वाङ्मयका विविध शाखासँग मिथकको सम्बन्ध {Relation of myth to various branches of literature}
DOI:
https://doi.org/10.3126/bdkan.v7i1.47822Keywords:
मनोविज्ञान, इतिहास, संस्कृति, समाज, मिथक, Psychology, History, culture, Society, MythAbstract
मिथकलाई सृष्टिको उत्पत्तिदेखि लिएर विभिन्न ज्ञानविज्ञानको विकास, प्रकृतिका रहस्य, मानवीय र अमानवीय क्रियाकलाप, मानवीय अनुभव अनुभूतिको सँगालो, लोकविश्वास, सामूहिक मनको अभिव्यक्ति, प्रकृतिका रहस्यमय क्रियाकलाप, धर्म, दर्शन, कला, साहित्य, देवीदेवता आदिसँग सम्बन्धित प्रसङ्गलाई लिन सकिन्छ । स्वरैकल्पनात्मक, अतिमानवीय घटनाको प्राधान्य रहेको, धार्मिक तथा आध्यात्मिक चेतना भएको, मानवीय जीवनका सामूहिक अनुभवको अभिव्यक्ति भएको, प्रकृति सृष्टिका अनेकन रहस्यको वर्णन भएको आख्यान जुन परम्परित रूपमा साहित्यमा प्रयोग हुँदै आइरहेको छ र जसले प्राचीनताका माध्यमबाट समकालीन सन्दर्भलाई व्यक्त गर्दछ, त्यही नै मिथक हो । यसप्रकार प्राचीन कालमा आदिम मानवका अनुभूति, आस्थाको अभिव्यक्तिका रूपमा रहेको मिथक अहिले आएर व्यापक विषयका रूपमा स्थापित हुन पुगेको छ भने मिथकलाई ज्ञान विज्ञानका विभिन्न कोणबाट अध्ययन गर्ने परम्परा पनि स्थापित भएको छ । मिथक प्राचीनतम विषय भए पनि यसको अध्ययन गर्ने सन्दर्भमा नवीनतम दृष्टिकोणहरू देखापरेका छन् । मिथकलाई साहित्य, लोकसाहित्य, मनोविज्ञान, समाज, इतिहास, संस्कृतिआदिसँग जोडेर अध्ययन गर्ने परम्पराको विकाससँगै मिथकको महत्त्व बढ्दै गएको छ । यस लेखमा वाङ्मयका यिनै विविध शाखासँग मिथकको सम्बन्धका बारेमा अध्ययन गरिएको छ ।