सांस्कृतिक सम्पदासहितको शिक्षण: सम्पदा पुस्तान्तरण

Authors

  • सोमबहादुर Sombahadur धिमाल Dhimal

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65506

Keywords:

सम्पदामय शिक्षण, अभ्यासकर्ता, जीविकोपार्जन

Abstract

विश्वसम्पदा महासन्धि १९७२ र अमूर्त  सांस्कृतिक सम्पदा महासन्धि २००३ को नेपालपक्ष राष्ट्र बनेको छ । विश्वसम्पदाले मानव निर्मित भौतिक वा मूर्त सांस्कृतिक सम्पदाहरू धरहरा,सङ्ग्रहालय तथा स्मारक, वास्तुकलाकृति, चित्रकला तथा मूर्तिकला; ऐतिहासिक भवनहरू, प्राकृतिक सम्पदाहरू आदि सरोकार पक्षहरूको प्रवर्धन, संरक्षण र पुर्खाको ज्ञान पुस्तान्तरणमा जोड दिन्छ । अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत अमूर्त सांस्कृतिक सम्पदाको संवाहकको रूपमा भाषासहितका मौखिक परम्पराहरू तथा अभिव्यक्तिहरू, अभिनय कलाहरू,सामाजिक व्यवहारहरू, अनुष्ठानहरू र चाडपर्वका उत्सवहरू, प्रकृति तथा विश्व ब्रह्माण्डसँग सम्बन्धित ज्ञान तथा व्यवहारहरू पर्दछन् । यसले परम्परागत कलाकौशलहरू, पाकशिक्षा, योगा, ध्यान, दर्शन,जीवनोपयोगी शिक्षा र खेलकुदसँग जोडिएका मूल्यमान्यता, ज्ञान, सिप, कला, प्रविधि, नवपर्वतन सोच र सिद्धान्त विकास गर्दछ । सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक पक्षहरू, विश्वदृष्टिकोण, लोकवार्ता, समुदाय र अभ्यासकर्ता, दिगो विकास, उद्यमशीलता र जीविकोपार्जन, सम्पदा पुस्तान्तरण, प्रवर्धन र संरक्षणका कुराहरूमा जोड दिन्छ । समुदायका सवालहरू दिगो विकास साथै अभ्यासकर्ताहरूको जीविकोपार्जन, पुस्तान्तरण गर्नु छ भने शिक्षामा जोड्नुको विकल्प छैन् । संस्कृति समयकाल, राज्यव्यवस्था र नीति, समाज, परिवेश र वातावरण, मूल्यमान्यता र प्रचलित कानुनका आधारमा भिन्नता पाइन्छ । यो निरन्तर परिवर्तनशील प्रक्रिया हो । सिकाइ जन्मेदेखि नमरुञ्जेलसम्म निरन्तर चलिरहन्छ । संस्कृति सरोकार विभिन्न विधाहरूलाई संस्कृतिमय कक्षाकोठा शिक्षण, समुदाय र अभ्यासकर्ताको जीविकोपार्जन, उद्यमशीलता, पर्यटन,आर्थिक उपार्जन, दिगो विकास, सहअस्तित्व र दैनिक जीवनपद्धतिसँग जोड्नुपर्छ । यसले विश्वमा शान्ति र समृद्धिका प्रबल सम्भावनाहरू देखिन्छन् । संस्कृतिका दिगो विकास र पुस्ताहस्तान्तरण गर्नका लागि कक्षाकोठा, कलेज र विश्वविद्यालयको शिक्षामा अनिवार्य जोड्नु आवश्यक छ । पुस्तान्तरणको लागि सम्पदा शिक्षण आजको आवश्यकता हो ।

Downloads

Download data is not yet available.
Abstract
42
PDF
64

Downloads

Published

2023-12-31

How to Cite

धिमाल Dhimal स. S. (2023). सांस्कृतिक सम्पदासहितको शिक्षण: सम्पदा पुस्तान्तरण. Samaj Anweshan समाज अन्वेषण, 1(2), 151–160. https://doi.org/10.3126/anweshan.v1i2.65506

Issue

Section

Articles