माधवी उपन्यासमा धार्मिक लोकविश्वास (Religious Folk Beliefs in the Novel Madhavi)

Authors

  • महेन्द्र Mahendra वाग्ले Wagle Tribhuvan University, Patan Campus, Lalitpur

DOI:

https://doi.org/10.3126/academia.v4i1.73365

Keywords:

फलप्राप्ति, नान्दीश्राद्ध, मातृकापूजा, लोकजीवन, उत्तरवैदिककालीन

Abstract

यस अनुसन्धानमूलक लेखको अध्ययन माधवी उपन्यासमा विद्यमान धार्मिक लोकविश्वासमा केन्द्रित छ । माधवी उपन्यासले धार्मिक लोकविश्वासलाई उत्तरवैदिककालीन युगसन्दर्भका रूपमा प्रस्तुत गर्न सफल भएकाले यस लेखमा उक्त विषय छनौट गरिएको छ । यसमा परम्परागत पद्धति निगमनात्मक विधि र आधुनिक वैज्ञानिक पद्धति विश्लेषणत्मक विधिको उपयोग गरिएको छ । उपन्यास विश्लेषणका लागि लोकसाहित्यअन्तर्गत लोकविश्वासको सैद्धान्तिक मान्यतालाई आधार बनाई प्राज्ञिक अध्ययन गरिएको छ । यसमा मौलिकताका साथ महाभारतको छोटो विषयलाई चरित्रमार्फत युगीन समाज व्यवस्थामा धार्मिक लोकविश्वासलाई चर्चा गरिएको छ । लोकविश्वास लोकसमुदाय वा लोकमनले मानसिक रूपमा आस्था र श्रद्धाका साथ स्वीकार गरेको भावनात्मक विश्वास भएकाले यस लेखमा यही लोकविश्वासअन्तर्गत धर्मलाई आधार बनाइएको छ । समाजको हितकारी कर्म धर्म भएकाले धर्मसँग जोडिएका विषयहरू पनि लोकविश्वासअन्तर्गत रहेका छन् । धर्मसँग जोडिएका विश्वासलाई धार्मिक लोकविश्वास भनिने र माधवी उपन्यासमा यसअन्तर्गत विविध विषय रहे पनि पाप र पुण्यसम्बन्धी साथै दैवीशक्तिसम्बन्धी लोकविश्वासको विश्लेषण गरिएको छ । यसमा पाप र पुण्यको विषयलाई प्रस्तुत गर्दा अहिंसा, व्रत, दयाभाव र अधर्मको त्याग, दान, पूजाआजा, मातृकापूजा, नान्दीश्राद्ध, जप आदिबाट पुण्य प्राप्त गर्ने साथै दैवीशक्तिको विषयलाई धार्मिक पाठ, उपयुक्त यज्ञविधि, मन्त्रको सही उच्चरण, मातृकापूजा र नान्दीश्राद्ध गर्ने, मातृशक्ति र देवीपूजा गरी दैवीशक्ति प्राप्त गर्ने धार्मिक लोकविश्वास रहेको प्रस्तुत गरिएको छ । यस लेखले व्यक्त गरेको धार्मिक लोकविश्वाससम्बन्धी विचारलाई हाल लोकसाहित्यको अध्ययनमा स्वीकार गरिदै आएको छ । यस उपन्यासमा धार्मिक लोकविश्वासको अध्ययनबाट उपन्यासमा धार्मिक लोकविश्वासअन्तर्गत विविधता रहेको र पाप र पुण्य साथै दैवीशक्तिसम्बन्धी लोकविश्वासको गहन प्रस्तुति यसमा रहेको छ भन्ने निष्कर्ष प्राप्त हुन्छ । त्यसैले यो लेख लोकसाहित्यका अध्येता साथै जिज्ञासु विद्यार्थीलाई विशेष उपयोगी हुने साथै यसबाट सर्वसाधारण पाठक र अनुसन्धानकर्ता समेत लाभान्वित हुने देखिन्छ । {This research-based article focuses on the religious folk beliefs embedded in the novel Madhavi. The novel effectively presents religious folk beliefs in the context of the post-Vedic era, making it a suitable subject for academic exploration. The study employs traditional deductive reasoning alongside modern analytical methodologies. For the purpose of analyzing the novel, theoretical frameworks of folk beliefs within the domain of folklore have been utilized to provide an academic perspective. The novel draws upon a brief theme from the Mahabharata, integrating it with originality to discuss religious folk beliefs in the socio-cultural framework of the corresponding era through its characters. Folk beliefs, being emotional convictions deeply rooted in faith and reverence within the collective consciousness of a community, form the foundation of this study. As socially beneficial actions are considered integral to religion, the topics associated with religion are included under the scope of folk beliefs. These religiously inclined beliefs are identified as religious folk beliefs, which are analyzed in the context of sin, virtue, and divine power as presented in Madhavi. The discussion on sin and virtue encompasses themes such as non-violence, austerity, compassion, renunciation of immorality, charity, worship, maternal devotion, Nandi Shraddha, and recitation of sacred mantras as means to attain virtue. Regarding divine power, the novel illustrates religious folk beliefs associated with scriptural recitations, proper rituals, accurate pronunciation of mantras, maternal worship, Nandi Shraddha, and devotion to maternal and divine forces as pathways to acquiring divine strength. The concepts of religious folk beliefs expressed in this article align with the principles recognized in contemporary studies of folklore. An examination of religious folk beliefs within Madhavi reveals their diversity, with an in-depth representation of themes related to sin, virtue, and divine power. This article will be particularly valuable to scholars and students of folklore, while also serving as a resource for general readers and researchers.}

Abstract
18
PDF
11

Downloads

Published

2024-12-31

How to Cite

वाग्ले Wagle म. M. (2024). माधवी उपन्यासमा धार्मिक लोकविश्वास (Religious Folk Beliefs in the Novel Madhavi). Academia Research Journal, 4(1), 138–147. https://doi.org/10.3126/academia.v4i1.73365

Issue

Section

Articles