स्नातकोत्तर तहको सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङ्कन प्रक्रिया (Internal Evaluation Process in Semester System of Postgraduate Level)

Authors

  • रमेशप्रसाद लुइटेल (Rameshprasad Luitel) Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta, Nepal

DOI:

https://doi.org/10.3126/bdkan.v8i01.57798

Keywords:

आन्तरिक मूल्याङ्कन (internal assessment), सेमेस्टर (semester), सत्र (session), क्रेडिट आवर (credit hour), सूचक (indicator)

Abstract

स्नातकोत्तर तहको सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङ्कन प्रक्रिया भन्ने शीर्षकमा आधारित भई यो लेख तयार पारिएको छ । यसको मुख्य उद्देश्य आन्तरिक मूल्याङ्कन प्रणालीको वर्तमान अवस्था पत्ता लगाई त्यसमा देखिएका समस्या समाधानको उपाय सुझाउनु रहेको छ । यो अध्ययन मुख्य गरी गुणात्मक ढाँचामा आधारित भई तयार पारिएको छ । तथ्याङ्क सङ्कलन गर्न अन्तर्वार्ता, प्रश्नावली,छलफल जस्ता साधनहरूको प्रयोग गरी निष्कर्षमा पुगिएको छ । सेमेस्टर प्रणाली सुरूवाती अवस्थाको चरणमा नै हुनु वार्षिक प्रणालीमा भन्दा यसमा धेरै कुरा फरक पर्नु, पठन पाठन समयमा समाप्तगर्न कठिन हुनु, विद्यार्थीहरू नियमित रूपमा अध्ययनका लागि कलेजमा आउनुपर्ने, शिक्षण सिकाइमा सक्रिय सहभागी हुनुपर्ने, ४०% अङ्कभारको मूल्याङ्कनमा उपस्थितिलाई ५अङ्क, कक्षा सहभागितालाई ५अङ्क त्यसपछि क्रमशः प्रथम आन्तरिक परीक्षा १०, दोस्रो १० र तेस्रो १० अङ्कको कार्यभारको मूल्याङ्कन सम्बन्धित विषय शिक्षकले लिई मूल्याङ्कन गर्नुपर्नेमा विद्यार्थी नियमित रूपले कक्षामा नआउनु, कक्षामा विद्यार्थी नै नआउँदा शिक्षकले केका आधारमा मूल्याङ्कन गर्ने प्रष्ट नहुनु मूल्याङ्कन प्रक्रियामा पूर्वाग्रहको सम्भावना हुनुले आन्तरिक मूल्याङ्कनको विश्वासनीयतामा नै प्रश्न चिह्न उठेको छ । यसको निराकरण गर्न  विद्यार्थीलाई कक्षामा अनिवार्य उपस्थिति गराउने वातावरण सृजना गर्नुपर्ने, आन्तरिक मूल्याङ्कनका लागि शिक्षकलाई प्रश्नपत्र निर्माण सम्बन्धमा तालिम दिनुपर्ने, मूल्याङ्कन प्रक्रियामा विश्वासनीयता बढाउन एक आपसमा अन्तर विषय मूल्याङ्कनगर्नुपर्ने तथा सबै विद्यार्थीलाई पढ्ने अवसर दिलाउन र नियमित उपस्थितिको वातावरण सृजना गर्न विश्वविद्यालयले विशेष नीति ल्याए सेमेस्टर प्रणालीको प्रभावकारी कार्यन्वयन हुन जान्छ र आन्तरिक मूल्याङ्कन प्रक्रिया पनि प्रभावकारी हुन्छ ।

(This article has been prepared based on the title of internal evaluation process in the semester system of postgraduate level. Its main purpose is to find out the current state of the internal evaluation system and suggest ways to solve the problems found in it. This study is mainly based on a qualitative framework and conclusion has been reached by using instruments such as interviews, questionnaires, and discussions in collecting data. The semester system is in its early stage, it has many differences from the annual system, it is difficult to finish the study during the study period, the students should come to the college regularly for study, they should be active participants in the teaching and learning, though within 40% internal assessment,  5 points  for attendance, 5 points for  class participation, and ,  first internal exam 10 points, the second 10 points and the third 10 points has been allocated; there is a possibility of bias in the evaluation process due to the lack of clarity on the basis of evaluation and due to the number of absentees in the classroom. In order to resolve this, the university should create an environment that makes attendance compulsory for students, teachers should be trained in the preparation of question papers for internal evaluation, inter-subject evaluation should be done to increase credibility in the evaluation process, and the university should bring a special policy to give all students the opportunity to study and create an atmosphere of regular attendance.)

Downloads

Download data is not yet available.
Abstract
51
pdf
79

Author Biography

रमेशप्रसाद लुइटेल (Rameshprasad Luitel), Tribhuvan University, Dhankuta Multiple Campus, Dhankuta, Nepal

उप-प्राध्यापक (शिक्षा योजना तथा मूल्याङ्कन) Lecturer (Education Planning and Management)

Downloads

Published

2023-08-30

How to Cite

लुइटेल Luitel र. R. (2023). स्नातकोत्तर तहको सेमेस्टर प्रणालीमा आन्तरिक मूल्याङ्कन प्रक्रिया (Internal Evaluation Process in Semester System of Postgraduate Level). Bouddhik Abhiyan (बौद्धिक अभियान), 8(01), 117–132. https://doi.org/10.3126/bdkan.v8i01.57798

Issue

Section

Articles