पारिवारिक कानुनको समाजशास्त्रीय अध्ययन

Authors

  • विमल Bimal पोख्रेल Pokhrel

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65488

Keywords:

फैसला, कानुनशास्त्र, तहकिकात, देवानीसंहिता, न्यायिक समिति

Abstract

कानुनशास्त्र समाज विज्ञानको एउटा अभिन्न अङ्ग हो । यसका दर्जनौँ शाखा, उपशाखाहरू रहेका छन् । पारिवारिक कानुन देवानी कानुनको शाखाका रूपमा रहेको छ । व्यक्ति, परिवार र समाजलाई व्यवस्थित गर्ने र विभिन्न तरिकाले उत्पन्न विवाद समाधान गर्ने उद्देश्यका लागि निर्माण भएका कानुनहरू पारिवारिक कानुन हुन् । यसमा पारिवारिक सम्बन्ध, सम्पत्ति, खाना, कपडा, बसोबास, अशक्त र वृद्धवृद्धाहरूको स्याहारसुसार, औषधि, उपचार,बालबालिकाको शिक्षा, स्वास्थ्य आदि पर्दछन् । व्यक्तिका भौतिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा भावनात्मक सम्बन्ध आदि कुरा जोडिएका हुन्छन् । परिवारलाई व्यावहारिक, वैज्ञानिक, आधुनिकतथा व्यवस्थित बनाउन, पारिवारिक विवाद समाधान गर्न र समाधान हुन नसकेको अवस्थामा न्यायिक तथा अर्धन्यायिक निकायबाट छिटोछरितो समाधान तथा निरूपण गर्नका लागि पारिवारिक कानुनको आवश्यकता पर्दछ । पारिवारिक कानुन कार्यान्वयन गर्नका लागि पारिवारिक अदालत, पारिवारिक इजलास वा न्यायिक समिति गठन गरिन्छ । पारिवारिक अदालतका फाइलहरू तहकिकात हुँदाका बखत कानुनी प्रावधान र आवश्यकता अनुसार गोप्य राखिन्छन् । कानुनद्वारा तोकिएको कार्यविधि मार्फत समस्या वा मुद्दाको न्यायिक निरूपण गरिन्छ । पारिवारिक सद्भाव, व्यक्तित्वको सर्वाङ्गीण विकास, इज्जत, प्रतिष्ठा, सम्पत्तिको संरक्षण, सामाजिक सुरक्षा, रीतिरिवाज, भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षणजस्ता विषयहरूलाई कानुनका माध्यमबाट सम्बोधन गर्दै चेतनशील, उन्नत, व्यवहारिक र वैज्ञानिक समाजको निर्माण गर्न पारिवारिक कानुनको महत्व रहेको हुन्छ । पारिवारिक कानुनले व्यक्ति परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदालाई जोड्ने काम गर्दछ ।

Downloads

Download data is not yet available.
Abstract
47
PDF
61

Downloads

Published

2023-12-31

How to Cite

पोख्रेल Pokhrel व. B. (2023). पारिवारिक कानुनको समाजशास्त्रीय अध्ययन. Samaj Anweshan समाज अन्वेषण, 1(2), 90–99. https://doi.org/10.3126/anweshan.v1i2.65488

Issue

Section

Articles