उच्च तहमा साहित्यशास्त्र शिक्षणका विधिको उपयोग
DOI:
https://doi.org/10.3126/bmcrj.v4i1.80144Keywords:
आलोचनात्मक दृष्टिकोण, कलापक्ष, समालोचना प्रणाली, समीक्षणात्मक कृतिAbstract
सृजनात्मक कृति कला हो । कृतिको शिल्प, तŒव र प्रयोजनको विवेचना गर्ने ग्रन्थ कलाशास्त्र हो ।
त्यसैले काव्य वा साहित्य कला हो र त्यसको सम्बन्धमा सूक्ष्म विचार गर्ने समीक्षणात्मक कृतिलाई
साहित्यशास्त्र भनिन्छ । प्रस्तुत लेखको उद्देश्य उच्च तहमा साहित्यशास्त्र शिक्षणप्रति शिक्षकका
अनुभव पहिचान गरी विश्लेषण गर्नु रहेको छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित यस लेखमा
रुपन्देही जिल्लाका पाँचओटा क्याम्पसमा नेपाली अध्यापन गर्ने दशजना शिक्षकहरूलाई सहभागीका
रूपमा लिइएको छ । यसका निम्ति निर्दिष्ट शिक्षकसँग अन्तरवार्ताद्वारा तथ्य सङकलन गरिएको छ ।
यस कार्यका लागि द्वितीयक स्रोतका रूपमा पुस्तकालयीय कार्यबाट सैद्धान्तिक सामग्री सङकलन
गरी उक्त तथ्यहरूको विश्लेषण गरिएको छ । शिक्षकले बताएअनुसार साहित्यशास्त्र शिक्षणलाई
भाषाशिक्षण तथा साहित्यशास्त्र सम्बद्घ विषयवस्तुको सिकाइसँग जोडनु आवश्यक छ । विद्यार्थीका
शैक्षिक तथा मनोवैज्ञानिक स्तरअनुसार समयसापेक्ष हुने गरी विषयवस्तु छनोट र स्तरण गर्नुपर्दछ ।
यस अध्ययनमा कक्षाको परिस्थिति, साहित्यशास्त्र सम्बद्घ विषयवस्तुको गहनता तथा विद्यार्थीका
स्तरलाई दृष्टिगत गरी एक वा बढी शिक्षण विधि अँगाल्न सकिने शिक्षकका अनुभव रहेको निचोड
निकालिएको छ । त्यसैले यो अध्ययन शिक्षक, विद्यार्थी, साहित्यप्रेमी तथा पाठकवर्गलाई उपयोगी हुने
अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.