ग्रामीण विद्यालयमा पूर्वीय अभ्यासको शैक्षिक प्रभाव
Keywords:
ग्रामीण विद्यालय शिक्षा, ध्यान र शिक्षा, पूर्वीय अभ्यास, शिक्षकविद्यार्थी सम्बन्धAbstract
प्रस्तुत अध्ययन कालीगण्डकी गाउँपालिका, गुल्मीका ग्रामीण विद्यालयमा पूर्वीय अभ्यासको शैक्षिक प्रभावको विश्लेषणमा केन्द्रित छ । जीवनोद्धार माध्यमिक विद्यालय (कालीगण्डकी–४, पुर्तिघाट) र भगवती माध्यमिक विद्यालय (कालीगण्डकी–२, अर्बेनी) लाई अध्ययन क्षेत्रका रूपमा चयन गरी ध्यान, नैतिक शिक्षा तथा गुरुशिष्य परम्परामा आधारित शिक्षण अभ्यासले सिकाइ प्रक्रियामा पारेको प्रभावको अध्ययन गरिएको छ । अध्ययनमा गुणात्मक अनुसन्धान विधि अपनाई अन्तरर्वार्ता, कक्षाअवलोकन तथा दस्तावेज अध्ययनमार्फत तथ्यसङ्कलन गरिएको छ । अध्ययनका नतिजाले पूर्वीय अभ्यासको प्रयोगले विद्यार्थीको एकाग्रता, आत्मअनुशासन र सकारात्मक व्यवहारमा सुधार ल्याएको देखाएका छन् । शिक्षकविद्यार्थी सम्बन्धमा विश्वास र आत्मीयता वृद्धि भएको तथा कक्षाको वातावरण शान्त, समावेशी र सहयोगात्मक बनेको छ । नैतिक तथा मूल्यमा आधारित शिक्षाले विद्यार्थीको सामाजिक व्यवहार र जिम्मेवारीबोध विकास गर्न सहयोग पुर्याएको देखिन्छ । यद्यपि समय व्यवस्थापन र तालिम अभावजस्ता चुनौती देखिए पनि अभ्यासप्रतिको स्वीकार्य क्रमशः बढ्दै गएको पाइयो । समग्रमा, अध्ययनले पूर्वीय अभ्यासलाई धार्मिक आस्थाभन्दा सार्वभौम मानवीय मूल्यका रूपमा प्रस्तुत गर्दै आधुनिक ग्रामीण विद्यालय शिक्षामा समायोजन गर्न सके शैक्षिक गुणस्तर र सिकाइ प्रभावकारितामा उल्लेखनीय सुधार सम्भव रहेको निष्कर्ष दिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.