श्रीको खोजी कथासङ्ग्रहमा शक्तिको लघुराजनीति {The micro politics of power in Sri's investigative fiction collection}

Authors

  • लक्ष्मीशरण Laxmisharan अधिकारी Adhikari नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, PN Campus, Pokhara, TU

DOI:

https://doi.org/10.3126/awadharana.v7i1.49338

Keywords:

उपभोग, वामपन्थी नेताहरुको अन्तर्विरोध, प्रतिरोध, ज्ञान, वर्गीय चिन्तन

Abstract

प्रस्तुत श्रीको खोजी कथासङ्ग्रहमा शक्तिको लघुराजनीति शीर्षकको यस लेखमा  मिसेल फुकोको शक्ति र ज्ञानसम्बन्धी मान्यताका कोणबाट कथाकार इस्मालीका कथाहरुको  विश्लेषण गरिएको छ । नेपाली समाजमा शक्तिको उपभोग गर्ने वर्गले के कसरी ज्ञान र शक्तिका बलमा  नेपाली समाजमा शोषण गरेको छ र त्यसको प्रतिरोध कसरी भएको छ भन्ने कुरा देखाउने उद्देश्यले यो आलेख तयार पारिएको हो । प्रस्तुत कथाको विश्लेषणका लागि चाहिने सामग्री पुस्तकालयका माध्यमबाट सङ्कलन गरिएको छ । फुकोका शक्ति, ज्ञान र सङ्कथन सम्बन्धी मान्यता प्रस्तुत गर्दा निगमनात्मक विधिको प्रयोग गरिएको छ भने उनका सैद्धान्तिक मान्यतालाई कथाभित्रका घटना र पात्रका माध्यमबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको समेत उपयोग गरिएको छ । सुरक्षा निकाय, सरकार र राज्यका संयन्त्रमा मात्र शक्ति हुन्छ भनिने परम्परागत मान्यतालाई विनिर्माण गर्दै शक्तिको अस्थिरता देखाउनु र शक्ति कस्ता ठाउँमा लुकेर रहेको हुन्छ भन्ने कुराको खोजी गर्दै इस्मालीका कथाका आधारमा पुष्टि गर्नु यस लेखको प्राप्ति हो ।

Downloads

Download data is not yet available.
Abstract
53
PDF
35

Author Biography

लक्ष्मीशरण Laxmisharan अधिकारी Adhikari, नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Nepali Department, PN Campus, Pokhara, TU

सहप्राध्यापक Associate Professor

Downloads

Published

2022-11-10

How to Cite

अधिकारी Adhikari ल. L. (2022). श्रीको खोजी कथासङ्ग्रहमा शक्तिको लघुराजनीति {The micro politics of power in Sri’s investigative fiction collection}. AWADHARANA, 7(1), 13–23. https://doi.org/10.3126/awadharana.v7i1.49338

Issue

Section

Articles