तमू संस्कृतिको समाजशास्त्रीय अध्ययन

Authors

  • गौरी Gauri तमू Tamu

DOI:

https://doi.org/10.3126/anweshan.v1i2.65368

Keywords:

पय, प्रजाति, परिवेश, ल्होसार, रोधीं

Abstract

प्रस्तुत अध्ययनमा प्रजाति, परिवेश र क्षणका आधारमा तमू (गुरुङ) संस्कृतिको विश्लेषण गरिएको छ । प्रजाति, परिवेश र क्षणका आधारमा कुनै पनि जातिका जातीय संस्कृतिको अध्ययन गरेर उक्तजातिका जातिगत विशेषताहरू रहनसहन, चाडपर्व, वेशभूषा, विश्वास तथा जीवनदर्शन बारे जानकारी पाउन सकिन्छ भन्ने मान्यता रहेको छ । यही मान्यताका आधारमा यस अध्ययनमा ल्होसार अर्थात्त तमू जातिमा नयाँ वर्ग र वर्षको सुरुवात हुने दिन, पय अर्थात् मृत्यु संस्कार र रोधीं अर्थात् तमू जातिको ऐतिहासिक सांस्कृतिक धरोहरको अध्ययन गरिएको छ । गुरुङ जाति संसारको जुनसुकै ठाउँमा बसोबास गरे तापनि उनीहरूले प्रारम्भिक जीवनकालमा सिकेका जातिगत विशेषताहरू खानपिन, चाडपर्व, संस्कार, संस्कृति, प्रकृति र पितृप्रतिको विश्वास र जीवनदर्शनको अनुसरण गरिरहेका हुन्छन् । समयक्रमसँगै ती संस्कृतिको मौलिकतामा ह्रास आएको हुन्छ भन्ने तथ्य यस अध्ययनबाट पुष्टि भएको छ । परिवेशले गुरुङ जातीय भूगोल, हावापानी, समाज, कला र सिपको पहिचान दिन्छ भन्ने कुराको पुष्टिसँगै उक्त संस्कृति लोप समेत बनाउँछ भन्ने प्रमाण रोधींको समाजशास्त्रीय अध्ययनबाट प्राप्त भएको छ । युग वा क्षणले संस्कार, संस्कृति र जीवनदर्शनलाई नै प्रभाव पार्ने र क्रमशः मौलिक विधिविधानमा ह्रास आउने भएकाले मौखिक रूपमा रहेको तमू प्ये (शास्त्र), ल्होसार, रोधीं लगायतका गुरुङ संस्कार र संस्कृतिलाई लिपिबद्घ गनुपर्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
26
PDF
34

Downloads

Published

2023-12-31

How to Cite

तमू Tamu ग. G. (2023). तमू संस्कृतिको समाजशास्त्रीय अध्ययन. Samaj Anweshan समाज अन्वेषण, 1(2), 37–43. https://doi.org/10.3126/anweshan.v1i2.65368

Issue

Section

Articles