आशमाया उपन्यासमा सबाल्टर्न चेतना र प्रतिरोधी स्वर

Authors

  • Gopalbabu Marahaththa

Keywords:

सामन्तवाद, प्रतिरोध चेत, प्रभुत्व, क्रान्तिचेतना, पहिचान र प्रतिनिधित्त्व

Abstract

यस अध्ययनमा आशमाया उपन्यासमा पञ्चायतकालीन सामन्तवादी सत्ताले अङ्गीकार गरेको सीमान्तीकृत वर्ग विरोधी विचारका विरुद्ध विकास भएको प्रतिरोध चेतनाको विवेचना गरिएको छ । आशमाया प्रगतिवादी चिन्तनधाराका प्रभावबाट तयार भएको उपन्यास हो । प्रस्तुत अध्ययन यस उपन्यासकी मुख्य नारी पात्र आशमायामा विकास भएको प्रभुत्वका विरुद्ध प्रतिप्रभुत्वको चेतना र प्रतिरोधी आवाजको विश्लेषणमा केन्द्रित छ । यस अध्ययनमा मूलसमस्या निरूपणका लागि पाठविश्लेषणकेन्द्री गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । शासक वर्गको दमनकारी शक्तिको प्रभावबाट सृजित विभेद र त्यसको प्रभावका विरुद्ध नारी सबाल्टर्नमा विकास भएको चेतना र प्रतिरोधको स्वर सशक्त बनेको छ । पुरुषप्रधान सामन्ती राज्यसत्ताको मारमा परेका अधिकारविहीन वर्ग र तत्कालीन समाजको परिवेशको प्रस्तुति भएको प्रमाणका आधारमा प्रतिरोध चेतनाको विमर्शका दृष्टिले यो सामग्री अध्ययनीय रहेको छ । उपन्यासको केन्द्रमा पञ्चायती व्यवस्था तथा उत्पीडित वर्गको भूमिकामा प्रतिरोधी चेतना भएका नारी पात्रको उपस्थिति छ । प्रस्तुत लेखमा सीमान्त नारीसमुदायले भोग्नुपरेका जटिलता, आरोह अवरोहका गति, यातना, दमन र पीडाभित्रबाट नारीसमुदायमा विकास भएको युगान्तकारी चेतनाको विश्लेषण गरिएको छ । वर्गीय, लैङ्गिक र जातीय विभेदको चित्रण भएको यस उपन्यासमा व्यवस्था परिवर्तन भएपछि पनि नारीहरूले भोग्नुपरेका जटिलता र उनीहरूमा विकास भएको क्रान्तिचेतना सशक्त बनेको निष्कर्ष निकालिएको छ ।

Abstract
0
pdf
0

Downloads

Published

2026-07-01

How to Cite

Marahaththa , G. (2026). आशमाया उपन्यासमा सबाल्टर्न चेतना र प्रतिरोधी स्वर. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 29(1), 1-16. https://doi.org/10.3126/bns.v29i1.95328

Issue

Section

Articles

How to Cite

Marahaththa , G. (2026). आशमाया उपन्यासमा सबाल्टर्न चेतना र प्रतिरोधी स्वर. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 29(1), 1-16. https://doi.org/10.3126/bns.v29i1.95328