समकालीन नेपाली बालकथामा पात्र प्रयोग
DOI:
https://doi.org/10.3126/bmcrj.v4i1.80119Keywords:
बालसाहित्य, बालकथा, पात्रप्रयोग, पात्र प्रकृति, पात्र प्रवृत्तिAbstract
प्रस्तुत लेख समकालीन नेपाली बालकथामा केन्द्रित रहेको छ । यस लेखमा समकालीन नेपाली बालकथामा प्रयोग गरिएका पात्रहरूको विश्लेषण गरिएको छ । यस अध्ययनको मूलभूत उद्देश्य समकालीन नेपाली बालकथामा प्रयुक्त पात्रहरूको प्रकृति तथा भूमिका विश्लेषण गर्नु रहेको छ । प्रस्तुत अध्ययन गुणात्मक अध्ययन विधिमा आधारित रहेको छ । यस अध्ययनमा मुख्यतया द्वितीयक स्रोतका सामग्रीहरूको उपयोग गरिएको छ । यस क्रममा नेपाली तथा अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको प्रयोग गरिएको छ । कुल पाँच ओटा कथाको अध्ययन गरिएको यस अुनुसन्धानबाट पात्र प्रकृतिका दृष्टिले ईश्र्या, द्वेश र क्रोधमाथि विजय र ढोकैमा भूत कथामा मानवीय पात्रको प्रयोग गरिएको, सेती बाख्री, डल्फिनको गीत, हेर्दै, खेल्दै र सिक्दै कथामा मानवीय मानवेतर पात्रको प्रयोग गरिएको, भूमिकाका दृष्टिले निर्दिष्ट सबै कथामा मूल र सहायक पात्रको प्रयोग गरिएको, प्रयुक्त पात्रहरूको प्रवृत्तिका दृष्टिले ईश्र्या, द्वेश र क्रोधमाथि विजय, डल्फिनको गीत कथामा चेप्टा र गोला पात्रहरूको प्रयोग गरिएको, सेती बाख्री, ढोकैमा भूत र हेर्दै, खेल्दै, सिक्दै कथामा चेप्टा पात्रहरूको प्रयोग गरिएको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययनले समकालीन नेपाली बालकथाका रचयिता, बालकथाको अध्ययन, अध्यापनमा संलग्न व्यक्ति तथा यस क्षेत्रमा रुचि राख्ने सबैका लागि आवश्यकीय सुझ प्रदान गर्ने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.