परमाणुकारणतावादको सामाजिक उपयोगिता

Authors

  • Madhav Ghimire

DOI:

https://doi.org/10.3126/anweshan.v3i1.81972

Keywords:

न्यायवैशेषिक, प्राच्यदर्शन, तर्कशास्त्र

Abstract

प्राच्य वाङ्मयभित्र समाहित विभिन्न दर्शनहरूमा गणना गरिएको न्याय र वैशेषिक दर्शनलाई अरू दर्शनहरूको उपकारक मानिन्छ । न्यायदर्शनका प्रणेता महामुनि गौतमले आफ्नोे प्रथम अध्यायको प्रथम सूत्रमा प्रमाण, प्रमेय, संशय आदि सोह्र पदार्थहरूको वास्तविक ज्ञानलाई दुःखको निवृत्तिका लागि कारण मानेका छन् । वैशेषिक दर्शनका प्रवर्तक महर्षि कणादले पनि द्रव्य, गुण, कर्म सामान्य विशेष समवायसहित छ प्रकारका पदार्थहरूको यथार्थ ज्ञानलाई मोक्षको कारक मानेका छन् । तत्त्वचिन्तनको प्राच्य परम्परा निश्चित नियम अथवा विधिमा आश्रित रहेकाले आधुनिक सन्दर्भमा पनि उस बेलाको चिन्तन प्रणाली उत्तिकै सान्दर्भिक तथा उपयोगी रहेको छ । यसमा सामाजिक उपयोगिताका दृष्टिले न्यायवैशेषिक दर्शनको परमाणुसिद्धान्तको विवेचन तथा विश्लेषण प्रस्तुत गरिएको छ । वैशेषिक दर्शनका प्रवर्तक कणादद्वारा प्रतिपादित परमाणुसिद्धान्त प्राच्य चिन्तन परम्पराको महत्त्वपूर्ण विषय हो । यसले पदार्थको स्वरूप र कारणसम्बन्धी गूढ व्याख्या प्रस्तुत गरेको छ । न्यायवैशेषिकले पृथ्वीका सबै द्रव्यहरू परमाणुबाट निर्मित हुन् भन्ने सिद्धान्तमार्फत पदार्थ मीमांसा, कार्यकारण सम्बन्ध र वस्तुको नित्यअनित्यताको विवेचना गर्दछ । यस लेखमा वैशेषिक सूत्र, प्रशस्तपाद भाष्य, तर्कसङ्गत दृष्टान्त र समकालीन दर्शनसँगको केही तुलनात्मक अध्ययन पनि प्रस्तुत गरिएको छ । संसारका सबै पदार्थहरूको वर्गीकरण गरेर पदार्थ विवेचनाको अवधारणा प्रस्तुत गर्ने न्यायवैशेषिक दर्शनमा प्रतिपादित परमाणुवादले पदार्थहरूको संरचना तथा तिनको परस्पर सम्बन्धका विषयमा गहन सिद्धान्तहरूको विकास गरेको छ । प्रस्तुत लेखमा न्यायवैशेषिक परमाणुकारणतावादको मूल अवधारणा व्याख्या गर्दै त्यसको सामाजिक उपयोगिताका बारेमा ऐतिहासिक र समकालीन सन्दर्भमा विश्लेषण गरिएको छ । समस्या कथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, अनुसन्धानविधि तथा निष्कर्ष सबै समेटी वस्तुपरक शैलीमा यो अनुसन्धान प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
68
PDF
32

Downloads

Published

2025-07-21

How to Cite

Ghimire, M. (2025). परमाणुकारणतावादको सामाजिक उपयोगिता. Samaj Anweshan समाज अन्वेषण, 3(1), 134–141. https://doi.org/10.3126/anweshan.v3i1.81972

Issue

Section

Research Article