पूर्वीय दर्शनका क्षेत्रमा चार्वाक दर्शन {Charvaka Philosophy in the Realm of Eastern Thought}

Authors

  • डम्बर बहादुर Dambar Bahadur पुन Pun Tribhuvan University Monitoring Directorate

DOI:

https://doi.org/10.3126/academia.v4i1.73363

Keywords:

परलोक, नास्तिकवाद, चार्वाक, मोक्ष, पुनर्जन्म

Abstract

यस अनुसन्धानमूलक लेखको अध्ययन क्षेत्र पूर्वीय समाज हो भने यसको समस्या तत्कालीन समाजमा विद्यमान चार्वाक दर्शन हो । वैदिक दर्शनको चरम दमनका बाबजुद पनि चार्वाक दर्शन तत्कालीन समाजमा सशक्त रूपमा क्रियाशील भई हालसम्म अस्तित्वमा रहेको विषयवस्तुलाई यस लेखमा प्रस्तुत गरिएको छ । यस अध्ययनका लागि परम्परागत पद्धति निगमनात्मक विधि र आधुनिक वैज्ञानिक पद्धति विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । यसमा वृहस्पति ऋषिको सूत्रवन्धन ग्रन्थमा अभिव्यक्त विचारहरूमा केन्द्रित भएर चार्वाक दर्शनका मूलभूत मान्यताहरूको व्याख्या गरिएको छ । चार्वाक दर्शनमा पाइने चर्चित अभिव्यक्तिहरू जबसम्म बाँचिन्छ, सुखसँग बाँच, ऋण गरेर भए पनि घिउ खाउ, यो शरीर जो छ, भस्म हुन्छ, पुनर्रागमन वा पुनर्जन्म कहिल्यै हुँदैन–जस्ता चार वाक्यको चर्चा यसमा गरिएको छ । भौतिकवादको पक्षधर यस दर्शनले ईश्वरीय सत्ता, परात्मा, अदृश्य शक्तिलाई स्वीकार गर्दैन । यस दर्शनमा आत्मा, स्वर्ग, नर्क, मोक्ष, ईश्वर र परलोकप्रति विश्वास नगरी मृत्युपछिको तथाकथित स्वर्गको लोभ, माया र मोहबाट टाढा रहेको विचार व्यक्त भएको पाइन्छ । यसले इन्द्रियजन्य ज्ञानसहितको भौतिकवादी दृष्टिकोणलाई अगाडि सारेर आध्यात्मवादीहरूको भ्रमको पर्दा उघारी दिएको छ । आफूले भोगिरहेको जीवन नै यथार्थ हो, यो लोकभन्दा पर अर्को लोक छैन, त्यसैले यस लोकका मानिसलाई खुसी राख्नु र आफू खुसी हुनु नै सर्वोत्तम सुख हो भन्ने यस दर्शनको सार हो । यस लेखमा चार्वाक दर्शनका मूलभूत मान्यता, इहलोक र परलोकसम्बन्धी धारणा, चार्वाक दर्शनका मूल चार वाक्य, भौतिकवादी दर्शनका रूपमा चार्वाक दर्शन, सृष्टिका आदि तŒवका रूपमा पदार्थ, चार्वाक दर्शनमाथिको अतिक्रमणजस्ता विषयवस्तुको विश्लेषण गरिएको छ । वर्तमान विज्ञानले स्वीकार गरेको सृष्टिको आदि तŒव पञ्च महाभूतमध्ये चार तŒव पृथ्वी, जल, तेज र वायुको सत्ताको चर्चा गर्नु, भौतिकवादका आधारमा मानवीय जीवनशैलीका बारेमा व्याख्या गर्नु, इहलोक र परलोकको विश्लेषण गर्नु, वर्तमान अवस्थामा चार्वाक दर्शनको स्थानका बारेमा अध्ययन गर्नु यस लेखको मूलभूत प्राप्ति हो । भौतिकवादलाई अति महŒवका साथ प्रस्तुत गरिएको यस लेखबाट चार्वाक दर्शनका अध्येताका साथै भौतिकवादी दर्शनमा चासो राख्ने सर्वसाधारणसमेत विशेष लाभान्वित हुने देखिन्छ । {This research-based article explores Eastern society with a specific focus on the Charvaka philosophy that prevailed in the socio-cultural context of its time. Despite the overwhelming suppression by Vedic philosophy, the Charvaka philosophy managed to remain an active and influential force in the contemporary society and continues to persist to this day. This article adopts traditional deductive reasoning and modern analytical methodologies to examine the foundational principles of Charvaka philosophy as expressed in the aphoristic text attributed to Sage Brihaspati. The study delves into the core tenets of Charvaka philosophy, encapsulated in its celebrated expressions such as: “Live happily as long as you live; even if you must incur debt, drink clarified butter. This body turns to ashes, and there is no reincarnation or rebirth.” This materialistic philosophy rejects the existence of divine authority, the soul, and invisible forces. It denies belief in concepts such as the soul, heaven, hell, liberation, God, and the afterlife, emphasizing detachment from illusions and desires associated with the so-called heavenly rewards post-death. The Charvaka philosophy advocates for a materialistic worldview grounded in sensory knowledge and unmasks the illusions propagated by spiritualist doctrines. It asserts that life as experienced is the ultimate reality, with no other realm beyond this one. Therefore, the philosophy promotes the happiness of oneself and others in this life as the highest ideal. This article analyzes several key aspects of Charvaka philosophy, including its foundational principles, its perspectives on this world and the afterlife, the four cardinal statements, its characterization as a materialist philosophy, the conceptualization of matter as the fundamental element of creation, and the challenges it faced from dominant ideologies. Additionally, the study examines the relevance of Charvaka philosophy in the contemporary context. By highlighting the significance of materialism as a guiding principle, this article contributes to the understanding of Charvaka philosophy not only for scholars but also for individuals interested in materialist philosophical frameworks.}

Abstract
18
PDF
11

Downloads

Published

2024-12-31

How to Cite

पुन Pun ड. ब. D. B. (2024). पूर्वीय दर्शनका क्षेत्रमा चार्वाक दर्शन {Charvaka Philosophy in the Realm of Eastern Thought}. Academia Research Journal, 4(1), 127–137. https://doi.org/10.3126/academia.v4i1.73363

Issue

Section

Articles