नाटककार सरुभक्त र उनको इथरमा कोरिएको प्रेमपत्र नाटकको विश्लेषण
DOI:
https://doi.org/10.3126/bmcrj.v4i1.80118Keywords:
इथर, ब्रह्माण्ड, अन्वेषण, स्वैरकाल्पनिक निमाहरूAbstract
प्रस्तुत लेख ‘इथरमा कोरिएको प्रेमपत्र’ नाटकको विश्लेषणमा केन्द्रित रहेको छ । यो लेखमा गुणात्मक ढाँचाको उपयोग गरिएको छ । विषयवस्तुलाई विश्लेषणात्मक र समीक्षात्मक विधिको उपयोग गरी निष्कर्षमा पुगिएको छ । सरुभक्त प्रयोगवादी नेपाली नाटककार हुन् । उनी विज्ञान नाटककारका रूपमा परिचित छन् । उनले साहित्यका विविध विधामा कलम चलाएका छन् तापनि मूलभूत पहिचानको क्षेत्र भने नाटक विधा नै हो । यस आलेखमा उनले लेखेका थुप्रै नाटकमध्ये ‘इथरमा कोरिएको प्रेमपत्र’ नाटकको विश्लेषण गरिएको छ । यो विज्ञान विषयमा आधारित भएर लेखिएको एक पूर्णाड्की नाटक हो । विषयवस्तु चयन, पात्र चयन, संवाद प्रक्रियाको आयोजना एवम् दृश्ययोजनाका दृष्टिले यसलाई विज्ञान नाटकको कोटिमा राखेर विश्लेषण गरिएको छ । यसरी विश्लेषण गर्दा नाट्यतत्त्वलाई आधार मानिएको छ । इथर नाट्यसङ्ग्रह भित्र सङ्गृहीत ‘इथरमा कोरिएको प्रेमपत्र’ नाटकको मुख्य उद्देश्य र सन्देश प्रतीकात्मक रहेको छ । काल्पनिक परिवेशको सृजना गरेर लेखिएको यस नाटकमा काल्पनिक वा प्रतीकात्मक रूपमा ब्रह्माण्डमा लेखिएको प्रेमपत्र भन्ने सन्देश दिई प्रेमलाई पवित्र र विज्ञानले आविष्कार गरेका यन्त्रले मानवको रक्षा गर्नुपर्छ भन्ने आशय प्रकट गरिएको छ । यस लेखले ‘इथरमा कोरिएको प्रेमपत्र’ नाटकको विश्लेषणसँग सम्बन्धित अध्ययन गर्न चाहने विद्यार्थी, लेखक, जिज्ञासु, अनुसन्धातालाई सन्दर्भ सामग्रीको रूपमा काम लाग्ने विश्वास लिइएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Author

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.