कालो पहाड उपन्यासमा पहिचान र वर्चस्व (Identity and Dominance in the Novel Kalo Pahad (Black Hill))

Authors

  • यज्ञेश्वर निरौला (Yagyeshwar Niroula) Tribhuvan University, Ratnarajyalaxmi Campus, Kathmandu

DOI:

https://doi.org/10.3126/bdkan.v8i01.57794

Keywords:

सीमान्त वर्ग (marginal class), वर्ग सङ्घर्ष (class struggle), सर्वहारा (proletariat), सीमान्तकृत पात्र (marginalized characters), रङ्गभेद (color-discrimination)

Abstract

प्रजापति तिमिल्सिनाका ‘अनेरुवा’, ‘विधवा वासना’ र ‘कालो पहाड’ उपन्यास र ‘चिठी’ प्रबन्ध सङ्ग्रह प्रकाशित छन् । उनका उपन्यास सामाजिक यथार्थवाद तथा मनोविज्ञानमा आधारित छन् । यस लेखमा सीमान्तीयताका आधारमा प्रजापति तिमिल्सिना लिखित ‘कालो पहाड’ उपन्यासमा रहेको प्रमुख चरित्र माइलालाई केन्द्र बनाएर यसै पात्रको पहिचान तथा सीमान्त अवस्थालाई अध्ययन गरिएको छ । सीमान्तीयताको आधारमा साहित्यको सांस्कृतिक अध्ययन र ऐतिहासिक पुनव्र्याख्या गर्ने प्रचलन दोस्रो विश्वयुद्धपछि सुरु भएको र सन् असीको दशकदेखि सवाल्टर्न अध्ययनका रूपमा चलेको हो । दोस्रो विश्वयुद्धपछिको विश्वमा हरेक मानव समाजसम्बद्ध विषय क्षेत्रलाई हेर्ने नवीन चिन्तन तथा दृष्टिकोणको विकासविस्तार भएसँगै साहित्य समालोचनामा उत्तरसंरचनावादी उत्तरआधुनिक चिन्तनका रूपमा सीमान्तीयताको आवाज पनि प्रबल बन्दै गएको छ । व्यक्ति, जाति, लिङ्ग, वर्ग, रङ्ग, समुदाय, क्षमता, पृथक्ता, क्षेत्र आदिसँग सम्बद्ध पक्षहरू सीमान्तीयताभित्र पर्दछन् । समाजव्यवस्थाका अवयवहरूद्वारा निर्मित विभेदकारी सामाजिक सांस्कृतिक संरचनाहरूको सीमान्तीय अवस्था निर्माणमा प्रमुख भूमिका रहेको हुन्छ भने उपनिवेशको विस्तारवादी साम्राज्यवादी प्रभुत्ववादी चरित्रबाट ती वर्गका इतिहास, संस्कृति, पहिचानका सङ्केतहरू नै कतिपय अवस्थामा विलुप्तप्रायः बनाइएको देखिन्छ । हरेक युगमा आवाजविहीन बनाइएका, पहिचानविहीन भएर दबाइएका, राज्य संयन्त्रमा प्रतिनिधित्वबाट वञ्चित, पहँुचविहीन, सामथ्र्यहीन भई सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक रूपले मूलधारबाट बहिष्करणमा परेका बहुसङ्ख्यक मानिसहरू सीमान्त वर्ग भएकाले उनीहरूका इतिहासको पुनर्लेखन हुनुपर्छ भन्ने मान्यता सीमान्तीय अध्ययनको अवधारणा हो । मूलतः सीमान्तीयताका सैद्धान्तिक आधारहरूको पृष्ठभूमिमा रहेर ‘कालो पहाड’ उपन्यासको मुख्य चरित्रनायक माइलाको सीमान्तीय अवस्थाको विश्लेषण गर्नु मूल उद्देश्य राखी नेपाली समाजमा माइलाजस्ता पहिचान हराएका अधिकांश प्रतिनिधि पात्रहरूको पहिचानको खोजी नै यस शोधलेखको निष्कर्ष रहेको छ ।

('Aneruva', 'Widhwa Vasana' and 'Kalo Pahad' novels and 'Chithi' are the published essay  collections by  Prajapati Timilsina. His novels are based on social realism and psychology. In this article, based on marginality, the main character Maila in the novel 'Kalo Pahad' written by Prajapati Timilsina has been focused and the identity and the status of marginality  of this character has been studied. The practice of cultural study and historical reinterpretation of literature on the basis of marginality started after the Second World War and has continued since the 1980s in the form of Sawaltern studies. In the post-World War II world, with the development of new thinking and approaches to every human society-related subject area, the voice of marginality in the form of post-structuralist post-modern thinking is also becoming stronger in literary criticism. Aspects related to person, caste, gender, class, color, community, ability, separation, region etc. are included in marginality. Discriminating socio-cultural structures created by the components of the social system play a major role in creating marginal conditions, while the signs of history, culture, and identity of those classes seem to be extinct in some cases due to the expansionist imperialist hegemonic character of the colony. The concept of marginal studies is the recognition that the majority of people in each era who have been made voiceless, oppressed without identity, deprived of representation in the state system, deprived of access, powerless and excluded from the mainstream socially, culturally, economically, politically, are the marginal class; and their history should be rewritten. Based on the background of the theoretical foundations of marginality, the main objective of analyzing the marginality of Maila, the main character of the novel 'Kalo Pahad', is the search for the identity of most of the representative characters who have lost their identity like Maila in Nepali society.)

Downloads

Download data is not yet available.
Abstract
46
pdf
82

Author Biography

यज्ञेश्वर निरौला (Yagyeshwar Niroula), Tribhuvan University, Ratnarajyalaxmi Campus, Kathmandu

सह-प्राध्यापक (नेपाली) Reader (Nepali)

Downloads

Published

2023-08-30

How to Cite

निरौला Niroula य. Y. (2023). कालो पहाड उपन्यासमा पहिचान र वर्चस्व (Identity and Dominance in the Novel Kalo Pahad (Black Hill)). Bouddhik Abhiyan (बौद्धिक अभियान), 8(01), 82–97. https://doi.org/10.3126/bdkan.v8i01.57794

Issue

Section

Articles