दलित समुदायको शूद्रकरण कि संस्कृतिकरण !

Authors

  • सरोजदिलु

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65444

Keywords:

सांस्कृतिक पहिचान, रसायनशास्त्री, पञ्चेबाजा, आफर

Abstract

हाम्रो समाजमा विभिन्न जातजातिहरूलाई उनीहरूको ऐतिहासिक पेसा वा भूमिका र सङ्ख्याको हिसाबले छुवाछुत र विभेद गरिन्छ । यसरी सामाजिकर सांस्कृतिक रूपमा विभेद र छुवाछुत गरिएका जाति समूहहरू नेपालमा दलितका नामले चिनिएका छन् । यिनीहरूलाई कथित उच्च जाति हौँ भन्नेहरूले पशुतुल्य अमानवीय व्यवहार गर्दै तिरस्कार र विभिन्न अवसरहरूबाट विमुख पार्दै ल्याएको अवस्था छ । यी दलित समुदायको यही उत्पीडन, गरिबी वञ्चितीकरणको अवस्थालाई अझ उद्वेलित बनाउँदै दलित तथा गैरदलित केही अभिजात वर्गले आआफ्नो नाफाको व्यवसाय समेत बनाएका छन् । तर यथार्थमा यसरी वहिष्कृत भएका जातजातिहरूले ऐतिहासिक कालखण्डदेखि नै विभिन्न कला, सिप र साधनाका अन्वेषक, उत्पादक र संबाहक रहँदै मुलुकको निर्माणमा अग्रणी भूमिका खेल्दै आएका छन् । अझ नेपाली संस्कृति र सभ्यताको विकासमा यिनको योगदान उच्च रहेको पाइन्छ । तर दलितको सौन्दर्य पक्षलाई पहिचान नगरी एकोहोरो उनीहरूको कमजोरी केलाएर दलित समुदायको मुक्ति खोजिनु सम्भव देखिन्न । यस लेखनको सार बरु यिनै दलित भनिएका समुदायलाई इतिहास, सभ्यता, कला, संस्कृति, सिप र ज्ञान जस्ता विशेषताहरूले सुशोभित गरेर सांस्कृतिक पहिचान दिन न्यायसङ्गत र लाभदायी हुने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
40
PDF
19

Downloads

Published

2023-12-31

How to Cite

सरोजदिलु. (2023). दलित समुदायको शूद्रकरण कि संस्कृतिकरण !. Samaj Anweshan समाज अन्वेषण, 1(2), 56–63. https://doi.org/10.3126/anweshan.v1i2.65444

Issue

Section

Articles