बसाइ उपन्यासमा प्रस्तुत दृश्य चित्र
Keywords:
खायल, गाभिनी, दृश्य चित्र, दोजिया, मुग्लानAbstract
बसाइँ उपन्यासको दृश्य चित्रको अध्ययन गुणात्मक विधिमा गरिएको छ । बसाइँमा प्रयुक्त दृश्य चित्रले ग्रामीण किसानको यथार्थ गरिबी, असमान आर्थिक अवस्था र विस्थापनको पीडालाई कलात्मक रूपले प्रस्तुत गरेको छ । धनेले आर्थिक स्थिति सुधार्न दृश्य चित्रमा हल–गोरु डिक राखी बैदारको गाभिनी भैंसी किनेको छ । भैंसी किनेको केही दिनकै दृश्य चित्रमा पाडो मरेर भैंसी हलसारो भई द'ध दिनै छोड्छ । धनेको गाभिनी भैंसीले लेउते दमाईँको फापर खाएको केही दिनपछि तुहिएको छ । भैंसी तुहिएको दृश्य चित्रमा धनेले बैदारको पैसा तिर्न नसक्ने भई डिकको हल–गोरु बैदारको भएको छ । धनेले धानको बीउ खाएको झोकमा नन्देको भैंसी कुटेको केही दिनमै मरेको दृश्य चित्रले ऊ दोषी ठहरिको छ । भैंसी मारेको जरिमाना र साहुको सबै ऋण चुक्ता गर्न घरबारी नन्दे ढकाललाई सुम्पिएर धने पिठयूँमा झोला बोकेर श्रीमती र छोरा लिएर बसाइँ हिँडेको दृश्य चित्रले पाठकलाई मर्म स्पर्शी तुल्याउँछ । धने आर्थिक दरिद्रता, शोषण र सामाजिक दबाब तथा झुमा र मोटे कार्की सामाजिक सङ्कीर्णता, मानसिक डरले बाध्य भई जन्मभूमि छोडेर बसाइँ हिँडेको दृश्य निकै पीडादायिक छ । रिकुटेले झुमाको सतीत्व लुटेर गर्भ बोकाई भागेको दृश्यले नारी अस्मिताको रक्षमा चुनौती थपेको छ । झुमाले राँगेभीरबाट मर्न हाम फाल्ने बेला मोटे कार्कीले पछाडिबाट समातेर मर्न नदिएर मानवताको उत्कृष्टता नमुना दृश्यमार्फत् प्रकट गरेको छ । मानवतावादी मोटे कार्कीले झुमासँग विवाह गरी गर्भको बच्चा स्वीकारी कसैले नदेख्ने गरी बसाइँ हिँडेको दृश्य चित्रले पाठकलाई भावनात्मक रूपमा प्रभावित बनाएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.