'एक्काइसौँ शताब्दी सिप' संयोजनका दृष्टिले कक्षा १-३ को नेपाली भाषा पाठ्यक्रम
Keywords:
एक्काइसौँ शताब्दी सिप, नेपाली पाठ्यक्रम, व्यवहारकुशल सिप, सक्षमता, सिकाइ उपलब्धिAbstract
प्रस्तुत लेख कक्षा १-३ को एकीकृत पाठ्यक्रम (२०७६) मा समाविष्ट एक्काइसौँ शताब्दी सिप अर्थात् व्यावहारकुशल सिपहरूका आधारमा उक्त तहको नेपाली भाषा पाठ्यक्रममा समावेश भएका सक्षमता तथा सिकाइ उपलब्धिको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यसमा गुणात्मक प्रलेख विश्लेषण विधि, उद्देश्यपूर्ण नमुना छनोट अनि विश्लेषण तालिकाबाट सामग्री सङ्कलन गरी विभिन्न थिमहरू निर्माण तथा विश्लेषणपश्चात् निष्कर्षमा पुगिएको छ । एक्काइसौँ शताब्दी सिपहरूलाई व्यवहारकुशल सिपका रूपमा समावेश गरिएको छ । पाठ्यक्रममा नवप्रवर्तनात्मक, विश्व तथा स्थानीय संयोजन जस्ता महत्त्वपूर्ण एक्काइसौँ शताब्दी सिपहरू समावेश हुन सकेका छैनन् । व्यवहारकुशल सिप संयोजनका दृष्टिले पाठ्यक्रमका तहगत सक्षमता र सिकाइ उपलब्धिहरू पर्याप्त र सन्तुलित देखिँदैनन् । सक्षमताहरू सोचाइ सिप र अन्तरवैयक्तिक सिपसँग मात्र सम्बन्धित रहेका अनि वैयक्तिक सिप, सूचना प्रविधि तथा बहुसाक्षरता सिप र नागरिक सिप विकासका सक्षमताहरूको अभाव रहेको हुँदा व्यवहारकुशल सिप सन्तुलनका दृष्टिले पाठ्यक्रम सन्तुलित र सबल बन्न सकेको छैन । त्यस्तै पाठ्यक्रम निर्दिष्ट व्यवहारकुशल सिपसँग समग्र सिकाइ सक्षमता र उपलब्धिका बिचमा न्यून तालमेल रहेको निष्कर्ष प्राप्त भएको छ । पाठ्यक्रमका व्यवहारकुशल सिप र नेपाली भाषा पाठ्यक्रमका सिकाइ उपलब्धिबिच पनि अति कम तालमेल देखिन्छ । नेपाली भाषा सिकाइमा केन्द्रित गरी व्यवहारकुशल सिप निर्धारण र तिनको आधारमा सक्षमता तथा सिकाइ उपलब्धि तय गर्न सकेमा मात्र एक्काइसौँ शताब्दी सिप सन्तुलनका दृष्टिले नेपाली भाषा पाठ्यक्रम सबल बन्न सक्ने देखिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 The Author(s)

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.