नेपाली शिक्षकको पेसागत उन्नयनमा वैयक्तिक परिप्रेक्ष्य
Keywords:
पेसागत उन्नयन, शिक्षक तालिम, प्रविधि, स्वाध्ययन, भाषा शिक्षकAbstract
प्रस्तुत लेख नेपाली शिक्षकको पेसागत उन्नयनमा वैयक्तिक परिप्रेक्ष्यसँग आधारित छ । विद्यार्थीलाई ज्ञान सिप, धारणा, सामाजिक मूल्यमान्यता सिकाउने कार्यमा समर्पित व्यक्तिलाई शिक्षक भनिन्छ । शिक्षण सिकाइको प्रभावकारिता, विषयगत ज्ञान, सिप, अनुभव, कार्य दक्षता र सक्षमताले पेसागत उन्नयन गर्न मद्दत गर्छ । नेपाली विषय शिक्षकले गरेकोे पेसागत उन्नयनलाई विश्लेषण गर्न आधारभूत तथा माध्यमिक तहमा अध्यापन गर्ने दुई जना शिक्षककोे अनुभव तथा कार्यलाई असंरचित अन्त्र्वाताका माध्यमबाट प्राप्त तथ्यलाई गुणत्मक विधिको मान्यतामा व्याख्या गरिएको छ । शिक्षक आफू अध्ययनशील हुनु पर्छ । पेसागत क्षमतामा नयाँपन ल्याउन प्रविधिको प्रयोग, तालिम र सहपाठी तथा विज्ञ विद्वानसँगको सहकार्यात्मक सिकाइले पेसागत उन्नयन गर्छ । सहकार्यत्मक सिकाइले सहजीकरणमा सरलता प्रदान गर्ने गर्दछ । जोस जाँगर, तन, मन, वचनले आफूमा रहेको दृढ इच्छाशक्ति लागाएर काम गर्दा पेसामा दक्ष भइन्छ । त्यसैले यस अनुसन्धान लेखमा पेसागत दक्षता, क्षमता, अनुभव, सहभागिता, सद्भाव, उन्नयन, वैयक्तिक भिन्नताले पेसामा प्रभाव पारेको पाइन्छ । त्यसकारण पेसालाई मर्यादित र व्यवस्थित गर्न पेसाकर्मीको भूमिका अहम् रहन्छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.