मैथिली मातृभाषी विद्यार्थीले नेपाली सिकाइमा गर्ने त्रुटिप्रति शिक्षकको दृष्टिकोण
DOI:
https://doi.org/10.3126/bmcrj.v4i1.80145Keywords:
त्रुटि, व्याकरणिककोटि, भाषिक वातावरण, अभ्यास, अन्तरक्रियाAbstract
त्रुटि विश्लेषण सिद्धान्तका आधारमा पहिलो मातृभाषी विद्यार्थीले दोस्रो भाषा सिकाइको क्रममा गर्ने त्रुटि व्याकरणिककोटि र उच्चारणगत त्रुटि क्षेत्रसँग सम्बन्धित रहेको छ । सामुदायिक विद्यालयमा नेपाली विषय अध्यापन गराउने दक्ष र अनुभवी शिक्षकहरूको अन्तर्वार्ताबाट मैथिली मातृभाषी विद्यार्थीहरूलाई नेपाली विषय शिक्षण गर्दा विद्यार्थीहरूले गर्ने त्रुटि पहिचान गरी त्रृटि सुधारका उपाय समेत विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक अनुसन्धानमा आधारित उद्देश्यमूलक तरिकाबाट नमुना छनोट गरिएको छ । प्राथमिक स्रोतका रूपमा अनुभवी शिक्षकबाट असंरचित खुल्ला प्रश्नावली निर्माण गरी र केही खुल्ला प्रश्न सोधी स्थलगत अध्ययन विधिबाट अन्तर्वार्ता लिई सामग्री सङ्कलन गरिएको छ । उक्त सामग्रीलाई कोडीकरण गरी थिमेटिक तरिकाबाट विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । मैथिली मातृभाषी विद्यार्थीहरूले नेपाली भाषामा व्याकरणिक कोटिगत त्रुटि र उच्चारण गर्दा वर्णगत त्रुटि गरिएको छ । घरपरिवार, साथीभाइको सङगत र सामुदायिक भाषिक वातावरणले प्रत्यक्ष प्रभाव परेको कारण सिकाइमा त्रुटि गर्छन् र त्रुटिले गर्दा उनीहरूको सिकाइ्रप्रतिको रुचि पनि घटेको छ । ती त्रुटिहरू न्यूनीकरण गर्नको निम्ति शुद्ध उच्चारण अभ्यासको आवश्यकता देखिन्छ । उच्चारणमा वर्णगत समस्या, जस्तै ः धर्मलाई धर्म्, विराटनगरलाई विलाटनगर आदि जस्ता समस्या र व्याकरणिककोटिगत समस्याहरूलाई पनि अभ्यासबाट नै निराकरण गर्न सकिन्छ । यी त्रुटिहरू हटाउनको लागि नेपाली भाषिक वातावरणको सिर्जना गरी साहित्यिक अन्तरक्रिया, गोष्ठीमा भाग लिई लेख, रचना र पत्रपत्रिकाहरू अध्ययन गर्नु नितान्त आवश्यक देखिन्छ । यस अध्ययनले दोस्रो भाषा सिकाइको निम्ति अति नै उपयोगी रहेको देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.