण स्थान थियो । त्यतिखेर पञ्चायत विकास अधिकारीको मातहतमा थोरै कार्यालय मात्र खुलेका थिए । अहिले जिल्ला समन्वय समिति नाम मात्रको बनेको छ । तापनि यस जिल्लामा विभिन्न सेवा प्रदान गर्ने, विकास निर्माणसम्बन्धी काम गर्ने र शान्तिसुरक्षाको काम गर्ने गरी विभिन्न कार्यालयहरू स्थापना भइसकेका छन् । चितवनको प्रशासनिक संरचनामा भइरहेको निरन्तरको परिवर्तनले यस क्षेत्रको महत्व दिनानुदिन वृद्धि हुँदै गएको प्रतित हुन्छ ।

Downloads

Download data is not yet available.
Abstract
61
PDF
71

Downloads

Published

2023-06-12

How to Cite

बानियाँ Baniya क. K. (2023). प्रशासनिक संरचनाका दृष्टिमा चितवन जिल्ला : एक ऐतिहासिक सर्वेक्षण {Chitwan District in terms of Administrative Structure: a Historical Survey. Bharatpur Pragya: Journal of Multidisciplinary Studies, 1(1), 17–29. https://doi.org/10.3126/bpjms.v1i1.55693

Issue

Section

Articles