लोकगीत सिद्धान्तका आधारमा आठहजारी तिजगीतको विश्लेषण

Authors

DOI:

https://doi.org/10.3126/bmcrj.v4i1.80138

Keywords:

नृत्यवाद्य, रस, अलङ्कार, संरचना, खसानी

Abstract

प्रस्तुत लेखमा आठहजार क्षेत्र सल्यान जिल्लाको कपुरकोट गाउँपालिका र रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकामा प्रचलित तिजगीतको विश्लेषण गरिएको छ । तिजगीतको विश्लेषण गर्ने क्रममा पहिले सिद्धान्तको चर्चा गरी निष्कर्ष निकालिएकाले यसमा निगमनात्मक विधिको प्रयोग गरिएको छ । तिजगीत विश्लेषण गर्नका लागि लोकगीतका महŒवपूर्ण तŒवहरू प्रस्तुति, विषयवस्तु, साहित्यिकता, संरचना र भाषाशैली आदिलाई आधार लिइएको छ । यसका लागि विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । विश्लेषणका क्रममा तिजगीतमा अटलसौभाग्यका सामग्री पहिरिएर मादल, बाँसरी, मुजुरा, खैँजडीजस्ता वाद्य सामग्रीसहित वा वाद्य सामग्री नबजाई ताली मात्र बजाएर पनि नृत्यका साथमा प्रस्तुत गर्ने गरेको पाइन्छ । यसरी प्रस्तुत गरिएको तिजगीतमा यस क्षेत्रको भूगोल, यहाँको समाज, यहाँका बासिन्दाले मान्ने धर्म संस्कृति, यस क्षेत्रको आर्थिक अवस्था, यहाँका नारीले भोगेको जीवन, यस क्षेत्रको प्रकृतिजस्ता विषयवस्तु समेटिएका पाइन्छन् । संरचनाका हिसाबले यी तिजगीतका पहिलो पङ्क्ति र दोस्रो पङ्क्ति फरकफरक संरचनाका साथ प्रस्तुत भएका पाइएका छन् । माथि हेर्दा कालो लेख कैलास भन्ने गीतको पहिलो पङ्क्ति २३ अक्षर र दोस्रो पङ्क्ति २५ अक्षर, माथिबाट सुवाचरी झ¥यो भन्ने गीतको पहिलो पङ्क्ति १९ अक्षर र दोस्रो पङ्क्ति २१ अक्षरका साथ प्रस्तुत भएका पाइन्छन् । यसरी यस क्षेत्रका तिजगीतहरू ११, १३, १९, २३ र २५ अक्षरका अनेक संरचनाका साथ प्रस्तुत भएका पाइन्छन् । यी तिजगीतहरू शृङ्गार, करुण रसका साथै अन्य रसहरू र श्रुत्यनुप्रास, वृŒयनुप्रास, उपमा, उत्प्रेक्षा, अतिशयोक्ति, स्मरण अलङ्कार आदिका साथै विम्ब, प्रतीकजस्ता साहित्यिक विशेषताले ओतप्रोत भएका भेटिन्छन् । भाषाशैलीका हिसाबले यी तिजगीतहरूमा मूलः रूपमा खसानी उपभाषिका र आंशिक रूपमा पर्वती उपभाषिकाका स्थानीय शब्द, अनुकरणात्मक शब्द, द्वित्व, थेगा, रहनी र निपातको प्रयोग भएको पाइन्छ । लोकजीवनले आफ्ना मनका भावना पोख्ने क्रममा छोरी (छाडेर), मोल (मुल्य ), तइँ (त्यहाँ), सुकिला (सफा) आदि स्थानीय भाषिकाका शब्दहरूको प्रयोग गरेको देखिन्छ । यी गीतमा लोकजीवनले पचाइसकेका झपक्कै, लपक्कै, थपक्कै–जस्ता अनुकरणात्मक शब्द र ढिकढाक, झनझन आदि द्वित्व शब्दको प्रयोगले गीतलाई श्रुतिमधुर बनाउने काम गरेका छन् । यसै गरी नि, लै, त जस्ता निपात र बरिलै आदि थेगाको प्रयोगले अभिव्यक्तिमा चमक थप्ने, चोटिलो बनाउने वा चमक थप्ने काम गरेका छन् । यसप्रकारका तिजगीतको अध्ययनबाट लोकगीतका अध्येता तथा लोकगीतप्रति चासो राख्ने व्यक्तिहरू विशेष लाभान्वित हुने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
83
PDF
38

Downloads

Published

2025-06-16

How to Cite

Pun, D. B. (2025). लोकगीत सिद्धान्तका आधारमा आठहजारी तिजगीतको विश्लेषण. BMC Research Journal, 4(1), 160–180. https://doi.org/10.3126/bmcrj.v4i1.80138

Issue

Section

Articles