पर्यावरणको वैज्ञानिक विश्लेषणका विधिहरू र नेपालको अनुभव
DOI:
https://doi.org/10.3126/anweshan.v3i1.81981Keywords:
जलवायु परिवर्तन, प्रदूषण, पर्या–साहित्य, जैविक विविधता, भौगोलिक सूचना प्रणालीAbstract
यस लेखमा पर्यावरणीय समस्याहरूमाथि गरिएको वैज्ञानिक विश्लेषण प्रस्तुत गरिएको छ । यसमा विश्वलगायत नेपालजस्ता मुलुकहरूले भोग्दै आएको पर्यावरणीय समस्या, जलवायु परिवर्तनसम्बन्धी समस्याहरूको लेखाजोखा र निचोड प्रस्तुत गरिएको छ । मानव समुदाय अझ भनौँ सीमान्तीकृत समुदाय र सीमान्त विकासको सूचकाङ्कमा परेका राष्ट्रहरूले भोग्दै आएका विभिन्न वातावरणीय क्षेत्र
र त्यसले मानवीय, सामाजिक, आर्थिक, सांस्कृतिक तथा भौतिक अवस्थामा पारेका प्रभावहरू र त्यसको वैज्ञानिक आधारहरूको मिहिन विश्लेषण गर्ने प्रयास गरिएको छ । अझ सूक्ष्मतम् रूपमा भन्नुपर्दा पर्यावरणीय समस्यामा नेपालको सन्दर्भ, विद्यमान चुनौतीहरू र भविष्यको दिशाबारे विस्तृत चर्चा गरिएको छ । वैज्ञानिक विश्लेषणले वातावरणीय समस्याहरूको पहिचान, कारणहरूको खोजी, प्रभावहरूको मूल्याङ्कन र समाधानका उपायहरू विकास गर्न वस्तुनिष्ठ र प्रमाणमा आधारित धारणाहरू विकास गर्ने मार्ग प्रशस्त गर्छ । अवलोकन, प्रयोगात्मक अध्ययन, नमुना सङ्कलन र प्रयोगशाला विश्लेषण, गणितीय मोडेलिङ, भौगोलिक सूचना प्रणाली (GIS) र दूर संवेदन (Remote Sensing) जस्ता विधिहरू प्रयोग गरेर वायुमण्डल, जलभण्डार, भूमि र जैविक मण्डलको विस्तृत अध्ययन गर्ने गरिन्छ । मानवीय गतिविधिहरूले उत्पन्न गराएको जलवायु परिवर्तन, प्रदूषण, जैविक विविधताको ह्रासजस्ता समस्याहरूको गहिराइमा पुग्न र तिनको न्यूनीकरणका लागि वैज्ञानिक विश्लेषण अपरिहार्य छ । नेपालजस्तो भौगोलिक र जैविक विविधताले भरिपूर्ण भए पनि वातावरणीय रूपमा संवेदनशील मुलुकका लागि यसको अझ धेरै महŒव रहेको छ । यद्यपि तथ्याङ्कको अभाव, स्रोतसाधनको कमी, भौगोलिक, आर्थिक अनि राजनीतिक जटिलता र अन्तर्विषयक समन्वयको अभावजस्ता चुनौतीहरू विद्यमान छन् । यी चुनौतीहरूलाई सम्बोधन गर्दै उन्नत प्रविधि र एकीकृत दृष्टिकोण अपनाएर दिगो भविष्य सुनिश्चित गर्न पर्यावरणीय पक्षको वैज्ञानिक विश्लेषण अपरिहार्य छ ।