झापामा नेत्र पर्यटन र शिक्षाः संभावना, चुनौती र आयामहरुको विश्लेषण
Keywords:
नेत्र पर्यटन, नेत्र शिक्षण, स्वास्थ्य पर्यटन, आँखा अस्पताल, आँखाको लेन्सAbstract
नेत्र पर्यटन (Eye Tourism) स्वास्थ्य पर्यटनको एक उदाउँदो क्षेत्र हो, जसले गुणस्तरीय तथा सुलभ नेत्र उपचार सेवासँगै पर्यटन गतिविधिलाई पनि जोड्ने कार्य गर्दछ। नेपालमा विशेषगरी तिलगंगा cfvf प्रतिष्ठान, नेपाल cfvf ज्योति संघ तथा मेची cfvf अस्पताल जस्ता संस्थाहरूको योगदानले नेत्र उपचार सेवाले अन्तर्राष्ट्रिय पहिचान प्राप्त गरेको छ । यस अध्ययनको मुख्य उद्देश्य झापा जिल्लामा नेत्र पर्यटन तथा नेत्र शिक्षणको सम्भावनाको विश्लेषण गर्नु हो । अध्ययनमा गुणात्मक अनुसन्धान विधि प्रयोग गरी cfvf अस्पतालका चिकित्सक, व्यवस्थापक, पर्यटन व्यवसायी, होटल व्यवसायी तथा सेवाग्राहीहरूसँग अन्तर्वार्ता लिइएको छ । साथै सम्बन्धित प्रतिवेदन, प्रकाशन तथा दस्तावेजहरूको समीक्षा गरिएको छ । अध्ययनबाट झापा जिल्ला नेत्र उपचार सेवाको दृष्टिले पूर्वी नेपालको महत्वपूर्ण केन्द्रका रूपमा विकसित भइरहेको देखिएको छ । मेची आँखा अस्पताल सहित झापाको बिर्तामोड, काँकडभिट्टा, दमक सहित जिल्लाभरका अस्पताल र उपचार केन्द्रले भारत, बङ्गलादेश र भुटानबाट आउने बिरामीलाई सेवा प्रदान गरिरहेका छन्, जसले स्वास्थ्य पर्यटनको विस्तारमा टेवा पु¥याएको छ। नेत्र पर्यटनले स्थानीय अर्थतन्त्रमा रोजगारी सिर्जना, होटल तथा यातायात व्यवसायको प्रवद्र्धन, विदेशी मुद्रा आर्जन तथा सामाजिक–सांस्कृतिक अन्तरक्रियामा सकारात्मक प्रभाव पारेको पाइयो। साथै नेत्र विशेषज्ञ, अप्टोमेट्रिस्ट, नर्स तथा प्राविधिक जनशक्ति उत्पादनका लागि शिक्षण संस्थाको स्थापना गर्ने पर्याप्त सम्भावना रहेको देखिएको छ । यद्यपि पूर्वाधार विकास, नीतिगत सहजीकरण, अन्तर्राष्ट्रिय प्रचार–प्रसार तथा दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा थप सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ । उपयुक्त नीति, लगानी र संस्थागत समन्वयमार्फत झापालाई दक्षिण एसियाकै महत्वपूर्ण नेत्र पर्यटन तथा नेत्र शिक्षण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना अध्ययनले औँल्याएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.