नेपाली शिक्षाका विद्यार्थीको प्राज्ञिक लेखन अभ्यासको स्थिति

Authors

  • Shakti Raj Nepal

Keywords:

प्राज्ञिक लेखन, गोष्ठीपत्र, कृतिसमीक्षा, शोधप्रस्ताव, सर्वेक्षण

Abstract

प्रस्तुत लेख नेपाली शिक्षाका विद्यार्थीहरूको प्राज्ञिक लेखन अभ्यासको वर्तमान अवस्थाको अध्ययनमा केन्द्रित छ । उच्च शिक्षामा प्राज्ञिक लेखनलाई ज्ञान निर्माण, वैचारिक अभिव्यक्ति र अनुसन्धेय सक्षमताको मूल आधारका रूपमा लिइने भएकाले नेपाली शिक्षा विषय अध्ययन गर्ने स्नातकोत्तर तहका विद्यार्थीहरूको लेखन अभ्यासको सर्वेक्षण गर्नु यस अध्ययनको प्रमुख समस्या र उद्देश्य रहेको छ । परिमाणात्मक अध्ययन  ढाँचाअन्तर्गत व्याख्यात्मक सर्भे विधि अपनाई यसमा बहुवैकल्पिक प्रश्नावलीमार्फत तथ्याङ्क सङ्कलन गरिएको छ । बहुस्तरीय क्षेत्रगत नमुनाका आधारमा आङ्गिक, सामुदायिक र संस्थागत क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तेस्रो सेमेस्टरका २७० जना विद्यार्थीलाई यस अध्ययनमा छनौट गरिएका छन् । त्यस जनसङ्ख्यालाई स्लोभिनको सूत्रानुसार गणना गर्दा अनि प्रतिक्रियाको अनुपलब्धताको प्रवृत्ति १०% राख्दा २०० जना नमुना छनोटमा परेका छन् । जम्मा १३ ओटा प्रश्नमा  आधारित प्रश्नावलीमार्फत गोष्ठीपत्र लेखन, कृतिसमीक्षा लेखन, शोधप्रस्ताव लेखन तथा अन्य प्राज्ञिक लेखनलाई आश्रित चरका रूपमा लिई विद्यार्थीको लैङ्गिक पृष्ठभूमि, भाषिक प्रष्ठभूमि र क्याम्पसको प्रकृतिका आधारमा विश्लेषण गरिएको छ । अधिकांश विद्यार्थी शोधप्रस्ताव लेखनमा बढी अभ्यस्त देखिएका छन् भने गोष्ठीपत्र तथा अन्य लेखन अभ्यासमा अपेक्षाकृत न्यून संलग्नता पाइन्छ । छात्रा, एकभाषी र आङ्गिक क्याम्पसका विद्यार्थीमा शोधप्रस्ताव लेखनको अभ्यास बढी देखिएको छ । काइस्क्वाएर परीक्षणका अनुसार लैङ्गिक पृष्ठभूमिले प्राज्ञिक लेखन अभ्यासमा प्रभाव पार्ने देखिएको छ । त्यसले लेखन अभ्यासमा असमानता र एकरूपताको कमी जनाउँछ । यस लेखले नेपाली शिक्षाका विद्यार्थीमा प्राज्ञिक लेखनको अभ्यास सुदृढ गर्न संरचित अभ्यास, नमुना लेखन, कक्षाशिक्षण र सरोकारवालाको सहभागितामा आधारित मार्गनिर्देशनको आवश्यकतालाई  औँल्याएको छ ।

Abstract
0
pdf
0

Downloads

Published

2026-07-01

How to Cite

Nepal , S. R. (2026). नेपाली शिक्षाका विद्यार्थीको प्राज्ञिक लेखन अभ्यासको स्थिति. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 29(1), 107-120. https://doi.org/10.3126/bns.v29i1.95337

Issue

Section

Articles

How to Cite

Nepal , S. R. (2026). नेपाली शिक्षाका विद्यार्थीको प्राज्ञिक लेखन अभ्यासको स्थिति. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 29(1), 107-120. https://doi.org/10.3126/bns.v29i1.95337