गीताका सामाजिक मूल्यमान्यता र सिद्धान्तहरू

Authors

  • युव राज Yubaraj पाण्डे Pandey

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65369

Keywords:

निष्काम योग, अहिंसा, कर्मयोग, ज्ञान, प्रकृति

Abstract

भगवद्गीतालाई वेद, उपनिषद् र पुराणको सारका रूपमा लिइन्छ । यसलाई पूर्वीय दर्शनको सबैभन्दा स्पष्ट र सबैभन्दा पूर्ण सारांशका रूपमा समेत लिइन्छ । त्यसैले भगवद्गीताले दर्शनशास्त्र, धर्मशास्त्र वा कर्तव्यशास्त्र, नीतिशास्त्र, अर्थशास्त्र, व्यवस्थापनविज्ञान, मनोविज्ञान र समाज शास्त्र वा समाजविज्ञान आदि ज्ञानका विभिन्न आयाम वा विधाहरूलाई सूत्रबद्ध ढङ्गले प्रस्तुत गरेको छ भन्नेकुरा अध्येता र अनुसन्धाताहरूले बताउने गरेका छन् । प्रस्तुत सन्दर्भमा भगवद्गीताले समेटेका महत्वपूर्ण सामाजिक मूल्यमान्यताहरू र सिद्धान्तहरूको पहिचान तथा व्याख्या विश्लेषणलाई यस अध्ययनले आफ्नो विषयवस्तुको रूपमा लिएको छ । अध्ययनका लागि भगवद्गीताका विषयमा लेखिएका पुस्तक, पुस्तिका, लेखरचना र अनुसन्धानप्रतिवेदनहरू सूचनाका महत्वपूर्ण  स्रोतका रूपमा रहेका छन् । प्रश्नावली र अन्तर्वार्ताको माध्यमबाट प्राथमिक सूचना वा तथ्याङ्क सङ्कलन गर्ने कामसमेत भएको छ । यसरी साङ्खिकीय पद्धतिको प्रयोगसमेत गरिएको भए पनि यस अध्ययनमा विश्लेषणात्मक वा गुणात्मक अध्ययन विधि नै मुख्य अध्ययन विधिको रूपमा रहेको छ । अध्ययनबाट भगवद्गीताले मानिसको सामाजिक व्यवहारलाई निर्देशित गर्ने केही ठोस सिद्धान्तहरू अघि सारेको छ भन्ने कुरा स्पष्ट हुन्छ । कर्मयोगको सिद्धान्त,ज्ञानयोगको सिद्धान्त, साङ्ख्ययोगको सिद्धान्त,कार्य/कर्म वा लक्ष्यप्रति पूर्ण प्रतिवद्धता (भक्तियोग) को सिद्धान्त, लोकसङ्ग्रहको सिद्धान्त, सर्वभूत हितकोसिद्धान्त, यज्ञको नवीन सिद्धान्त वा जनता वा समाजको निःस्वार्थ सेवाको (सेवायज्ञको) सिद्धान्त, असल आचरण र सत्यनिष्ठाको सिद्धान्त, स्वास्थ्यरक्षा र स्वास्थ्य सुधारको सिद्धान्त आदिलाई भगवद्गीताले अङ्गिकार गरेका महत्वपूर्ण सामाजिक मूल्य र सिद्धान्तको रूपमा यस अध्ययनले पहिचान गरेको छ । दृढनिश्चयको सिद्धान्त र अभ्यासयोगको सिद्धान्तजस्ता मानिसलाई जीवनको उद्देश्य सफल पार्न मद्दत गर्ने सिद्धान्तहरूको पनि भगवद्गीताले विश्लेषण गरेको छ । यस अध्ययनले भगवद्गीताले अघि सारेका सबै सामाजिक मूल्यहरूको विश्लेषण गर्न नसकेको भए पनि भगवद्गीताका सामाजिक मूल्य–मान्यता र सिद्धान्तहरू वर्तमान युगमा पनि सान्दर्भिक छन् र मानिसको पथप्रदर्शन गर्न सक्षम छन् भन्नेकुरा प्रमाणित गर्न भने सफल छ । त्यसैले भगवद्गीताको आग्रहरहित भएर अध्ययन तथा विश्लेषण गरेर यसका जीवनोपयोगी र समाजोपयोगी मूल्यहरूलाई व्यवहारमा उतार्न जरुरी छ ।

Downloads

Download data is not yet available.
Abstract
63
PDF
16

Downloads

Published

2023-12-31

How to Cite

पाण्डे Pandey य. र. Y. (2023). गीताका सामाजिक मूल्यमान्यता र सिद्धान्तहरू. Samaj Anweshan समाज अन्वेषण, 1(2), 26–36. https://doi.org/10.3126/anweshan.v1i2.65369

Issue

Section

Articles