बाबु, आमा र छोरा उपन्यासमा अनुभूतिको संरचना
DOI:
https://doi.org/10.3126/anweshan.v3i1.81980Keywords:
अधीनस्थ, दबाब, तनाव, पिँढी, प्रभुत्वशालीAbstract
प्रस्तुत आलेखमा विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘बाबु, आमा र छोरा’ शीर्षकको उपन्यासलाई साहित्यको समाजशास्त्रीय अध्येता रेमन्ड विलियम्सको अध्ययन पद्धति अनुभूतिको संरचनाका आधारमा अध्ययन विश्लेषण गरिएको छ । महिला समस्यालाई प्रमुख विषय बनाएर लेखिएको यस उपन्यासमा कोइरालाले मानव जीवनलाई विसङ्गत, तारतम्यविहीन र नियति निर्दिष्ट रूपमा प्रस्तुत गरेका छन् । विलियम्सका विचारमा कुनै एउटा खास समयमा समाजमा एक किसिमको संस्तिकृको प्रभुत्व हुन्छ र प्रभुत्वशाली पुस्ताले निर्माण गरेको त्यही संस्तिकृ त्यो समाजको केन्द्रीय संस्तिकृका रूपमा रहेको हुन्छ । यस्तोमा त्यो प्रभुत्वशाली पुस्ताले अधीनस्थ पुस्ता र उदीयमान पुस्तालाई आफ्नो संस्तिकृमा; बाध्य पार्छ र यस्तो अवस्थामा समाजमा दबाब र तनावको स्थिति सृजना हुन्छ । यसरी अध्ययन गर्दा रेडमन्ड विलियम्सको समाजशास्त्रीय सिद्धान्त अनुभूतिको संरचनाका आधारमा यस उपन्यासमा प्रतिबिम्बित पिँढीगत अनुभूति र प्रभुत्वको परिवेश, अधीनस्थ पिँढीका अनुभूति, दबाबजन्य अनुभूति र तनावजन्य अनुभूतिका कोणबाट उपन्यासको विश्लेषण गरिएको छ । यस उपन्यासमा पितृसत्ताले निर्माण गरेको परम्परागत रूढिग्रस्त सोच प्रभुत्वशाली संस्तिकृको सूचक बनेको र त्यसबाट दोस्रो पिँढीको पात्र उपन्यासकी नायिका उमा (आमा) माथि दबाब र तनावको स्थिति सृजना भएको छ भन्ने सत्यको निरूपण गरिएको छ । पुस्तकालयीय अध्ययन कार्यका आधारमा द्वितीयक स्रोत सामग्री सङ्कलन गरेर पिँढीगत अनुभूतिको संरचनाको कोणबाट विश्लेषण गरिएको हुँदा यो अध्ययन गुणात्मक प्रवृत्तिको रहेको छ । परम्परागत रूढिवादी पारिवारिक संरचनाको प्रभुत्वका कारण समाजमा दुई पुस्ताबिच देखिएको तनाव र दबाबले गर्दा मानिसमा अनेक अनुभूति सृजना भएको छ भन्ने निष्कर्ष प्राप्त भएको छ । उपन्यासमा यस्तो विभेदपूर्ण लैङ्गिक संस्तिकृविरुद्ध उभिन सक्ने उदीयमान नारी चरित्रको निरूपण गर्न नसकिए तापनि नारी शिक्षाका कारणले समाजमा विकसित हुँदै गइरहेको नारीचेतनाबाट निसृत नारी अनुभूतिको संरचनाका आधारमा समाज रूपान्तरणको पृष्ठभूमिलाई लेखमा सङ्केत गरिएको छ ।