व्यास–वाटिका कविता सङ्ग्रहको कथ्य विश्लेषण

Authors

  • यमनाथ Yemnath तिमिल्सिना Timilsina पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/awadharana.v8i01.70077

Keywords:

आस्था, काव्यधारा, पाताल गङ्गा, राष्ट्रप्रेम, व्यास

Abstract

‘व्यास–वाटिका’ कविता सङ्ग्रहको कथ्य शीर्षकको प्रस्तुत आलेख कविताको सैद्धान्तिक अवधारणा र ऐतिहासिक पृष्ठभूमिमा व्यास–वाटिकाको कथ्य (सारतङ्खव) विश्लेषण गर्ने उद्देश्यले अगाडि बढाइएको हो । नारायणी अधिकारीले जीवन जगत्बाट प्राप्त अनुभव र अनुभूतिलाई घोलेर मनले ठानेको सत्यलाई कवितामा व्यक्त गरेकी छन् । प्रकृतिको सजीव चित्रण अनि सिर्जनाकला ब्युझिएर प्राप्त भएको आत्मबोधले कविता कृतिलाई सुदृढ बनाएको पाइन्छ । कथ्य र शैली दुबै पक्षबाट व्यास–वाटिका सफल र प्रभावकारी बनेको छ । आलेख तयार गर्ने सन्दर्भमा मुख्यतः पुस्तकालयीय कार्यको प्रयोग गरी प्राथमिक तथा द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरिएको हो । उक्त सामग्रीहरुको अध्ययनबाट प्राप्त भएका वस्तुतथ्यलाई तर्क, प्रमाण र दृष्टान्तका सहायताले पुष्टि गरिएको छ । आवश्यक ठाउँमा पूर्वअध्येताहरुसँग संवाद तथा विमर्श गर्दै आलेखलाई पूर्ण बनाइएको हो । व्यास–वाटिकाका कविताहरुलाई राष्ट्रप्रेम, अग्रजप्रति सम्मान, नारीचेतना र विद्रोह, अनुजप्रति उत्प्रेरणा, वर्तमान नेतृत्वप्रति आक्रोश, माया र बन्धन, भविष्यप्रति विश्वास, आत्मबोध, गुरूभक्ति, प्रकृतिप्रतिको मोह, कोरोना कहरको सम्झना, संस्थाप्रति जिम्मेवारीबोध जस्ता चलहरुका आधारमा विश्लेषण गर्दा अधिकारीको कृति समसामयिक देखिएको छ । यहाँ व्यक्त सारतङ्खव वा कथ्य प्रभावकारी देखिन्छ । यस्तो महङ्खवपूर्ण कविता कृतिको विभिन्न चलहरुका आधारमा विश्लेषण भएको पाइँदैन । यस आलेखमा यही रिक्ततालाई पूर्णता दिने काम गरिएको छ । व्यास–वाटिकाका कवितालाई समेट्ने गरी विभिन्न चलहरुको छनोट गरेर कृतिको कथ्य विश्लेषण गरिएको छ । यस्तो कार्य नवीन भएकाले यस आलेखको औचित्य प्रमाणित हुन्छ । व्यास–वाटिकाको शिल्प पक्षको कोणबाट पनि अध्ययन गर्न मिल्ने देखिन्छ तर यहाँ त्यसको अध्ययन गरिएको छैन । सैद्धान्तिक अवधारणाका आधारमा चलहरु छनोट गरी तिनै चलको आधारमा कथ्य विश्लेषण गरिएको यस आलेखमा व्यास–वाटिकालाई समयसापेक्षित प्रभावशाली काव्यकृति रहेको निष्कर्ष दिइएको छ ।

Abstract
96
PDF
54

Author Biography

यमनाथ Yemnath तिमिल्सिना Timilsina, पृथ्वीनारायण क्याम्पस, पोखरा

सहप्राध्यापक

Downloads

Published

2024-09-27

How to Cite

तिमिल्सिना Timilsina य. . Y. (2024). व्यास–वाटिका कविता सङ्ग्रहको कथ्य विश्लेषण. AWADHARANA, 8(1), 1–12. https://doi.org/10.3126/awadharana.v8i01.70077

Issue

Section

Articles