"नैकापे सर्किनी’’ कथामा सबाल्टर्र्न (सिमान्तीयता) {The Subaltern (Marginality) in the Story of "Naikape Sarkini"}
DOI:
https://doi.org/10.3126/bdkan.v7i1.47805Keywords:
सबाल्टर्न, प्रतिनिधित्व, पहिचान, प्रभुत्वशालीवर्ग, प्रतिरोध, अवरजन, शक्तिसम्बन्ध, representation, identity, dominant class, resistance, diaspora, power relationsAbstract
प्रस्तुत लेख पारिजातको ‘नैकापे सर्किनी’ कथामा सबाल्टर्न अध्ययन विश्लेषणसँग सम्बन्धित छ । एन्टोनिओ ग्राम्सीले उत्तर औपनिवेशिक उपभोक्तावादी संस्कृतिको सन्दर्भमा सबाल्टर्न शब्दलाई शासित वर्गको वकालत गर्ने क्रममा हैकम वा प्रभुत्वको नवीन अर्थसँग पनि जोडेर प्रयोग गरेपछि यसले साहित्यको क्षेत्रमा प्रवेश पाएको हो । ग्राम्सीका शब्दमा सबाल्टर्न भन्नाले गैरशासकीय र अहैकमवादी वर्गलाई जनाउँछ, जो सधैँ अधीनस्थ, पराधीन हुन्छन् । सबाल्टर्न सांस्कृतिक र साहित्यसँग सम्बन्धित अन्तर्विषयक अध्ययन हो । सांस्कृतिक अध्ययनभित्र विविध पक्षहरू समेटिन्छन् । तीमध्ये सबाल्टर्न अध्ययन महत्वपूर्ण पक्ष हो । सबाल्टर्न शब्दले समाजमा विभिन्न अवसरबाट पछाडि पारिएको वर्ग, तह, लिङ्ग, जात तथा समूहलाई जनाउँछ । सबाल्टर्न अध्ययनलाई कथाको सामाजिक संरचना, सीमान्तीकृत वर्ग, प्रभुत्वशाली समूह र विचार धारासँग जोडेर हेर्नु सान्दर्भिक मानिन्छ । प्रस्तुत कथामा सामन्ती तथा पितृसतात्मक समाजमा निम्नवर्गका महिलाहरू माथि हुने शोषण, लैङ्गिक विभेदका मुद्दालाई यथार्थ रूपमा प्रस्तुत गरिएको छ । यहाँ सोही सिद्धान्तलाई आधार मानेर पारिजातको ‘नैकापे सर्किनी’ कथामा सबाल्टर्न विश्लेषण गरिएको छ । प्रस्तुत लेख तयार पार्नका लागि प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरू पुस्तकालयबाट अध्ययन गरी सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीहरूलाई विश्लेषण गर्ने आधार सबाल्टर्न सम्बन्धी मान्यतालाई लिइएको छ । यसमा निगमनात्मक तथा पाठविश्लेषण विश्लेषण विधिको उपयोग गरी साक्ष्यहरुका आधारमा कथामास बाल्र्टनको वर्गीय, जातीय, लैङ्गिक अवस्था, सबाल्र्टनको प्रतिरोधी चतना तथा लेखकीय दृष्टिकोणको विश्लेषण गरिएको छ । यसमा सन्दर्भ सामग्रीहरूको प्रयोगमा ए.पि. ए. पद्धति अपनाइएको छ ।