थाङ्मी जातिको पहिचानको आन्दोलनमा प्रतिनिधिमूलक सामाजिक सङ्घसंस्थाको भूमिका

Authors

  • टहल Tahal थामी Thami

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65384

Keywords:

सामूहिकअधिकार, प्रतिनिधिमूलक संस्था, आदिवासी, पहिचान

Abstract

वञ्चितीकरणबाट उन्मुक्ति, राज्यमा बराबरीको साझेदारी र अधिकार प्राप्तिका लागि नेपालका अन्य आदिवासीहरूले झैँ थाङ्मी समुदायले पनि सङ्गठित रूपमा खुला राजनीतिक वातावरणमा आवाज उठाउन थालेको करिब साँढे तीन दशक भएको छ । यस लेखमा त्यो प्रयासको सङ्क्षिप्त लेखाजोखा गरिएको छ । सामाजिक संस्थाको गठन, विघटन, पुनर्गठन हुँदै हालसम्म आइपुग्दा साझा सङ्गठन निर्माण गरी सामूहिक अधिकारको वकालतका लागि सङ्गठन निर्माण भएको भए तापनि नीजी स्वार्थ, राजनीतिक दाउपेच र दलीयकरणका कारण विशुद्ध सामुदायिक अधिकारभन्दा पनि व्यक्तिहरूको राजनीतिक पृष्ठभूमि निर्माणको थलोका रूपमा स्थापित हुन थालेको छ । तसर्थ निष्पक्ष, स्वतन्त्रर सामूहिक स्वार्थ प्रेरित नेतृत्व विना प्रतिनिधिमूलक सङ्गठनहरूले राज्यमा सामूहिक अधिकार सुनिश्चित्त गराउन नसक्ने दृष्टान्त थाङ्मी प्रतिनिधिमूलक संस्थाबाट सिक्न सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
45
PDF
23

Downloads

Published

2023-12-31

How to Cite

थामी Thami ट. T. . (2023). थाङ्मी जातिको पहिचानको आन्दोलनमा प्रतिनिधिमूलक सामाजिक सङ्घसंस्थाको भूमिका. Samaj Anweshan समाज अन्वेषण, 1(2), 44–55. https://doi.org/10.3126/anweshan.v1i2.65384

Issue

Section

Articles