पर्यावरणको सामाजिक प्रभाव

Authors

  • गोकुल Gokul पोख्रेल Pokhrel

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65487

Keywords:

चक्र, पारिस्थितिक, विश्व तापमान वृद्धि, संस्कृति

Abstract

यो अध्ययन पर्यावरणको सामाजिक प्रभाव निरूपणमा केन्द्रित छ । पर्यावरणले सामाजिक–सांस्कृतिक मूल्यमान्यतालाई प्रभावित पार्छ । पारिस्थितिक प्रणाली अनुसार त्यहाँको समाज र समाजिक विकासको प्रक्रिया निर्देशित रहेको हुन्छ । पर्यावरणसँग निरपेक्ष भएर समाज विकासको परिकल्पना गर्न सकिन्न । भूगोल र पर्यावरणीय परिवेशअनुसार जुन समाज स्थापित छ र सामाजिक विकासको प्रक्रिया अगाडि बढेको छ । त्यसको अन्तर्य निर्माणमा पर्यावरणको गहिरो प्रभाव रहेको हुन्छ । पर्यावरणीय अनुकूलता र प्रतिकूलताले सामाजिक संरचनालाई प्रभावित गर्दछ । मानव पर्यावरणको एक हिस्सा हो । तसर्थ मानवको समूहद्वारा निर्मित समाजमा स्थानीय पर्यावरणको भूमिका सर्वोपरि रहन्छ । समाजका रीतिस्थिति, परम्परा, आचरण, व्यवहार, विचारपद्धति, चिन्तन तथा समग्र क्रियाकलापहरू प्रकृतिकै उपज हुन्छन् । मान्छे र उसले प्रतिनिधित्व गरेको सामाजिक संरचनामा पर्यावरण अन्तर्मिश्रित भएर आएको हुन्छ । समाज पर्यावरणकै एक रूप हो । समाजमा त्यहाँको स्थानीय पर्यावरण स्वतः प्रतिबिम्बित हुन्छ । यस अध्ययनमा पर्यावरण र समाजको अन्तर्सम्बन्ध, पर्यावरण र मानवीय क्रियाकलाप तथा पर्यावरण र मानवीय संस्कृतिको अन्तर्सम्बन्धको विश्लेषण गरेर मान्छे, प्रकृति र तिनका बिचको अविभाज्य सार्वभौमिक मूल्यको विश्लेषण गरिएको छ । मान्छे, प्रकृति र समाजका बिचमा अन्योन्याश्रित सम्बन्ध रहेको, मानवका प्रत्येक सामाजिक संरचनाभित्र पर्यावरणीय प्रभाव रहेको र समाजको समग्र स्वरूप पर्यावरणीय सङ्घटनाबाट निर्देशित र दिग्दर्शित रहेर समाजिक मूल्य स्थापित रहेको एवम् प्रत्येक मान्छे र समाजको पर्यावरणप्रति गहन, सघन र जिम्मेवारीपूर्ण दायित्व रहेको छ भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
32
PDF
23

Downloads

Published

2023-12-31

How to Cite

पोख्रेल Pokhrel ग. G. (2023). पर्यावरणको सामाजिक प्रभाव. Samaj Anweshan समाज अन्वेषण, 1(2), 81–89. https://doi.org/10.3126/anweshan.v1i2.65487

Issue

Section

Articles