नेपाली मातृभाषी मगर विद्यार्थीको पुख्र्यौली भाषा सिकाइ
Keywords:
पहिलो भाषा, पुख्र्यौली भाषा, भाषाको संवर्धन, भाषा सिकाइ, भाषिक व्यवस्था, मातृभाषाAbstract
नेपालमा भाषा जातीय पहिचानको आधार मानिए पनि कतिपय समुदायका मानिसले मातृभाषाको प्रयोग नगरी दोस्रो भाषालाई मातृभाषाका रूपमा प्रयोग गर्दै आएको पाइन्छ । यस अध्ययनमा नेपाली भाषा पहिलो भाषाका रूपमा सिकेका मगर विद्यार्थीको पुख्र्यौली भाषा सिकाइ प्रव्रिmयालाई अध्ययनको मुख्य उद्देश्य मानिएको छ । कास्की जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने मगर समुदायका विद्यार्थी पठनपाठन गर्ने विद्यालयलाई अध्ययन क्षेत्र बनाइएको छ । गुणात्मक अनुसन्धानको घटनाव्रिmयात्मक विधिलाई अवलम्बन गरी अध्ययन पूरा गरिएको छ । परिवारमा मगर मातृभाषा नबोलिँदा नेपाली भाषा दोस्रो भाषा मानेका मगर समुदायका बालबालिकाको पुख्र्यौली भाषा सिकाइ अवस्था पहिचानका लागि दुई जना शिक्षक र चार जना विद्यार्थीसँग कुराकानी गरिएको छ । शिक्षक र विद्यार्थीसँगको कुराकानीलाई लिप्यन्तरण गरी मुख्य सार निर्माण पश्चात् त्यसकै आधारमा तथ्यको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यसमा मगर विद्यार्थीको पुख्र्यौली भाषा सिकाइको अवस्था, मगर विद्यार्थीको नेपाली भाषा सिकाइ, शिक्षण सिकाइमा नेपाली र पुख्र्यौली मगर भाषाको सम्बन्ध, पुख्र्यौली मगर भाषा सिकाइमा नेपाली भाषाको उपयोगिता र पुख्र्यौली मगर भाषा सिकाइका चुनौती र समाधानका उपायलाई मुख्य सार मानी तिनको विश्लेषण गरिएको छ । कक्षा एकबाट मगर भाषा पढेका विद्यार्थीहरू कक्षा चारपाँचमा आइपुग्दा पुख्र्यौली मगर भाषामा पढ्न र बोल्न दक्ष बन्दै गएका छन् । नेपाली भाषा पहिलो भाषाका रूपमा प्रयोग गरिए पनि मगर भाषाको अध्ययन रुचिपूर्णं भएको तथा विद्यार्थीको दोस्रो भाषा सिकाइमा पहिलो भाषाका शाब्दिक ज्ञान र धारणाले सहयोग गरेको छ । मगर भाषाको संरक्षण र संवर्धनका लागि यसको पठनपाठन अनिवार्य रहेको तथ्य प्राप्त भएको छ । यस लेखले पुख्र्यौली भाषा र मातृभाषाबिचको सिकाइ अवस्था पहिचान गरी सोही अनुरुप शिक्षण सिकाइ कार्यकलाप सञ्चालनमा सहयोग गर्दछ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.