आन्तरिक मूल्याङ्कनले सिकाइ उपलब्धिमा पारेको प्रभाव
DOI:
https://doi.org/10.3126/bmcrj.v4i1.80140Keywords:
आधारभूत, निरन्तर, मूल्याङ्कन, सिकाइ, उपलब्धिAbstract
विद्यार्थीको सिकाइ उपलब्धि मापन गर्नका लागि अपनाइने कार्यकलाप आन्तरिक मूल्याङ्कन हो । यसले विद्यार्थीको सिकाइ स्तर मापन गर्न सहयोग गर्छ । आधारभूत तहमा हुने आन्तरिक मूल्याङ्कनले विद्यार्थीको सिकाइ उपलब्धिमा पार्ने प्रभावको विश्लेषण गर्नु अध्ययनको उद्देश्य हो । अध्ययन गुणात्मक अनुसन्धान ढाँचामा आधारित छ । प्राथमिक स्रोत सामग्रीमा कैलाली जिल्लाको टीकापुर नगरपालिकाभित्रका नमुना छनोटमा परेका दसवटा विद्यालयबाट प्रति विद्यालय छजनाका दरले जम्मा साठीजना सूचक लिई प्रश्नावली र अन्तर्वार्ताका माध्यमबाट सामग्रीको सङ्कलन गरिएको छ भने द्वितीयक स्रोत सामग्रीमा पुस्तकालय अध्ययन कार्यको प्रयोग गरी विभिन्न सन्दर्भपुस्तक, जर्नल, अनुसन्धानमूलक लेख, पत्रपत्रिका आदिबाट सामग्री सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीलाई वर्णनात्मक पद्धति अवलम्बन गरी निष्कर्ष निकालिएको छ । विद्यालयका प्रधानाध्यापक, नेपाली भाषा शिक्षक र विद्यार्थीहरूलाई विद्यालयको आधारभूत तहमा हुने आन्तरिक मूल्याङ्कनले विद्यार्थीको सिकाइ उपलब्धिमा पारेको प्रभावबारे सूचकलाई प्रश्न सोधी उनीहरूले दिइएका अभिमतको सार विश्लेषण विधिका आधारमा विश्लेषण गरिएको छ । सूचकले दिएका अभिमतका आधारमा सबैजसो विद्यालयमा आन्तरिक मूल्याङ्कन हुने गरेको पाइएको छ । आन्तरिक मूल्याङ्कन हुने विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पारेको र आन्तरिक मूल्याङ्कन नहुने विद्यालयमा सोचेजस्तो विद्यार्थीको शैक्षिक उपलब्धि बढाउन नसकेको कुरा प्रस्तुत अध्ययनबाट स्पष्ट भएको छ । विद्यालय प्रशासन (प्रधानाध्यापक) र विद्यालय निरीक्षकले नेपाली भाषा शिक्षकको नियमित कक्षा प्रस्तुति र विद्यार्थीका शैक्षिक कार्यकलापको नियमित अवलोकन तथा निरीक्षण गरेमा विद्यार्थीको शैक्षिक उपलब्धि बढाउन सकिने कुराको अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.