छ मायाँ छपक्कै’ चलचित्रमा राजनीतिक सन्दर्भ (Political Context in the Movie 'Chha Mayan Chhapakkai')

Authors

  • बाबुराम ओझा (Baburam Ojha) Tribhuvan University, Bhojpur Multiple Campus, Bhojpur, Nepal

DOI:

https://doi.org/10.3126/bdkan.v8i01.57792

Keywords:

सन्दर्भार्थ (contextual meaning), राजनैतिक संस्कार (political culture), पुँजीवाद (capitalism), उपभोक्तावाद (consumerism), राजनैतिक तरलता (political fluidity), नोकरशाही (slavish)

Abstract

छ माया छपक्कै’ चलचित्रमा राजनैतिक सन्दर्भ’ शीर्षकमा रहेका यस लेखमा सो चलचित्रमा भएको राजनैतिक सन्दर्भका विषयलाई केन्द्रित गरिएको छ । सन्दर्भ विश्लेषण सङ्कथन विश्लेषणको एक महत्वपूर्ण पक्ष मानिन्छ, जसका सहायताले कुनै पनि सङ्कथनात्मक पाठमा अन्तर्निहित विभिन्न अर्थहरू पत्ता लगाउन सहज हुन्छ । यस लेखमा ‘छ माया छपक्कै’ चलचित्रमा रहेकोे राजनैतिक सन्दर्भको अध्ययन गरी विश्लेषण गरिएको छ । लेख तयार पार्नका लागि विषयको सैद्धान्तिक विषयका द्वित्तीयक सामग्री पुस्तकालयबाट सङ्कलन गरिएको छ र विषयको विश्लेष्य प्राथमिक सामग्री ‘छ माया छपक्कै चलचित्र’ इन्टरनेटबाट सङ्कलित गरिएको छ । सामग्रीको विश्लेषणका लागि निगमन विधि र तथ्याङ्कको प्रस्तुतीकरणमा वर्णनात्मक विधि प्रयुक्त भएको छ । ‘छ माया छपक्कै’ चलचित्रको अन्तर्वस्तुमा प्रयुक्त समकालीन राजनैतिक सन्दर्भले विशेष राजनैतिक अर्थ बोकेका छन् । यस्ता सन्दर्भले खराब राजनैतिक संस्कार, सुशासनको अभाव, आर्थिक शोषण, नातावाद र कृपावाद तथा  अपारदर्शी र भ्रष्ट कर्मचारीतन्त्र रहेको समकालीन राजनैतिक अवस्थालाई इङ्गित गर्छन् । यहाँका राजनैतिक सन्दर्भको मुख्य आशय समकालीन राजनैतिक सङ्क्रमणकालीन अवस्था र भ्रष्टाचरण, केन्द्रीकरणयुक्त शासन प्रणाली र यसका कारण भएको क्षेत्रीय विभेदको उद्घाटन गर्नु रहेको छ । यस्ता सन्दर्भले समकालीन राजनैतिक तरलता र खराब प्रजातान्त्रिक आचरणलाई प्रकाश पारेको छ ।

(In this article entitled 'Political context in the movie 'Chha Mayan Chhapakkai', the political context existed has been focused. Contextual analysis is considered as an important aspect of compositional analysis, with the help of which it is easy to discover the various meanings inherent in any compositional text. In this article, the political context in the movie 'Chha Mayan Chhapakkai' has been studied and analyzed. To prepare the article, the secondary data related to the theoretical aspects of the subject has been collected from the library, and the primary data for the analysis of the subject has been collected from the Internet. The deductive method has been used for the analysis of content and descriptive method for data presentation. The contemporary political context used in the content of the movie 'Chha Mayan Chhapakkai' has a special political meaning. Such political contexts point to the contemporary political situation of bad political culture, lack of good governance, economic exploitation, nepotism and forgivism and opaque and corrupt bureaucracy. The main purpose of the political context here is to explore the contemporary political transitional situation and the corruption, centralized governance system and the resulting regional discrimination caused by such factors. Such political contexts have highlighted contemporary political fluidity and poor democratic practices.)

Downloads

Download data is not yet available.
Abstract
50
pdf
74

Author Biography

बाबुराम ओझा (Baburam Ojha), Tribhuvan University, Bhojpur Multiple Campus, Bhojpur, Nepal

उप-प्राध्यापक (नेपाली) Lecturer (Nepali)

Downloads

Published

2023-08-30

How to Cite

ओझा Ojha ब. B. (2023). छ मायाँ छपक्कै’ चलचित्रमा राजनीतिक सन्दर्भ (Political Context in the Movie ’Chha Mayan Chhapakkai’). Bouddhik Abhiyan (बौद्धिक अभियान), 8(01), 44–60. https://doi.org/10.3126/bdkan.v8i01.57792

Issue

Section

Articles