शिक्षण पेसामा सन्तुष्टि र शैक्षिक गुणस्तरको विश्लेषण : नेपालका सामुदायिक विद्यालय शिक्षकको अध्ययन {An Analysis of Satisfaction and Educational Quality in the Teaching Profession: A Study of Community School Teachers in Nepal}

Authors

  • सुरेन्द्र Surendra घिमिरे Ghimire त्रि.वि., वीरेन्द्र बहुमुखी क्याम्पस, चितवन

Keywords:

पेसागत सन्तुष्टि, मनोवैज्ञानिक सन्तुष्टि, शारीरिक सन्तुष्टि, सामाजिक सन्तुष्टि

Abstract

कार्यसन्तुष्टि, कार्यको गुणस्तर, र व्यक्तिको मनोवैज्ञानिक स्वस्थताका बिचमा सकारात्मक सम्बन्ध हुन्छ । विद्यालय तहको शिक्षाको गुणस्तर न्यून रहेको अवस्थामा शिक्षकहरूको पेसागत सन्तुष्टिको अवस्था पहिचान गर्ने उद्देश्यले यो अध्ययन गरिएको थियो । आवश्यकता परिपूर्ति भएपछि पेसागत सन्तुष्टि मिल्ने भएकाले यसलाई मास्लोको सोपान सिद्धान्त अनुसार तीन तहमा मापन गरिएको थियो । शिक्षकको पेसागत विकासको उच्चतम अवस्थासंग निजको पेसागत आत्मसन्तुष्टि र आत्मअनुभूति एकाकार हुन्छ भन्ने मान्यताका आधारमा स्वःमापन बनाएर चितवन जिल्लाका सामुदायिक विद्यालयका २०० जना शिक्षकको पेसागत सन्तुष्टिको मापन लाइकर्ट स्केलमा तयार पारिएका प्रश्नावलीमार्फत गरियो । शिक्षण पेसाबाट भौतिक, शारीरिक, सामाजिक, मनोवैज्ञानिक र वैचारिक गरी तीन तहका सन्तुष्टिहरूलाई छुट्टाछुट्टै मापन गरी तुलना गर्दा शारीरिक सन्तुष्टि न्यून, सामाजिक सन्तुष्टि मध्यम र मनोवैज्ञानिक सन्तुष्टि उच्च रहेको पाइयो । सामुदायिक विद्यालयको विद्यार्थीको सिकाइ सक्षमता वा गुणस्तर न्यून रहेको अवस्थामा शिक्षकहरू आफ्नो पेसागत विचार र कार्यसम्पादनमा उच्च सन्तुष्टि रहेकाले असंगति देखाउŖछ । यसबाट शिक्षकले पेसागत विकास र उत्तरदायित्व नै वुझेका छैनन् वा स्वःमापनमा मिथ्या तथ्यको प्रभाव परेको छ भन्ने देखिन्छ । यस अध्ययनमा शिक्षकको पेसागत सन्तुष्टिको मात्रालाई उनीहरूको यौनिकता, उमेर र शैक्षिक योग्यतासंग सम्बन्धित गरी अध्ययन गर्दा महिला शिक्षक पुरुषभन्दा बढी सन्तुष्ट रहेको पाइयो भने शिक्षकको उमेर बढ्दै जाँदा पेसागत सन्तुष्टिको मात्रा न्यून हुँदै गएको देखियो भने शिक्षकको पेसागत सन्तुष्टि ल्याउनमा शैक्षिक योग्यताको अर्थपूर्ण भूमिका देखिएन ।

Abstract
207
PDF
0

Downloads

Published

2023-11-20

How to Cite

घिमिरे Ghimire स. S. (2023). शिक्षण पेसामा सन्तुष्टि र शैक्षिक गुणस्तरको विश्लेषण : नेपालका सामुदायिक विद्यालय शिक्षकको अध्ययन {An Analysis of Satisfaction and Educational Quality in the Teaching Profession: A Study of Community School Teachers in Nepal}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 25(1), 220-241. https://nepjol.info/index.php/bns/article/view/59991

Issue

Section

Articles

How to Cite

घिमिरे Ghimire स. S. (2023). शिक्षण पेसामा सन्तुष्टि र शैक्षिक गुणस्तरको विश्लेषण : नेपालका सामुदायिक विद्यालय शिक्षकको अध्ययन {An Analysis of Satisfaction and Educational Quality in the Teaching Profession: A Study of Community School Teachers in Nepal}. Bikasko Nimti Shiksha (विकासको निम्ति शिक्षा), 25(1), 220-241. https://nepjol.info/index.php/bns/article/view/59991