नेपाली भाषा कक्षाका मौखिक सङ्कथनमा विद्यार्थी सहभागिता
Keywords:
कथन, भाषिक स्तर, मौखिक सङ्कथन, लिप्यन्तरण, समूह स्वर, सहभागिताAbstract
मौखिक सङ्कथनको विषय व्याप्ति विभिन्न क्षेत्रमा विस्तार भएको छ । यसमध्ये नेपाली भाषा कक्षाका मौखिक सङ्कथन एउटा अध्ययनीय क्षेत्र मानिन्छ । प्रस्तुत लेख नेपाली भाषा कक्षाका मौखिक सङ्कथनमा विद्यार्थी सहभागिता खोजी गर्ने उद्देश्यमा केन्द्रित छ । गुणात्मक अनुसन्धानमा आधारित यस लेखमा कक्षा नौका नेपाली भाषा कक्षा अवलोकन गरी अडियो रेकर्ड गरी तथ्यहरू सङ्कलन गरिएको छ । तथ्यहरूको गहन अध्ययन, तिनको लिप्यन्तरण गरेपछि मौखिक सङ्कथन विश्लेषणको सिद्धान्त र भाषा शिक्षण सिद्धान्तका आधारमा आगमनात्मक पद्धति अवलम्बन गरी तथ्यहरूको विश्लेषण गरिएको छ । जसमा मौखिक सङ्कथन प्रयोगमा विद्यार्थीहरूको पूर्ण सहभागिता नरहेको, सहभागी भएका विद्यार्थीले प्रयोग गरेका अभिव्यक्तिहरू पनि सङ्कथनात्मक दृष्टिले पूर्ण कथनका रूपमा प्रस्तुत नभएका, सहभागी विद्यार्थीहरूमध्ये निश्चित लहर, बेन्च, भाषिक स्तर भएका विद्यार्थीहरू र लिङ्गका दृष्टिले छात्राहरूको सहभागिता मात्र उच्च रहँदा अन्य सबै विद्यार्थीहरू कमजोर रहेका तथा समय उपयोगका दृष्टिले ‘ख’ भन्दा ‘क’ कक्षा अझ कमजोर रहेको पाइएकाले मौखिक सङ्कथन प्रयोगमा प्रतिनिधिमूलक सहभागिता नरहेको प्रस्ट खुल्दछ । मौखिक सङ्कथन उपयोगको यस स्थितिले अपेक्षित रूपमा बोलाइ सिप विकास गर्न टेवा पु¥याएको छैन । यसो हुनुमा मौखिक सङ्कथन उपयोगमा विद्यार्थीहरूलाई प्रेरित नगरिएको, कक्षामा शिक्षक नै बढी सक्रिय भइराखेको, मौखिक सङ्कथन प्रयोगका लागि उचित वातावरण व्यवस्थापनमा पनि कमी रहेको, मौखिक सङ्कथनको विषय व्याप्ति बढाउन सहकार्यकलापहरूको आयोजना नगरिएको, विद्यार्थीको अभ्यासमा कमी रहेकोे र अन्ततः भाषिक अभिव्यक्तिको आधारभूत बोलाइ सिप विकासमा आघात परेको अनुसन्धानको निष्कर्ष रहेको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.