रसाभिव्यक्तिका कसीमा प्रत्यक्ष दोहोरी गीतको अध्ययन {Analysis of Direct Duet Songs Based on the Criterion of Aesthetic Expression}

Authors

  • डम्बरबहादुर Dambar Bahadur पुन Pun Tribhuvan University Monitoring Directorate
  • सीता Sita खड्का Khadka Sagarmath E. M. High School, Nepalgunj

DOI:

https://doi.org/10.3126/academia.v3i2.67388

Keywords:

रस Aesthetic Emotion, आलम्बन विभाव Supportive Determinant, उद्दीपन Exciting Determinant, विभाव Consequencial Expression

Abstract

प्रतिष्पर्धात्मक एवम् प्रश्नोत्तरात्मक शैलीमा गाइने लोकगीतलाई प्रत्यक्ष दोहोरी लोकगीत भनिन्छ । यसप्रकारको प्रत्यक्ष दोहोरी गीत मेलापर्व, चाडवाड, पूजाआजा, जात्रा, महोत्सवका साथै हाल आएर विभिन्न टेलिभिजन तथा युट्युब च्यानलहरूबाट प्रशारण भएको पाइन्छ । कुनै पूर्व तयारी उपस्थित स्थलमा नै उठाइएको प्रश्नको जवाफ दिनुपर्ने भएकाले यसप्रकारका लोकगीतलाई प्रत्यक्ष दोहोरी लोकगीत भनिन्छ । प्रत्यक्ष दाहोरी गीतमा रसको खोजी गर्ने काम यस अध्ययनमा गरिएको छ । यसका लागि नमुना छनोट विधिका माध्यमबाट इनेपाल खबर, इन्द्रेणी डट कम, इन्द्र जि.सी., बालचन्द्र बराल र टीका सानु अफिसियल युट्युब च्यानलबाट प्रशारित प्रत्यक्ष दोहोरी गीतहरूमध्ये रसका दृष्टिले सशक्त १२ ओटा प्रत्यक्ष दोहोरी गीतको छनोट गरिएको छ । उल्लिखित युट्युब च्यानलबाट सङ्कलित १२ ओटा प्रत्यक्ष दोहोरी गीतहरूको निगमनात्मक विधिका माध्यमबाट विश्लेषण गरिएको छ । यी गीतहरूमा ˘ाृङ्गार, हास्य, करुण र रौद्ररसको सशक्त प्रयोग भएको पाइन्छ । ˘ाृङ्गाररस भएका दोहोरी गीतमा भर्खर प्रेमप्रणयमा बाँधिएका युवायुवती, विवाह नजिक पुगेका प्रेमीप्रेमिका र पूर्व प्रेमीप्रेमिकाको मायामा डुबेका विवाहित युवायुवतीका रतिरागात्मक विषयवस्तु प्रस्तुत भएका देखिन्छन् । यसै गरी हास्यरस भएका दोहोरी गीतमा असहयोगी साथीहरू, जँड्याहा व्यक्तिको स्वभाव र घरबेटी र भाडावालाबीचका हास्य भावयुक्त विषयवस्तु समावेश भएका पाइन्छन् । यसरी नै करुणरस भएका दोहोरी गीतमा भेट हुन असम्भव भएका प्रेमीप्रेमिकाको विलाप, विदेशीयकी आमा र घरमा बसेका बालक छोराको रोदन र जातीय विभेदले आक्रान्त समाजका कारुणिक विषयवस्तुहरू व्यक्त भएका पाइन्छन् । यसै गरेर रौद्र रसयुक्त दोहोरी गीतमा स्वतन्त्र प्रेमलाई अस्वीकार गर्ने परिवार, दुच्छर स्वभावका युवायुवती र एकअर्काका कमीकमजोरी खोज्ने युवायुवतीका क्रोधयुक्त विषयवस्तुहरू प्रस्तुत भएका भेटिन्छन् । यसप्रकारको अध्ययनबाट लोकगीतमा पनि रस प्राप्त गर्न सकिने कुरा प्रमाणित भएको छ । यसबाट लोकगीतमा रसको अध्ययन गर्न चाहाने अध्येताका लागि यस अनुसन्धानमूलक लेख उपयोगी हुने देखिन्छ ।

{Folk songs sung in a competitive and question-answer format are known as direct duet folk songs. Such direct duet songs are found in fairs, festivals, worship ceremonies, celebrations, and more recently, broadcasted through various television and YouTube channels. Because these songs require answering questions spontaneously at the performance venue without prior preparation, they are termed direct duet folk songs. This study seeks to explore the rasa (aesthetic essence) in direct duet songs. For this purpose, through sample selection methods, twelve powerful direct duet songs in terms of rasa were selected from YouTube channels like eNepal Khabar, Indreni Dot Com, Indra GC, Balchandra Baral, and Tika Sanu Official. These twelve songs were analyzed using an inductive method. In these songs, the prominent rasas identified are Shringara (erotic), Hasya (humor), Karuna (pathos), and Raudra (anger). The duet songs with Shringara rasa typically present themes of romantic and erotic love between young couples newly in love, lovers about to marry, and married individuals immersed in memories of past lovers. Similarly, Hasya rasa songs incorporate humorous themes involving uncooperative friends, the behavior of drunkards, and comical interactions between landlords and tenants. In the case of Karuna rasa, the duet songs depict themes of lamentation between lovers who cannot meet, the cries of children left behind by migrant mothers, and the sorrowful subjects of a society affected by caste discrimination. Likewise, Raudra rasa songs portray themes of anger related to families rejecting free love, the behavior of unruly youth, and the faults and shortcomings of young men and women exposed by each other. This study proves that rasa can also be found in folk songs. It is seen that this research-based article will be useful for those interested in studying rasa in folk songs.}

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Downloads

Published

2024-06-28

How to Cite

पुन Pun ड. D. B., & खड्का Khadka स. S. (2024). रसाभिव्यक्तिका कसीमा प्रत्यक्ष दोहोरी गीतको अध्ययन {Analysis of Direct Duet Songs Based on the Criterion of Aesthetic Expression}. Academia Research Journal, 3(2), 168–180. https://doi.org/10.3126/academia.v3i2.67388

Issue

Section

Articles