भक्तपुरका मल्लकालीन नेवार जात्राको सांस्कृतिक महत्व

Authors

  • बलराम Balaram कायस्थ Kayastha

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65490

Keywords:

गाथामोग, चह्रे, पुलुकिसि, मूपात्र, येँया, विस्का, सापारु

Abstract

ऐतिहासिक नगर भक्तपुरमा बर्सेनि अनेक प्रकारका जात्राहरू मनाइन्छ । आफ्नै माटो, परिवेश र परम्परामा आधारित यस्ता अधिकांश जात्राहरू विभिन्न देवदेवी वा मठमन्दिरसँग सम्बन्धित रहने हुनाले तिनको महत्व पनि धर्म र पुण्य प्राप्त गर्ने धार्मिक उद्देश्यमा मात्र केन्द्रित रहेको जस्तो देखिन्छ । तर वास्तवमा धार्मिक–आध्यात्मिक पक्षको मात्र महत्व नभएर जात्राका बेला गरिने विविध सांस्कृतिक क्रियाकलापले समाजलाई परोक्ष रूपमा अनेक व्यावहारिक सामाजिक सन्देश समेत दिइरहेको हुन्छ । यसका साथै स्थानीय संस्कृतिको प्रवर्धन, पर्यटनको विकास, मनोरञ्जनको स्तर, सबल आर्थिक स्थिति जस्ता विविध पक्षहरूको परिचय पनि प्रस्तुत गरिरहेको हुन्छ । वस्तुतः ऐतिहासिक कालदेखि प्रचलनमा रहेका यस्ता जात्रापर्वहरू रूढि थाम्ने परम्परा मात्र होइनन् । यसका पछाडि अनेकौँ रहस्यले भरिएका दर्शन र अभिप्रायहरू पनि लुकेका छन् । ती दर्शन र अभिप्राय गहन रूपले बुझ्न नसक्दा आफ्नो संस्कृति के हो भन्ने थाहा नहुन सक्दछ । आफ्नै संस्कृति थाहा नभएपछि व्यक्तिले आफूलाई अरू समक्ष प्रस्तुत गर्न सक्दैन । अतः राष्ट्रको मौलिक पहिचानका रूपमा रहेका स्थानीय जात्राहरूको संरक्षण गर्न अति जरुरी देखिन्छ । प्रस्तुत अध्ययन यसै विषयवस्तुमा केन्द्रित रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
34

Downloads

Published

2023-12-31

How to Cite

कायस्थ Kayastha ब. B. (2023). भक्तपुरका मल्लकालीन नेवार जात्राको सांस्कृतिक महत्व. Samaj Anweshan समाज अन्वेषण, 1(2), 100–108. https://doi.org/10.3126/anweshan.v1i2.65490

Issue

Section

Articles