मेरो भाषा र बुझाइमा रूपान्तरणः मेरो अपरिपक्व चेतनाको अटोएथ्नोग्राफी

Authors

  • Rajendra Kumar Shah

Keywords:

शक्ति, सामाजिक संरचना, अनुभव, सिकाइ, आत्म–चिन्तन, विशेषाधिकार

Abstract

शिक्षा कहिले सामाजिक अन्यायका संरचनात्मक रूपमा, कहिले सीमान्तीकरणको प्रक्रियामा र कहिले सामाजिक रूपान्तरणका सम्भावनाहरूमा प्रकट हुने गतिशील सामाजिक प्रक्रिया हो र यसले समाजको बिम्बलाई विविध आयामहरूमा प्रतिबिम्बित गर्छ । यस अध्ययनको मुख्य उद्देश्य विद्यालय छाडेर अनौपचारिक सिकाइ सिकिरहेका विद्यार्थीहरूसँगको अनुभवको आत्म–प्रतिबिम्बात्मक विश्लेषणमार्फत अनुसन्धानकर्ताको दृष्टिकोण र विशेषाधिकारबोधको आलोचनात्मक अध्ययन गर्नु र विद्यार्थीका जीवन–अनुभवसँग सम्बन्धित प्रणालीगत तथा संरचनात्मक कारकहरूको तत्वहरूको विश्लेषण गर्नु रहेको छ । यस अध्ययनमा अटोएथ्नोग्राफी विधिको प्रयोग गरिएको छ र शाहरा नेपाल नामक संस्थाका चार जना विद्यार्थीहरूलाई नमूनाका रूपमा समावेस गरिएको छ । आत्म–स्मृति, डायरी, जीवन–कथा, व्यक्तिगत दस्तावेज, अवलोकन, फोटो, सांस्कृतिक अभिलेख, आत्म–संवाद, र संवादलाई तथ्याङ्क सङ्कलनको साधनकाहरूपमा प्रयोग गरिएको छ । तथ्याङ्कको विश्लेषण गर्दा सर्वप्रथम अनुभवहरूको क्रमबद्ध, सजीव र विस्तृत वर्णनबाट प्रारम्भ गरिएको छ । यसमा घटनाको सन्दर्भ, सहभागी, अनुभूति, प्रभाव तथा सामाजिक–शैक्षिक र शक्ति–सम्बन्धी आयामहरू समेटिएका छन् । त्यसपछि आत्म–प्रतिबिम्बात्मक विश्लेषणमार्फत अनुभवको वर्तमान बुझाइ, प्रतिक्रिया, सिकाइ तथा व्यक्तिगत मूल्य–मान्यता र व्यवहारमा परेको प्रभावलाई विश्लेषण गरिएको छ र ती अनुभवहरूको सामाजिक, सांस्कृतिक तथा संस्थागत सन्दर्भसँग सम्बन्धित अर्थ–निर्माण गरेर विद्यालयमा विकसित हुने शक्ति, सम्बन्ध र असमानताको अध्ययन गरिएको छ । यसका अध्ययनले के निष्कर्ष निकालेको छ भने अभावमा आधारित दृष्टिकोणले विद्यार्थीहरूको क्षमता, सम्भावना र आत्मविश्वासलाई कमजोर बनाउँदै असमानता बढाइरहेको छ । वास्तवमा विद्यालय शक्ति सम्बन्ध, प्रभुत्व र सामाजिक असमानताको पुनरुत्पादन गर्ने संरचनाका भएकाले केही विद्यार्थीहरू तिरस्कार, बहिष्करण र उपेक्षाको सिकार भइरहेका छन् । तसर्थ शिक्षाकर्मीहरूले सामाजिक, सांस्कृतिक र संरचनात्मक सन्दर्भसँग जोड्ने क्षमतामा आधारित, सशक्तिकरणमुखी र विद्यार्थी–केन्द्रित दृष्टिकोण अपनाउन आवश्यक देखिएको छ ।

Abstract
0
pdf
0

Downloads

Published

2026-07-01

How to Cite

Shah , R. K. (2026). मेरो भाषा र बुझाइमा रूपान्तरणः मेरो अपरिपक्व चेतनाको अटोएथ्नोग्राफी. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 29(1), 131-144. https://doi.org/10.3126/bns.v29i1.95340

Issue

Section

Articles

How to Cite

Shah , R. K. (2026). मेरो भाषा र बुझाइमा रूपान्तरणः मेरो अपरिपक्व चेतनाको अटोएथ्नोग्राफी. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 29(1), 131-144. https://doi.org/10.3126/bns.v29i1.95340