औपन्यासिकतामा मुसाको बस्ती {The Novelistic Nature in Musako Basti}
DOI:
https://doi.org/10.3126/academia.v4i1.73367Keywords:
बालरुचि, पात्रपात्रा, बालउपन्यास, भाषाशैलीAbstract
मुसाको बस्ती कपिल लामिछानेद्वारा लिखित बालउपन्यास हो । साहित्यको गद्य आख्यानात्मक बृहत आयामयुक्त विधा उपन्यास हो । पूर्वीय र पाश्चात्य साहित्यमा चर्चित , प्रतिष्ठित र प्रभावमय यो विधा नेपाली साहित्यमा पनि लोकप्रिय छ । बहुक्षेत्रीय कथावस्तु , व्यापक परिेवेश , बहुआयामिक पात्रपात्रा , विविध भाषाशैली , यथेष्ट सन्देश उपन्यासले बोकेको हुन्छ । उपन्यासभित्र पनि बालउपन्यास अझ रुचिको क्षेत्र हो । बालबालिकाका लागि बालमनोविज्ञान , बालरुचि र बालस्तरमा आधारित उपन्यास बालउपन्यास हुन् । उपन्यासका औपन्यासिक आधार हुनेगर्दछन् । कथावस्तु , पात्र, प्रयुक्त भाषाशैली , प्रवाहित सन्देश उपन्यासका मूल औपन्यासिक आधार हुन् । मुसाको बस्ती बालउपन्यासमा के कस्तो कथावस्तु रहेको छ ? यसका पात्रपात्राको चारित्रिक अवस्था कस्तो छ ? यसमा प्रयुक्त भाषाशैली बालमनोवैज्ञानिकता अनुकुल छ कि छैन ? यस उपन्यासले कस्तो सन्देश प्रवाहित गर्न खोजेको छ ? मुसाको बस्ती बालउपन्यास बालरुचिपूर्ण छ कि छैन ? भन्ने जिज्ञासा एवम् अध्ययनका लागि उब्जेका प्रश्नात्मक समस्याहरुमा कन्द्रित हुँदै मुसाको बस्ती बालउपन्यासको औपन्यासिकताको खाजी गर्नु र बालउपन्यास लेखनका आधारहरु सुझाउनु यस अनुसन्धानात्मक लेखको उद्देश्य रहेको छ । पुस्तकालयीय विधिको प्रयोग गरिएको यस अध्ययनमा प्राप्त तथ्याङकलाई वर्णनात्मक र विश्लेषणात्मक आधारबाट व्याख्या विश्लेषण गरिएको छ भने यो लेख औपन्यासिक आधारमा मुसाको बस्ती बालउपन्यासमा मात्र सीमित रहेको छ । बालउपन्यासको सैद्धान्तिक आधार र लेखन अवस्थाको अध्ययनले उपन्यासको विश्लेषण एवम् उपन्यास लेखनमा अवलम्बन गरिनुपर्ने आधारका सम्बन्धमा स्पष्ट पारिएकाले यो लेख महत्वपूर्ण छ । मुसाको बस्ती सामाजिक विषयवस्तुमा आधारित बालउपन्यास हो । सात अध्यायमा विभक्त यो उपन्यास मुसाको खलकमा आधारित छ । प्रवाहमय शैली अपनाइएको यस उपन्यासमा मिश्रित भाषाको प्रयोग गरिएको छ । समाज सबैको हो , समाजमा मिलेर बस्नुपर्छ , राम्रो कुरालाई सबैले स्वीकार्नु पर्छ , आडम्बर र हठले पश्चाताप ल्याउँछ , आडो मान त पुडो मान आफू मान त अरु मान को स्थिति हुन्छ । बदलिदो परिस्थिति अनुरुप साझा अठोट र सुरक्षित परिवेश , सम्पन्न र समृद्ध सोचको विकाससँगै बस्ती निर्माण र बस्तीको विकास हुन्छ । व्यक्तिगत स्वार्थ भन्दा सामूहिक सिद्धीमा लाग्नु पर्दछ भन्ने गहकिलो सन्देश यस उपन्यासले प्रवाह गरेको छ । उपन्यास औपन्यासिकताले भरिपूर्ण बनाउन खोजिएको छ तर भाषाको प्रयोग आयातीत छ , प्रवाहमय शैली बालमनोवैज्ञानिकताका लागि दुर्बोध्य छ । नेपाली भाषाका उपन्यासमा नेपाली भाषा नै प्राथमिकतामा रहँदा बालमनोवैज्ञानिकतामा नपाली भाषी संस्कार विकास हुने कुरातर्फ ध्यान दिनु पर्दछ । उपन्यासको प्रस्तुति सरल भए बालबोध्य र सन्देश ग्रहणयोग्य हुने विश्वास गरिन्छ । {Musako Basti is a children’s novel authored by Kapil Lamichhane. The novel, a significant genre of prose narrative in literature, possesses vast dimensions. Renowned and impactful in both Eastern and Western literary traditions, this genre enjoys popularity in Nepali literature as well. Novels encapsulate multifaceted storylines, broad settings, multidimensional characters, diverse linguistic styles, and substantial messages. Within this genre, children’s novels occupy a distinctive niche, specifically designed to cater to children’s psychology, interests, and developmental levels. These novels adhere to the fundamental principles of novel writing, which include storyline, characters, linguistic style, and the conveyed message. This article aims to examine the novelistic qualities of Musako Basti as a children’s novel. It delves into questions such as: What is the storyline of this novel? What are the characteristics of its protagonists? Is the linguistic style employed suitable for children’s psychological understanding? What messages does the novel seek to impart? And, does Musako Basti effectively cater to the interests of children? By focusing on these questions, this analytical article seeks to uncover the novelistic attributes of Musako Basti and provide recommendations for children’s novel writing. The study employs a library-based method, utilizing descriptive and analytical frameworks to interpret and analyze the findings. This article remains limited to the novelistic exploration of Musako Basti. By examining the theoretical foundation of children’s novels and their compositional aspects, this study clarifies essential principles for novel writing, making it a significant contribution to the field. Musako Basti is a children’s novel rooted in social themes. Divided into seven chapters, it revolves around the lives of mice. The novel employs a flowing narrative style with the inclusion of mixed linguistic elements. It conveys meaningful messages such as the importance of harmonious coexistence, the collective acceptance of positive values, and the futility of arrogance and obstinacy, which ultimately lead to regret. It highlights that collective determination and the development of a secure and prosperous mindset contribute to building and developing communities. The novel emphasizes prioritizing collective achievement over individual interests. While the novel strives to embody novelistic attributes, its linguistic usage is influenced by external sources, and the flowing style appears less accessible for children’s psychological comprehension. It is crucial to prioritize Nepali language in Nepali novels to nurture cultural values and foster psychological development among children. A simplified narrative style is believed to enhance comprehension and the receptivity of messages among children.}