शेर्पा समुदायको अभ्यासमा रहेको प्रथाजनित संस्था नवा प्रथा

Authors

  • पासाङ Pasang शेर्पा Sherpa

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65505

Keywords:

विश्वदृष्टिकोण, प्रथाजनित संस्था, प्रथाजनित कानुन

Abstract

हिमाली क्षेत्रमा परापूर्वकालदेखि बसोबास गर्दै आएका शेर्पा जातिले आफ्नो क्षेत्रका वनजङ्गल,भूमि, खेतीपाती र चरनक्षेत्रलाई प्रथाजनित संस्थान वा मार्फत कसरी दिगो रूपमा व्यवस्थापन, संरक्षण र उपभोग गर्दै आएका छन् भन्ने सम्बन्धमा लेखमा विश्लेषण गरिएको छ । शेर्पा हरूको संस्कार,संस्कृति, सामाजिक मूल्यमान्यता, बौद्ध दर्शनमा आधारित हुनुका साथै जीवन र जगत्लाई हेर्ने आफ्नैविश्व दृष्टिकोण रहेका छन् । यिनीहरूले सामूहिकता, पारस्पारिकता, समन्वय र ऐक्यबद्धताको सिद्धान्तका आधारमा प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्दै आएका छन् । सामाजिक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक रूपमा प्राकृतिक स्रोत, जैविक विविधता र प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुनाले परापूर्वकालदेखि प्रथाजनित संस्था नवा मार्फत वनजङ्गल, चरनक्षेत्र, खेतीपाती व्यवस्थापन गर्दै आएका छन् । भौगोलिक रूपमा विकट हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायमा विगतमा राज्यको कुनै उपस्थिति नरहेको अवस्थामा अभ्यासमा रहेका नवा प्रथा परिवर्तित सामाजिक र राजनैतिक परिवेशमा पनि राज्यका कानुन र प्रथाजनित कानुनबिच परिपुरक र सहअस्तित्वमा वनजङ्गल र कृषिभूमिको व्यवस्थापनका साथै समुदायमा सामाजिक एकता, शान्ति र सुशासन कायम गराउन, जैविक विविधताको संरक्षण र पर्यावरणीय सन्तुलनमा समेत उल्लेखनीय भूमिका खेलेका छन् ।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
14

Downloads

Published

2023-12-31

How to Cite

शेर्पा Sherpa प. P. (2023). शेर्पा समुदायको अभ्यासमा रहेको प्रथाजनित संस्था नवा प्रथा. Samaj Anweshan समाज अन्वेषण, 1(2), 141–150. https://doi.org/10.3126/anweshan.v1i2.65505

Issue

Section

Articles