शिक्षण अभ्यासमा संलग्न छात्रशिक्षकको शैक्षिक सामग्री प्रयोग अवस्था
Keywords:
अवलोकन मूल्याङ्कन, छात्रशिक्षक, भाषाशिक्षण, शिक्षण अभ्यास, शैक्षिक सामग्रीAbstract
प्रस्तुत लेख शिक्षाशास्त्र सङ्काय, स्नातक तह चौथो वर्षमा नेपाली शिक्षा विषय अध्ययन गरी शिक्षण अभ्यासमा संलग्न छात्र शिक्षकहरूले कक्षा शिक्षणका क्रममा प्रयोग गर्ने शैक्षिक सामग्रीहरूको अवस्था, प्रयोगका ढाँचा तथा त्यसको प्रभावको विश्लेषणमा केन्द्रित छ । अध्ययनको मुख्य उद्देश्य छात्र शिक्षकहरूले नेपाली भाषाशिक्षणका विभिन्न विधा, व्याकरण तथा अन्य पाठहरू शिक्षण गर्दा कस्ता शैक्षिक सामग्री निर्माण र प्रयोग गर्छन् भन्ने पहिचान गर्नु र सामग्रीसहित तथा सामग्रीविहीन शिक्षण अवस्थाबीचको अनुभवात्मक भिन्नता उजागर गर्नु हो । यसका लागि धनकुटा, सुनसरी, तेह्रथुम, पाँचथर र संखुवासभाका पाँच क्याम्पसमा अध्ययनरत शैक्षिक सत्र २०७६–०८० समूहका विद्यार्थीहरूमध्ये २०८१ सालमा अध्यापन अभ्यासमा संलग्न छात्र शिक्षकहरूको कक्षा शिक्षणलाई नमुनाका रूपमा चयन गरी कक्षा अवलोकन, सामग्री परीक्षण तथा अनुभवसम्बन्धी अन्तर्वार्ताबाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको छ । प्राप्त तथ्याङ्कलाई सन्दर्भ पुस्तक, अनुसन्धानात्मक ग्रन्थ तथा पाठ्यपुस्तकजस्ता द्वितीय स्रोतसँग समायोजन गर्दै गुणात्मक ढाँचामा विश्लेषण गरिएको छ । अध्ययनबाट अधिकांश छात्र शिक्षकहरूले चार्ट, चित्र, उदाहरणात्मक सामग्री तथा स्थानीय स्रोतमा आधारित सामग्री प्रयोग गर्ने गरेको पाइए तापनि सामग्रीको योजनाबद्ध निर्माण, सन्दर्भअनुकूल छनोट र प्रभावकारी प्रयोगमा एकरूपता अभाव रहेको देखिएको छ । शैक्षिक सामग्रीको प्रयोग गरिएको कक्षामा विद्यार्थी सहभागिता, अन्तरक्रिया र अवधारणागत बोधस्तर उल्लेख्य रूपमा वृद्धि भएको अनुभव गरिएको छ भने सामग्रीविहीन शिक्षण अपेक्षाकृत व्याख्यानमुखी, एकपक्षीय र कम प्रभावकारी देखिएको छ । यस आधारमा नेपाली भाषाशिक्षणलाई प्रभावकारी, जीवन्त र विद्यार्थीकेन्द्रित बनाउन पाठअनुकूल शैक्षिक सामग्रीको योजनाबद्ध निर्माण र सन्दर्भअनुकूल प्रयोग अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ । साथै, यस अध्ययनका निष्कर्षहरूले शिक्षक प्रशिक्षण, कक्षा व्यवस्थापन र पाठ्यक्रम कार्यान्वयनमा संलग्न सरोकारवालाहरूलाई व्यावहारिक मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.