धुलिखेल जान्नौ? कथामा आन्तरिक केन्द्रीय दृष्टिविन्दुगत पद्धति र यसको शैक्षणिक महत्त्व

Authors

  • Tribhuwan Barai

Keywords:

अर्थसापेक्ष, चरमोत्कर्ष, दृष्टिविन्दुपात्र, सङ्कटावस्था, समाख्याता

Abstract

प्रस्तुत लेखमा आन्तरिक केन्द्रीय दृष्टिविन्दुको सैद्धान्तिक पर्याधारको केन्द्रीयतामा मञ्जु काँचुलीद्वारा लिखित ‘धुलिखेल जान्नौ ?’ कथाको अध्ययन गरिएको छ । उक्त कथामा आन्तरिक केन्द्रीय दृष्टिविन्दुका केकस्ता पद्धतिहरूको प्रयोग गरिएको छ भन्ने जिज्ञासाको परिपूर्ति गर्नाका निम्ति यो लेख तयार पारिएको हो । आन्तरिक केन्द्रीय दृष्टिविन्दुको सैद्धान्तिक पर्याधारलाई आधार मानी प्राथमिक एवम् द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको यस लेखमा गुणात्मक अनुसन्धान ढाँचा र पाठविश्लेषणात्मक शोधविधि अपनाइएको छ । स्वकथनात्मक संलग्न समाख्याता, कथानकनिर्मितिमा प्रथम पुरुष पात्रीय पद्धति, पात्रविधानमा प्रथम पुरुष पात्रीय पद्धति तथा सारवस्तुको प्रस्तुतीकरण र बोधको माध्यममा प्रथम पुरुष पात्रीय पद्धति गरी चारओटा सूचकका केन्द्रीयतामा प्रस्तुत कथाको विश्लेषण यस लेखमा गरिएको छ । यस अध्ययनबाट प्रथम पुरुषीय पात्रको केन्द्रीयतामा कथाका समाख्याता, कथानक, पात्र, सारवस्तुजस्ता पक्षहरूको विधान गर्ने पद्धतिको अनुसरणमा निर्मित प्रस्तुत कथा लघु, सुगठित, दुःखान्तक र प्रभावान्वितिपूर्ण बनेको एवम् यस्तो आन्तरिक केन्द्रीय दृष्टिविन्दुगत पद्धतिको प्रयोग गर्ने विशिष्ट सिर्जनात्मक सामथ्र्य कथाकार मञ्जु काँचुलीमा रहेको सार प्राप्त भएको छ । यसैगरी यस शोधलेखले विद्यार्थी र प्राध्यापकलाई आख्यानात्मक कृतिको अध्ययनअध्यापनलाई सहज तुल्याउने, स्रष्टालाई प्रथम पुरुषीय पात्रको केन्द्रीयतामा कथा रचना गर्ने, समालोचक र अध्ययनकर्तालाई कथा र उपन्यासको मूल्य पहिल्याउने, पाठकलाई कृतिको संरचनात्मक र सारवस्तुगत पक्षको आस्वादन गर्ने कार्यमा सघाउने सार पनि यस अध्ययनबाट प्राप्त भएको छ । त्यसैगरी प्रथम पुरुषीय समाख्याता भई प्रथम पुरुषीय पात्रलाई केन्द्रमा राखी अभिव्यक्ति दिने तथा त्यस्तो अभिव्यक्तिलाई सहजतासाथ बोध गर्ने सामथ्र्यको अभिवृद्धिमा विद्यार्थीलाई सघाउने भएकाले यस अध्ययनको शैक्षणिक महŒव रहेको सार पनि यस शोधलेखबाट प्राप्त गरिएको छ ।

Abstract
0
pdf
0

Downloads

Published

2026-07-01

How to Cite

Barai , T. (2026). धुलिखेल जान्नौ? कथामा आन्तरिक केन्द्रीय दृष्टिविन्दुगत पद्धति र यसको शैक्षणिक महत्त्व. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 29(1), 55-68. https://doi.org/10.3126/bns.v29i1.95332

Issue

Section

Articles

How to Cite

Barai , T. (2026). धुलिखेल जान्नौ? कथामा आन्तरिक केन्द्रीय दृष्टिविन्दुगत पद्धति र यसको शैक्षणिक महत्त्व. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 29(1), 55-68. https://doi.org/10.3126/bns.v29i1.95332