विश्वेश्वरप्रसाद कोइरालाका कथात्मक सङ्कथनको प्रकारता
DOI:
https://doi.org/10.3126/acadview.v9i1.71365Keywords:
व्यतिक्रम, आवृत्ति, दूरी, भाव, स्वरAbstract
नेपाली कथा लेखनको परम्परामा मनोविश्लेषणात्मक यथार्थवादको प्रवर्तन गर्ने कथाकार विश्वेश्वरप्रसाद कोइरालाले आप्mना कथामा नेपाली सामाजिक सन्दर्भलाई प्रस्तुत गर्दै पात्रको मनस्थितिको विश्लेषण गरेका छन् । उनका प्रकाशित छब्बिस ओटा कथामा उच्च, मध्यम र निम्न वर्गीय पात्रको मनोदशाको उद्घाटन गरिएको छ । उनले यौन मनोविज्ञानमा आधारित कथा लेख्दा नारी मनोदशाको विश्लेषणमा ज्यादा रुचि राखेका छन् भने यौनेतर विषयमा आधारित कथामा उनले बढी मात्रामा पुरुष पात्रको मनोदशाको उद्घाटनमा केन्द्रित भएका छन् र यस्ता कथामा नेपालको वि.सं. १९९५ देखि २०१९÷२० सम्मका सामाजिक, सांस्कृतिक, राजनैतिक विषय समेटिएका छन् । उनका कथाको आन्तर्यमा निरङ्कुश शासन व्यवस्था, सामन्तवाद, पुरातनवाद र रुढिवादमाथि विरोध तथा विद्रोहको स्वर प्रकट गर्दै स्वतन्त्रता, समानता, नागरिक अधिकार र मानवताका पक्षमा वकालत गरिएको हुँदा पाठेतर सन्दर्भको सघनता पाइन्छ । विषयवस्तुका दृष्टिकोणबाट मात्र होइन कि शिल्पशैलीका दृष्टिकोणबाट पनि परम्परागत कथा लेखनको एकरेखीयता तथा घटनाप्रधानतालाई भङ्ग गर्दै कथाको शिल्प, संरचना र प्रस्तुतीकरणमा आधुनिक ढाँचा वा पद्धतिको प्रयोग कोइरालाका कथामा गरिएको पाइन्छ ।